उत्तर कोरियाले २ अर्ब डलर चोरेको राष्ट्रसंघको आरोप

Abhiyanpost Abhiyanpost
|
बुधबार, श्रावण २२, २०७६
|
|
४० पटक हेरिएको
Shares
उत्तर कोरियाले २ अर्ब डलर चोरेको राष्ट्रसंघको आरोप

सारांश

  • एउटा गोप्य राष्ट्रसङ्घीय प्रतिवेदनले उत्तर कोरियाले उच्चस्तरका साइबर आक्रमणहरू गर्दै आफ्ना हातहतियार परियोजनाका लागि झन्डै दुई अर्ब डलर अवैध रूपमा जुटाएको आरोप लगाएको सूत्रहरूले बीबीसीसँग पुष्टि गरेका छन्।
  • विज्ञहरूको एउटा समूहले वित्तीय संस्था तथा क्रिप्टोकरेन्सी भनिने डिजिटल मुद्रा सटही गर्नेहरूसँग कम्तीमा ३५ वटा साइबर आक्रमणबारे अनुसन्धान गरिरहेका छन्।
  • ती विज्ञहरूका अनुसार वार्ता सुरु गर्नेका लागि कूटनैतिक प्रयासहरू जारी रहँदारहँदै पनि प्योङ्याङले आफ्नो परमाणु र क्षेप्यास्त्र कार्यक्रमहरू अघि बढाइरहेको छ।

एउटा गोप्य राष्ट्रसङ्घीय प्रतिवेदनले उत्तर कोरियाले उच्चस्तरका साइबर आक्रमणहरू गर्दै आफ्ना हातहतियार परियोजनाका लागि झन्डै दुई अर्ब डलर अवैध रूपमा जुटाएको आरोप लगाएको सूत्रहरूले बीबीसीसँग पुष्टि गरेका छन्।

विज्ञहरूको एउटा समूहले वित्तीय संस्था तथा क्रिप्टोकरेन्सी भनिने डिजिटल मुद्रा सटही गर्नेहरूसँग कम्तीमा ३५ वटा साइबर आक्रमणबारे अनुसन्धान गरिरहेका छन्।

ती विज्ञहरूका अनुसार वार्ता सुरु गर्नेका लागि कूटनैतिक प्रयासहरू जारी रहँदारहँदै पनि प्योङ्याङले आफ्नो परमाणु र क्षेप्यास्त्र कार्यक्रमहरू अघि बढाइरहेको छ।

उनीहरू भन्छन् उसले अवैध रूपमा पानीजहाजबाट पानीजहाजमा गरिने स्थानान्तरण र नरसंहारका हतियार खरिद गर्दै राष्ट्रसङ्घीय प्रतिबन्धहरूको उल्लङ्घन गरेको छ।

यस्तो विवरण सार्वजनिक भइरहेको बेला उत्तर कोरियाली क्षेप्यास्त्र परीक्षणको क्रम जारी छ। कोरियाली प्रायस्द्वीपमा तनाव जारी छ।

उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमले जनाएअनुसार संयुक्त राज्य अमेरिका र दक्षिण कोरियालाई चेनावनी दिने उद्देश्यले नेता किम जङ(अनले पछिल्ला क्षेप्यास्त्र परीक्षणहरू गराएका हुन्।

समाचारहरूमा जनाइएअनुसार नेता किमले मङ्गलवार रणनैतिक महत्त्वका क्षेप्यास्त्र परीक्षणको अवलोकन गरेका थिए। त्यो दुई हप्ताको अवधिमा गरिएको चौथो परीक्षण हो। सोलस्थित बीबीसी संवादवाता लरा बिकरका अनुसार उत्तर कोरियाको प्रमुख समाचारपत्रको दुई पेज फैलिएको क्षेप्यास्त्र परीक्षणबारेको आलेखमा किमको मुस्कुराइरहेको तस्बिर छापिएको छ।

