बीआरआईसँग सम्बन्धित आयोजना छिटो अघि बढाउन चिनियाँ विदेशमन्त्रीलाई ओलीको आग्रह

Abhiyanpost Abhiyanpost
|
आइतबार, चैत्र १३, २०७८
|
|
५१ पटक हेरिएको
Shares
बीआरआईसँग सम्बन्धित आयोजना छिटो अघि बढाउन चिनियाँ विदेशमन्त्रीलाई ओलीको आग्रह

सारांश

  • काठमाडौं।
  • नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेका छन् ।
  • तीन दिने नेपाल भ्रमण सम्पन्न गरी स्वदेश फर्कनुअघि उनले नक्सालस्थित होटल मेरियटमा ओलीसँग भेटवार्ता गरेका हुन् ।

काठमाडौं। नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेका छन् ।तीन दिने नेपाल भ्रमण सम्पन्न गरी स्वदेश फर्कनुअघि उनले नक्सालस्थित होटल मेरियटमा ओलीसँग भेटवार्ता गरेका हुन् ।
‘अध्यक्षज्यूले भेटमा पछिल्लो समयमा खासगरी विआरआई (बेल्ट एण्ड रोड इनिसिएटिभ्स) सँग जोडिएर जुन आयोजनाहरु हामीले अघि बढाउन सहमति गरेका छौं, तिनीहरुलाई निरन्तरता दिनुपर्छ । तिनीहरुलाई छिटोभन्दा छिटो सम्पन्न गनुपर्छ भन्ने धारणा राख्नुभयो,’ भेटवार्तामा सहभागी एमाले स्थायी कमिटि सदस्य राजन भट्टराई भने ।
भेटमा द्विपक्षीय विषयका धेरै मुद्दामा छलफल भएको उनले जनाए ।नेपालले फाइदा लिनसक्ने सडक, रेल, सिँचाई, जलविद्युत उत्पादन, नाकाहरु निर्माण, स्वास्थ्य तथा शिक्षाका आयोजनाहरु छिटो अघि बढाउनु पर्ने धारणा अध्यक्ष ओलीले राखेका थिए ।
‘कोरोना महामारीपछि नेपालमा केही समस्या उत्पन्न भएका छन् । नाकाहरु बन्द भएका छन् । नाकाहरु खुल्नु पर्यो । नेपाली विद्यार्थी जो चीनमा अध्ययनरत थिए, कोरोनाका कारण उनीहरु फर्केर आएका थिए । छिटो उनीहरुलाई फर्काएर पढाई सुुचारु गर्नुपर्यो,’ अध्यक्ष ओलीको भनाई उद्वृत गर्दै भट्टराईले भने ।
हुम्लाभन्दा पारी चीनमा करिव पाँच सय जना नेपालीहरु अड्कीएको बारेमा पनि ओलीले चिनियाँ विदेशमन्त्री समक्ष कुरा राखेका थिए । यसबारे सत्यतथ्य पत्ता लगाएर चीनमा नेपाली अड्कीएर बसेको अवस्था हो भने छिटो फर्काउने व्यवस्था मिलाउन उनले अनुरोध गरेका थिए ।
जवाफमा चिनियाँ विदेशमन्त्री वाङले सहमति छिटो कार्यान्वयन तर्फ लैजाने प्रतिवद्धता दोहो¥याएका थिए । उनले ठूलो र सानो राष्ट्रको सम्बन्ध कस्तो हुनुपर्छ भन्ने चीन र नेपालले देखाएको समेत बताए ।[image: oli.jpg]

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुरक्षाका लागि खटिएका प्रहरी कै अगाडि बम बिस्फोट
सुरक्षाका लागि खटिएका प्रहरी कै अगाडि बम बिस्फोट
विष्फोट श्रृंखलाः के सरकारमाथि नै शंका गर्नुपर्ने हो ?
विष्फोट श्रृंखलाः के सरकारमाथि नै शंका गर्नुपर्ने हो ?
दाङवासी सडकमा : दाङलाई अस्थायी मुकाम नतोके राजमार्ग ठप्प पार्ने चेतावनी
दाङवासी सडकमा : दाङलाई अस्थायी मुकाम नतोके राजमार्ग ठप्प पार्ने चेतावनी
Ali Zafar files Rs 1 billion defamation case against Meesha Shafi, who accused him of sexual harassment!
Ali Zafar files Rs 1 billion defamation case against Meesha Shafi, who accused him of sexual harassment!
चाडपर्वमा पर्याप्त सुरक्षा व्यवस्था मिलाउन गृहमन्त्री थापाको निर्देशन
हतियारसहित तीनजना पक्राउ
हतियारसहित तीनजना पक्राउ
स्वास्थ्य सतर्कता अपनाउँदै पोखरा सडक महोत्सवलाई निरन्तरता दिइने
स्वास्थ्य सतर्कता अपनाउँदै पोखरा सडक महोत्सवलाई निरन्तरता दिइने
सरकारलाई दुई तिहाइको घमण्ड नदेखाउन अध्यक्ष प्रचण्डको चेतावनी
सरकारलाई दुई तिहाइको घमण्ड नदेखाउन अध्यक्ष प्रचण्डको चेतावनी
अर्थमन्त्री डा  खतिवडाले गरे गुनासाे, भने ‘सञ्चारमाध्यमले यसलाई बहसमा ल्याएर सहयोग गर्नुपर्याे
अर्थमन्त्री डा खतिवडाले गरे गुनासाे, भने ‘सञ्चारमाध्यमले यसलाई बहसमा ल्याएर सहयोग गर्नुपर्याे
भानुभक्तीय टोपी निर्माण गर्न अनुदान
भानुभक्तीय टोपी निर्माण गर्न अनुदान

तपाईंले छुटाउनुभयो कि?