न्यूक्यासलमाथि म्यानचेस्टर सिटीको रोमाञ्चक जित

Abhiyanpost Abhiyanpost
|
आइतबार, पौष २९, २०८०
|
|
३७ पटक हेरिएको
Shares
न्यूक्यासलमाथि म्यानचेस्टर सिटीको रोमाञ्चक जित

सारांश

  • काठमाडौं।
  • इङ्लिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटीले न्यूक्यासल युनाइटेडलाई पराजित गरेको छ।
  • गएराति सम्पन्न खेलमा म्यानचेस्टर सिटीले न्यूक्यासल युनाइटेडलाई ३-२ गोल अन्तरले पराजित गरेको हो।

काठमाडौं। इङ्लिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटीले न्यूक्यासल युनाइटेडलाई पराजित गरेको छ।

गएराति सम्पन्न खेलमा म्यानचेस्टर सिटीले न्यूक्यासल युनाइटेडलाई ३-२ गोल अन्तरले पराजित गरेको हो।

म्यानचेस्टर सिटीको जितमा खेलको ९१ औं मिनेटमा ओस्कार बोबले निर्णायक गोल गरेका थिए। त्यसअघि सिटीका लागि बेर्नार्डो सिल्भा र केभिन डी ब्रुनेले एक एक गोल गरेका थिए। लामो समयको इन्जुरीपछि टिममा फर्किएका ब्रुनेले एक गोल असिस्ट समेत गरेका थिए।

त्यसैगरी न्यूक्यासलका लागि अलेक्जान्डर इसक र एन्थोनी गोर्डनले एक एक गोल गरेका थिए। यो जितपछि म्यानचेस्टर सिटी २० खेलमा ४३ अंकसहित लिगमा दोस्रो स्थानमा उक्लिएको छ भने न्यूक्यासलको २१ खेलमा २९ अंक रहेको छ र लिगमा १०औं स्थानमा छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?