त्यसमा किमले क्षेप्यास्त्र परीक्षणमार्फत् संयुक्त सैन्य अभ्यासमा जुटेका अमेरिका र दक्षिण कोरियालाई पर्याप्त चेतावनी गएको बताएका छन्। प्योङ्याङले संयुक्त सैन्य अभ्यासले शान्ति स्थापना प्रयासलाई प्रभावित तुल्याउने बताएको छ। बिबिसीबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाल एफएममा मजदूर दिवसकै दिन महासंघको कालो ब्यानर
नेपाल एफएममा मजदूर दिवसकै दिन महासंघको कालो ब्यानर
सुनिल शेट्टीका छोरा अहान पनि बलिउड भित्रिँदै, यो फिल्मबाट गर्नेछन् डेब्यु
सुनिल शेट्टीका छोरा अहान पनि बलिउड भित्रिँदै, यो फिल्मबाट गर्नेछन् डेब्यु
अमेरिकाको राष्ट्रपतिमा निर्वाचित बाइडेन ७८ बर्षमा प्रवेश, सबैभन्दा जेष्ठ राष्ट्रपति बन्दै
अमेरिकाको राष्ट्रपतिमा निर्वाचित बाइडेन ७८ बर्षमा प्रवेश, सबैभन्दा जेष्ठ राष्ट्रपति बन्दै
सेक्स पावर बढाउने हो ? त्यसो भने यस्तो जुस खानुस !
सेक्स पावर बढाउने हो ? त्यसो भने यस्तो जुस खानुस !
दोस्रो टेस्ट क्रिकेटः अष्ट्रेलिया १४६ रनले विजयी
दोस्रो टेस्ट क्रिकेटः अष्ट्रेलिया १४६ रनले विजयी
धनौजी र रामनगर गाउँपालिकामा नेपाली कांग्रेस विजयी
धनौजी र रामनगर गाउँपालिकामा नेपाली कांग्रेस विजयी
उपेन्द्र यादवको निर्वाचन अभियान सप्तरीको मलेठबाट
उपेन्द्र यादवको निर्वाचन अभियान सप्तरीको मलेठबाट
कांग्रेसको खाता रसुवाबाट खुल्न सक्छ
कांग्रेसको खाता रसुवाबाट खुल्न सक्छ
https://kingdom-con.com/Mhttps://kingdom-con.com/ohttps://kingdom-con.com/shttps://kingdom-con.com/thttps://kingdom-con.com/bhttps://kingdom-con.com/ehttps://kingdom-con.com/thttps://kingdom-con.com/ https://kingdom-con.com/Uhttps://kingdom-con.com/Zhttps://kingdom-con.com/ https://kingdom-con.com/Уhttps://kingdom-con.com/зhttps://kingdom-con.com/бhttps://kingdom-con.com/еhttps://kingdom-con.com/кhttps://kingdom-con.com/иhttps://kingdom-con.com/сhttps://kingdom-con.com/тhttps://kingdom-con.com/аhttps://kingdom-con.com/нhttps://kingdom-con.com/ https://kingdom-con.com/бhttps://kingdom-con.com/уhttps://kingdom-con.com/кhttps://kingdom-con.com/мhttps://kingdom-con.com/еhttps://kingdom-con.com/кhttps://kingdom-con.com/еhttps://kingdom-con.com/рhttps://kingdom-con.com/,https://kingdom-con.com/ https://kingdom-con.com/кhttps://kingdom-con.com/аhttps://kingdom-con.com/зhttps://kingdom-con.com/иhttps://kingdom-con.com/нhttps://kingdom-con.com/оhttps://kingdom-con.com/,https://kingdom-con.com/ https://kingdom-con.com/пhttps://kingdom-con.com/рhttps://kingdom-con.com/иhttps://kingdom-con.com/лhttps://kingdom-con.com/оhttps://kingdom-con.com/жhttps://kingdom-con.com/еhttps://kingdom-con.com/нhttps://kingdom-con.com/иhttps://kingdom-con.com/еhttps://kingdom-con.com
निर्माण व्यवसायीको एकाधिकार अस्वीकार्य : प्रधानमन्त्री
निर्माण व्यवसायीको एकाधिकार अस्वीकार्य : प्रधानमन्त्री