विश्वविख्यात फुटबलर म्याराडोनाको निधन

Abhiyanpost Abhiyanpost
|
बिहिबार, मंसिर ११, २०७७
|
|
४४ पटक हेरिएको
Shares
विश्वविख्यात फुटबलर म्याराडोनाको निधन

सारांश

  • विश्व प्रख्यात फुटबल खेलाडि डिएगो म्ययाराडोनाको निधन भएको छ ।
  • अर्जेन्टिनाका पूर्व मिडफिल्डर म्याराडोनाको हालै दिमागमा रगत जमेपछि शल्यक्रिया गरिएको थियो।
  • सन् १९८६ मा अर्जेन्टिनाले विश्वकप जित्दा उनी कप्तान थिए।

विश्व प्रख्यात फुटबल खेलाडि डिएगो म्ययाराडोनाको निधन भएको छ । अर्जेन्टिनाका पूर्व मिडफिल्डर म्याराडोनाको हालै दिमागमा रगत जमेपछि शल्यक्रिया गरिएको थियो। सन् १९८६ मा अर्जेन्टिनाले विश्वकप जित्दा उनी कप्तान थिए। उनले बार्सिलोना र नापोलीबाट पनि खेलेका थिए। ३० अक्टोबर १९६० मा जन्ममिएका म्याराडोना ६० वर्षका थिए ।

उनी सन् २०१० को विश्वकप फुुुुटबलमा अर्जेेन्टिनाको प्रशिक्षकसमेत थिए । २६ वर्षको उमेरमा सन् १९८६ मा उनले झन्डै आफू एक्लैको भरमा अर्जेन्टिनालाई विश्वकपको उपाधि जिताएका थिए । विश्वकपलाई ‘कोपा म्याराडोना’ अर्थात् म्याराडोनाको विश्वकप भन्ने गरएिको छ। म्यारोडनाले अर्जेन्टिनाका लागि ९१ खेलमा ३४ गोल गरेका थिए ।

म्याराडोनाको नाउँ संसारकै सर्वकालीन महान फुटबल खेलाडीहरूको सूचीमा आउँछ । उनले अर्जेन्टिनाका लागि चारवटा विश्वकप खेले। सन् १९९० को विश्वकपमा पनि अर्जेन्टिना फाइनलसम्म पुगेको थियो। फाइनलमा तत्कालीन पश्चिम जर्मनीबाट पराजित भयो। सन् १९९१ मा लागुपदार्थ सेवन गरेको पुष्टि भएपछि उनलाई १५ महिना प्रतिबन्ध लगाइएको थियो। उनले सन् १९९७ मा व्यावसायिक फुटबलबाट संन्यास लिएका थिए। त्यति बेला उनी ३७ वर्षका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ओली र रविको विरोध गर्दै बालेनको पक्षमा उभियो कांग्रेस
ओली र रविको विरोध गर्दै बालेनको पक्षमा उभियो कांग्रेस
प्रदेशमा कांग्रेस नेतृत्वको सरकार बने जनताले महसुस गर्ने काम गर्छौँ : नेता पाण्डे
प्रदेशमा कांग्रेस नेतृत्वको सरकार बने जनताले महसुस गर्ने काम गर्छौँ : नेता पाण्डे
अझैँ दुई दिन भिषण वर्षा हुने मौषम विभागको पूर्वाअनुमान, सर्तक रहन आग्रह (बाढीपहिरोको फोटोफिचर)
अझैँ दुई दिन भिषण वर्षा हुने मौषम विभागको पूर्वाअनुमान, सर्तक रहन आग्रह (बाढीपहिरोको फोटोफिचर)
युएस बङ्ला विमानका चालककी पत्नीको पनि निधन
युएस बङ्ला विमानका चालककी पत्नीको पनि निधन
आजको मौसमः कतै छिटफुट त कतै भारी बर्षा हुने
आजको मौसमः कतै छिटफुट त कतै भारी बर्षा हुने
काठमाडौंको एक वडामा कांग्रेसले खोल्यो खाता
१५बुँदे सन्देशसहित राष्ट्रपतिले फिर्ता पठाइन् नागरिकता विधेयक
१५बुँदे सन्देशसहित राष्ट्रपतिले फिर्ता पठाइन् नागरिकता विधेयक
सन्दीप लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी, एयरपोर्टबाटै पक्राउ गर्ने प्रहरीको तयारी
सन्दीप लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी, एयरपोर्टबाटै पक्राउ गर्ने प्रहरीको तयारी
काठमाडौँमा युवतीमाथि एसिड प्रहार
काठमाडौँमा युवतीमाथि एसिड प्रहार
राज्यका अङ्गले जनताका पक्षमा काम गर्छन् भन्ने विश्वास दिलाउनुस् : प्रधानमन्त्री
राज्यका अङ्गले जनताका पक्षमा काम गर्छन् भन्ने विश्वास दिलाउनुस् : प्रधानमन्त्री

तपाईंले छुटाउनुभयो कि?