भष्ट्र कर्मचारीलाई हतकडी लगाउछु: मन्त्रि लालबावु पण्डित

Abhiyanpost Abhiyanpost
|
शनिबार, बैशाख १५, २०७५
|
|
४० पटक हेरिएको
Shares
भष्ट्र कर्मचारीलाई हतकडी लगाउछु: मन्त्रि लालबावु पण्डित

सारांश

  • माधव बेल्वासे,कपिलवस्तु चन्द्रौटा, १५  वैशाख ।
  • संघिय मामीला तथा सामान्य प्रशासन मन्त्रि लालबाबु पण्डितले कुनै पनि कर्मचारीले भष्ट्रचार गरेमा हतकडी लगाउने वताएका छन ।
  • नेपाल आर्थिक समृद्धी तर्फ लागेको समयमा कुनै पनि कर्मचारीले लापरवार्हि गरेको थाहा पाएमा उसले छुटकरा नपाउने वताए ।

माधव बेल्वासे,कपिलवस्तु चन्द्रौटा, १५  वैशाख । संघिय मामीला तथा सामान्य प्रशासन मन्त्रि लालबाबु पण्डितले कुनै पनि कर्मचारीले भष्ट्रचार गरेमा हतकडी लगाउने वताएका छन ।

नेपाल आर्थिक समृद्धी तर्फ लागेको समयमा कुनै पनि कर्मचारीले लापरवार्हि गरेको थाहा पाएमा उसले छुटकरा नपाउने वताए । कपिलवस्तुको विजयनगर गाउपालिकामा रहेको जामिया रजविया लिलबनात (गल्स स्कुल)को उद्धघाटन गर्दै मन्त्रि पण्डितले ले यस्तो वताएका हुन ।

देश संघिय संरचना मा गएकोले केन्द्रमा रहेको कर्मचारी तथा अन्य कर्मचारीहरुलाई भने ठाउमा गएर देश र जनताको सेवा गर्न आग्रह गरे ।कुनै पनि कर्मचारीले अटेर गरेमा त्यो राम्रो नहुने जनाए ।स्थानिय तह तथा प्रदेशिक तहमा कर्मचार र जनप्रतिनिधि विच खटपट भएको आफुले सुन्न नचाहेको जनाए । कर्मचारीहरु मध्ये उत्कृष्ट कर्मचारी हरुलाई आफुले सम्मान गर्ने र अनियमितता गर्नेलाई दण्ड दिने दावी गरे ।मन्त्रि पण्डितले जनता वाट निर्वाचित भएर आएका जनप्रतिनिधिहरु पनि भष्ट्रचार गर्न नहुने वताए । अस्थिरता पछि स्थायित्व मा गएपछी अव समृद्धी तर्फ लागेको जोड दिए । ६,६ महिनामा सरकार परिवर्तन हुने गरेकोले अव स्थीरता भएको जनाए।

कपिलवस्तुका अधिंकाश स्थानिय तह भाडामा बसेकोले अव जग्गाको व्यावस्थापन गरेमा भवन निमार्णको लागी रकम उपलव्ध गराउने प्रतिवद्धता जनाए ।अव सरकारले स्थानिय तहको लागी एक अर्व भन्दा धेरै वजेट छुट्टयाउने भएकोले विकाशको गतीले तिव्रता ल्याउने विश्वास व्यक्त गरे ।पण्डितले भने –“कपिलवस्तु पछाडी परेको जिल्ला हो यसलाई सरकारले विशेष प्रथकिमता दिन्छ तपाई जागरुक हुनुस”

कपिलवस्तु जिल्लामा मुस्लीम समुदायको वाहुल्यता रहेको ठाउ भएकोले मुस्लीम महिलाहरुको लागी स्कृल संचालन गरेकोमा धन्यवाद दिए । मुस्लीम समुदायका महिलाहरु शिक्षा वाट बन्चित हुनुपरेको भन्दै अव यस क्षेत्रका महिलाहरुले शिक्षित हुनेमा विश्वस्त रहेको वताए ।हिन्दु मुस्लीम लगाएत सम्पुर्ण समुदायहरुलाई भाइचारको सम्वन्धमा वस्नुपर्ने वताउदै कपिलवस्तुमा सम्पुर्ण समुदायको बसोवार रहेकोले धार्मिक,जातिय,राजनैतिक सदभाव आवश्य रहेको औल्याए ।

मुस्लिम बालिकालाई उच्च तहसम्म शिक्षा प्रदान अल्पसंख्यक मुस्लिम समुदायलाई लक्षित गरी विजयनगर गाउँपालिकाको लगानीमा गल्र्स स्कूल स्थापना गरिनु उदाहरणिय कार्य रहेको मन्त्रि पडितले वताए ।स्कुललाई आफ्नो तर्फ तथा मन्त्रालयको तर्फ वाट गर्न सक्ने कामलाई गर्ने प्रतिवद्धता जाहेर गरे ।मन्त्रि पण्डितले शुक्रवार विहान व्यापारसंघ कपिलवस्तुको भवन सिलिन्यास गरेका छन ।

व्यापारीहरुको लागी काम गर्दै आएको सो सस्थाको प्रगतिको कामना गर्दै मन्त्रि पण्डितले सिलिन्यास गरेका हुन ।कार्यक्रममा प्रदेश संसाद अर्जुन केसी,पर्व राज्य मन्त्रि इश्वर दयाल मिश्र लगाएत वोलेका थिए ।

प्रतिक्रिया

6 कमेन्ट

    Comment Author

    Ratna Dong

    Garnu paryo ni mantri jyu yati nagari ta desh bikash hudai na

    Comment Author

    Dek Raj Bhattarai

    हावा गफ।

    Comment Author

    Shiva Chhetri

    Good

    Comment Author

    Prem Pd Dhakal

    Hawa guf

    Comment Author

    Shyam Khatri

    अवत अति भयो धेरै हावामा उडनु भएन ।

    Comment Author

    Gobinda Neupane

    कर्मचारी होइन पहिला गद्दार ,राष्ट्रघाती, जनतामारा चोर नेता जति लाई हतकडी लगाउनु पर्छ अनि त्यसपछि कर्मचारी को पालो आउँछ।
    यो मुलुक र जनताको यो कन्तबिजोग को अवस्था बनाउने मा एकनम्बरमा राजनैतिक दल र त्यसका नेता हरु हुन।।।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 6
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?