नेमपिका लाई अनुदान लिन होइन बाम गठबंधन सहभागी हुन आव्हान ।
सारांश
- १४ कार्तिक भक्तपुर, एमाले र मावोवादीले भक्तपुरमा सयुक्त भेला सम्पन्न गरेका छन।
- दुबैदलको एकता संयोजन समितीको नाउँमा भएको कार्यक्रममा कार्यकर्ताहरुले पुराना तिक्तता भुलेर नयाँ आयामका साथ अगाडी बडने सङ्कल्प गर्दै १ मिनेट सम्म गटगडाहट ताली बजाएका थिए।
- पुर्व मन्त्री एवं २ नं क्षेत्रका बाम गठबन्धनका एमाले उम्मेदवार महेश बस्नेतले भने गठबंधनको सहयोगको लागि हामी प्रत्याशीहरु आबास्यक परे त्याग गर्न तयार छौ।
१४ कार्तिक भक्तपुर, एमाले र मावोवादीले भक्तपुरमा सयुक्त भेला सम्पन्न गरेका छन। दुबैदलको एकता संयोजन समितीको नाउँमा भएको कार्यक्रममा कार्यकर्ताहरुले पुराना तिक्तता भुलेर नयाँ आयामका साथ अगाडी बडने सङ्कल्प गर्दै १ मिनेट सम्म गटगडाहट ताली बजाएका थिए। पुर्व मन्त्री एवं २ नं क्षेत्रका बाम गठबन्धनका एमाले उम्मेदवार महेश बस्नेतले भने गठबंधनको सहयोगको लागि हामी प्रत्याशीहरु आबास्यक परे त्याग गर्न तयार छौ। हम्रा नेताहरुले फराकिलो भावनाका साथ नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेलाई अनुदानमा १ नं क्षेत्रमा सहयोग गर्ने निर्णय गरेका छन।
हामीलाई बिश्वास छ नेमकिपाले नैतिक हिसावले २ नं क्षेत्रमा सहयोग गर्नेछ। तेस्तै माओवादी नेता डि पि ढकालले हामी चुनावी मैदानमा एमाले या माओबादी छकी छैन भनेर हेर्दैनौ गठबंधनमा उम्मेदवारलाई ज्यान दिएर सहयोग गगर्छौ। चुनाव जिताउने आर्जुन दृष्टीका सथ खटने छौ। माओबादी नेता दिलिप प्रजापति र देबेन्द्र श्रेष्ठले भन्नुभयो अब यो चुनाबबाट सगरमाथाको शिरमा कम्युनिष्ट पर्टिको झण्डा गाडन संसारका कुनै ताकतले रोक्न सक्दैन। अब देशको प्रगति कसैले रोक्न सक्दैन। तेस्तै एमाले नेता सोम मिस्र र राजेन्द्र राजथलाले मुलुकमा राजनैतिक स्थिरता र शुसासन गर्नको लागि र अल्पबिकशित देशलाई ५ बर्ष भित्र बिकशिल र ३० बर्ष भित्र पुर्ण बिकशित बनाउने सकंल्प गर्नु भयो। कार्यक्रमका सबै बक्ताले नेमकिपालाई यो एतिहासिक क्षेणमा अनुदान लिएर नबस्न बामपंथी गठबन्धनमा सहभागी हुन आव्हान गरेका थिए।
साथै भक्तपुरका गठबन्धनका उम्मेदवारहरु १६ गते ११ बजे कमलबिनायक सरस्वती स्कूलागाडी बाट जुलुश सहित १ नं क्षेत्र,चागुनारायण प्रदेश र भक्तपुर प्रदेशको उम्मेदवारी दिने र सोही दिन १ बजे सल्लाघारीको चौर बाट जुलुस सहित २ नं क्षेत्र, मध्यपुर र सुर्यबिनायक प्रदेश शभाको मनोनयन हुने जान्कारी गराईएको थियो।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया