साल्ट ट्रेण्डिङ कर्पाेरेशन सेवामूलक बन्नुपर्छः आपूर्तीमन्त्री यादव

Abhiyanpost Abhiyanpost
|
बुधबार, भाद्र २७, २०७५
|
|
४७ पटक हेरिएको
Shares
साल्ट ट्रेण्डिङ कर्पाेरेशन सेवामूलक बन्नुपर्छः आपूर्तीमन्त्री यादव

सारांश

  • काठमाडौँ, २७ भदौ ।
  • साल्ट ट्रेडिङ कर्पाेरेशनले नेपाल वनस्पति घ्यू उद्योगबाट तोरीको तेल उत्पादन गर्ने भएको छ ।
  • बन्द अवस्थाको सो उद्योगलाई नियमित गरी कर्पाेरेशनले छिट्टै तोरीको तेल उत्पादन गर्न लागेको हो ।

काठमाडौँ, २७ भदौ । साल्ट ट्रेडिङ कर्पाेरेशनले नेपाल वनस्पति घ्यू उद्योगबाट तोरीको तेल उत्पादन गर्ने भएको छ । बन्द अवस्थाको सो उद्योगलाई नियमित गरी कर्पाेरेशनले छिट्टै तोरीको तेल उत्पादन गर्न लागेको हो । विराटनगरस्थित मोरङ सुगर मिल्स लिमिटेडमा कृषि औजारहरु खरीद गरी उखुखेतीलगायत अन्य खेतीमा आधुनिकरण गर्न शुरु गरेको कर्पाेरेशनले जनाएको छ । कर्पाेरेशनको ५६ आँै वार्षिकोत्सका अवसरमा यहाँ आज आयोजित कार्यक्रममा सो जानकारी दिइएको हो । पछिल्लो समय कर्पाेरेशनले बिक्री वितरण गर्दै आएको आयोडिनयुक्त नुनको प्रयोग गर्ने घर परिवारको सङ्ख्या ९१ प्रतिशत माथि पुगेको छ । नेपाल नुनलाई आयोडिनयुक्त गर्ने विश्व संस्थाको सदस्य राष्ट्र हो । सो संस्थाले आयोडिनयुक्त नुनको प्रयोग ९० प्रतिशत भन्दामाथि बनाउने लक्ष्य निर्धारण गरेको छ ।

सन् १९८५ मा नेपालमा आयोडिनयुक्त नुनको अभावले लाग्ने गलगाँड रोगीको सङ्ख्या ४४.२ थियो । यो सङ्ख्या सन् २००७ मा शुन्यमा झरेको थियो । उद्योग, वाणिज्य तथा आपूर्तीमन्त्री मातृका यादवले कर्पाेरेशनलाई आगामी दिनमा सेवामूलक संस्थाको रुपमा विकसित गर्नुपर्ने खाँचो औँल्याए । “कर्पाेरेशनले आफ्नो उद्देश्यअनुसार आम जनतालाई सुपथ एवं सहज रुपमा गुणस्तरीय उपभोग्य वस्तु बिक्री वितरण गर्ने कार्य राम्रो छ, आगामी दिनमा अझ प्रभावकारी बनाउन जरुरी छ ”, उहाँले भन्नुभयो । सञ्चालक समितिका अध्यक्ष लक्ष्मीदास मानन्धरले सार्वजनिक निजी साझेदारीमा सञ्चालनमा रहेको कर्पाेरेशनले नाफामूलकभन्दा सेवामूलक व्यापारमा जोड दिएको वताउनुभयो ।

कर्पाेरेशनका प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले विगत अगामी वडा दशै, तिहार तथा छठपर्वलाई ध्यानमा दिई सबै प्रदेशमा सुपथ मूल्यका पसलमार्पmत दैनिक उपभोग्य वस्तु बिक्री वितरण गर्ने जानकारी दिनुभयो ।

कर्पाेरशनले स्थापना गरेको बालहितकारी पुरस्कार यस वर्ष मानव सेवा आश्रम भरतपुर चितवनलाई प्रदान गरियो । सो पुरस्कारको राशि रु ७५ हजार सहित सम्मानपत्र रहेको छ । आश्रमका जिल्ला संयोजक रामजी अधिकारीले पुरस्कार ग्रहण गर्दै सस्थाले विभिन्न कारणले सडक पेटीमा आउन बाध्य भएका बालबालिकालाई सडकपेटीबाट उठाई सेवा गरिराखेको बताउनुभयो । यस वर्षको हेमबहादुर मल्ल उत्कृष्ट सेवा पुरस्कार रश्मी श्रेष्ठ अधिकृतस्तर र लक्ष्मण गजुरेल (काठमाडौँ) लाई प्रदान गरियो । प्रमााणपत्र सहित सो पुरस्कारको राशि क्रमशः रु २५ हजार र रु २० हजार छ । ईश्वरलाल श्रेष्ठ उत्कृष्ट सेवा पुरस्कार अधिकृतस्तरमा पंकज जोशी, सहायकस्तरतर्फ केशवमान श्रेष्ठ र बद्रीमान महर्जनलाई प्रदान गरियो । सो पुरस्कारको राशि क्रमशः रु ३५ हजार , रु ३० हजार र २५ हजार छ ।

thesanddollarlv.com

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

छैनन् डोटीका ३३ वडामा वडासचिव
छैनन् डोटीका ३३ वडामा वडासचिव
ओली सरकारले कानुनी राज्यको खिल्ली उडायो : सांसद खतिवडा
ओली सरकारले कानुनी राज्यको खिल्ली उडायो : सांसद खतिवडा
एमालेले राष्ट्रपतिको उम्मेदवार १३ फागुमा सार्वजनिक गर्दै
एमालेले राष्ट्रपतिको उम्मेदवार १३ फागुमा सार्वजनिक गर्दै
३२ जिल्लामा उम्मेदवारी दर्ता(उम्मेदवारको सूचीसहित)
३२ जिल्लामा उम्मेदवारी दर्ता(उम्मेदवारको सूचीसहित)
मतदान केन्द्रमा मतदान कार्य अझै शुरु भएको छैन ; सप्तरी
मतदान केन्द्रमा मतदान कार्य अझै शुरु भएको छैन ; सप्तरी
फिल्ममा हस्तमैथुन सिन गर्नुपर्‍यो भने खुशीसाथ तयार हुनेछु: किश्वर मर्चेन्ट
फिल्ममा हस्तमैथुन सिन गर्नुपर्‍यो भने खुशीसाथ तयार हुनेछु: किश्वर मर्चेन्ट
Patriotic Spirit at its Extreme- Three Years of Jail for Disrespecting Chinese National Anthem
Patriotic Spirit at its Extreme- Three Years of Jail for Disrespecting Chinese National Anthem
स्वास्थ्य मन्त्री र राज्यमन्त्रीबीच कार्यविभाजन, विशिष्ठीकृत अस्पतालको अनुगमन केसीले गर्ने
स्वास्थ्य मन्त्री र राज्यमन्त्रीबीच कार्यविभाजन, विशिष्ठीकृत अस्पतालको अनुगमन केसीले गर्ने
दैनिक सत्तरीभन्दा बढी कन्टेनर केरूङतर्फ
दैनिक सत्तरीभन्दा बढी कन्टेनर केरूङतर्फ
सुली मिसाएर माछा सखाप पार्नेलाई ४० लाख रुपियाँ र लाख माछा क्षतिपूर्ति
सुली मिसाएर माछा सखाप पार्नेलाई ४० लाख रुपियाँ र लाख माछा क्षतिपूर्ति

तपाईंले छुटाउनुभयो कि?