शुक्रवार काठमाडौँमा कति कोरोना संक्रमित थपिए ?

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, मंसिर २६, २०७७
|
|
५४ पटक हेरिएको
Shares
शुक्रवार काठमाडौँमा कति कोरोना संक्रमित थपिए ?

सारांश

  • काठमाडौं उपत्यकामा शुक्रवार ५ सय ४१ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।
  • देशभर १ हजार ४४ जना थपिएकोमा काठमाडौंमा मात्र ५ जना ४१ थपिएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
  • शुक्रवार काठमाडौंमा थपिएका संक्रमित मध्ये २३६ महिला र ३०५ पुरुष रहेका छन् ।

काठमाडौं उपत्यकामा शुक्रवार ५ सय ४१ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । देशभर १ हजार ४४ जना थपिएकोमा काठमाडौंमा मात्र ५ जना ४१ थपिएका स्वास्थ्य मन्त्रालयले जनाएको छ । शुक्रवार काठमाडौंमा थपिएका संक्रमित मध्ये २३६ महिला र ३०५ पुरुष रहेका छन् । आज १ हजार ७१ जना कोरोना संक्रमणबाट निको भई घर फर्केका छन् । हालसम्म २ लाख ४६ हजार ६ सय ९४ संक्रमित भएपनि २ लाख ३२ हजार ८ सय ७२ जना संक्रमण निको भई डिस्चार्ज भईसकेका छन् भने १२ हजार १ सय ४८ जना संक्रमितको उपचार भइरहेको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ । शुक्रवारसम्म १८ लाख २० हजार ६ सय १८ जनाको पिसीआर परिक्षण भएको छ भने क्वारेन्टिनमा बस्नेको सख्या ५ सय १९ रहेको छ । काठमाडौं उपत्यकामा हालसम्म १ लाख १४ हजार ९ सय ५० जना कोरोना संक्रमित भइसकेका छन् ।

(Phentermine )

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?