न्यूरोडबाट बरामद भएको सुन सात किलोग्रामभन्दा बढी

Abhiyanpost Abhiyanpost
|
बुधबार, मंसिर २०, २०८०
|
|
३६ पटक हेरिएको
Shares
न्यूरोडबाट बरामद भएको सुन सात किलोग्रामभन्दा बढी

सारांश

  • काठमाडौँ ।
  • काठमाडौँको न्यूरोडबाट बरामद भएको सुन सात किलोग्राम एक सय ८५ ग्राम भएको खुलेको छ ।
  • काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मङ्गलबार राति पक्राउ गरी आज गरेको चेकजाँचका क्रममा उक्त परिणाममा सुन भएको खुलेको हो ।

काठमाडौँ । काठमाडौँको न्यूरोडबाट बरामद भएको सुन सात किलोग्राम एक सय ८५ ग्राम भएको खुलेको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मङ्गलबार राति पक्राउ गरी आज गरेको चेकजाँचका क्रममा उक्त परिणाममा सुन भएको खुलेको हो ।

प्रहरीले उक्त परिणामको सुनसहित चार हजार एक सय अमेरिकन डलर र रु ३९ लाख ५० हजार नेपालीसहित कैलाली घर भई काठमाडौँको नागार्जुन बस्दै आएका ४१ वर्षीय पद्मप्रसाद पाण्डेलाई पक्राउ गरेको थियो । कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले न्यूरोडलगायत विभिन्न ठाउँमा बिलबिजकबिना सुनका गरगहना बिक्री वितरण गरेको सूचनाका आधारमा पाण्डेलाई पक्राउ गरिएको जानकारी दिए । “पक्राउ परेका व्यक्तिले हुण्डीमार्फत वित्तीय कारोबार गर्ने गरेको खुलेको छ”, प्रवक्ता रेग्मीले भने ।

पक्राउ परेका पाण्डेले ओम पर्ल गोल्ड प्रालि र कैलाश ज्वेलर्स प्रालिबाट सुनका विभिन्न गहना तथा सुनका टुक्रा बिलबिजकबिना बिक्री गर्ने गरेको खुलेको प्रवक्ता रेग्मीले बताए । पक्राउ पाण्डेलाई आवश्यक अनुन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बिराटनगर महानगरपालिकाको मेयर र उपमेयर दुबैमा नेपाली कांग्रेस विजयी !
बिराटनगर महानगरपालिकाको मेयर र उपमेयर दुबैमा नेपाली कांग्रेस विजयी !
प्रधानमन्त्री र परराष्ट्रमन्त्रीद्वारा बेल्जियमका नयाँ प्रधानमन्त्रीलाई शुभकामना
प्रधानमन्त्री र परराष्ट्रमन्त्रीद्वारा बेल्जियमका नयाँ प्रधानमन्त्रीलाई शुभकामना
विप्लव समूहको देशैभरि बम आतंक
विप्लव समूहको देशैभरि बम आतंक
विदेशी मुद्राको विनिमय दर कति ? हेर्नुहोस्
विदेशी मुद्राको विनिमय दर कति ? हेर्नुहोस्
Table Portal Suppliers
२ सय जना अख्तियारको उच्च निगरानीमा,अकुत सम्पत्ति छानबिनः
२ सय जना अख्तियारको उच्च निगरानीमा,अकुत सम्पत्ति छानबिनः
नवलपरासीका देवचुली नगरपालिकामा काँग्रेस विजयी !
नवलपरासीका देवचुली नगरपालिकामा काँग्रेस विजयी !
प्रतिनिधिसभामा तीन मन्त्रालयका विनियोजन शीर्षकमाथि छलफल प्रारम्भ
प्रतिनिधिसभामा तीन मन्त्रालयका विनियोजन शीर्षकमाथि छलफल प्रारम्भ
हेर्नुहोस् प्रचण्डको प्रतिबद्धता ,अब माडीलाई मणि बनाउने
हेर्नुहोस् प्रचण्डको प्रतिबद्धता ,अब माडीलाई मणि बनाउने
राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन प्रस्तुत, प्रधानमन्त्री भन्छन्- सुरक्षा चुनौतीबाट खतरा छैन
राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन प्रस्तुत, प्रधानमन्त्री भन्छन्- सुरक्षा चुनौतीबाट खतरा छैन

तपाईंले छुटाउनुभयो कि?