पन्थडिही–कटहरे–हर्मी–साहिलटार सडक स्तरोन्नति परियोजनाको शिलान्यास

Abhiyanpost Abhiyanpost
|
मंगलबार, चैत्र ७, २०७९
|
|
४७ पटक हेरिएको
Shares
पन्थडिही–कटहरे–हर्मी–साहिलटार सडक स्तरोन्नति परियोजनाको शिलान्यास

सारांश

  • काठमाडौँ ।
  • प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखा र लमजुङका हजारौँ जनसङ्ख्या लाभान्वित हुने पन्थडिही–कटहरे–हर्मी–साहिलटार सडक स्तरोन्नति योजनाको शिलान्यास गरेका छन् ।
  • गोरखाको पालुङटार नगरपालिकाको विमिरेमा आज बिहान आयोजित एक कार्यक्रमबीच उहाँले सो सडकखण्ड स्तरोन्ततिको शिलान्यास गरे ।

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखा र लमजुङका हजारौँ जनसङ्ख्या लाभान्वित हुने पन्थडिही–कटहरे–हर्मी–साहिलटार सडक स्तरोन्नति योजनाको शिलान्यास गरेका छन् ।

गोरखाको पालुङटार नगरपालिकाको विमिरेमा आज बिहान आयोजित एक कार्यक्रमबीच उहाँले सो सडकखण्ड स्तरोन्ततिको शिलान्यास गरे ।

शिलान्यास कार्यक्रममा उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेलगायतको सहभागिता थियो । भारतीय एक्जिम बैंकसँगको विकास साझेदारीमा निर्माण हुने योजनाको लागत रू ८० करोड रहेको छ ।

पन्थडिहीदेखि साहिलटारसम्मको झन्डै साढे २० किलोमिटर सडक चौडा गर्ने, नाली र टेवा पर्खाल निर्माण गर्ने तथा डबल लेन कालोपत्र हुनेछ । बुड हिल–लामा जेभी, महाराजगञ्जले ३० महिनामा सक्नेगरी ठेक्का पाएको यो सडक योजनाबाट गोरखाको पालुङटार नगरपालिका एवं सिरानचोक, छोप्राक र अजिरकोट गाउँपालिका तथा लमजुङको राइनास र दूधपोखरी नगरपालिकाका विभिन्न क्षेत्रका स्थानीय लाभान्वित हुनेछन् ।

उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले यो योजना कार्यान्वयनमा विशेष पहल गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बँधुवा मजदुर हकहितको आन्दोलन ढाँचा परिवर्तन गर्न आवश्यक
बँधुवा मजदुर हकहितको आन्दोलन ढाँचा परिवर्तन गर्न आवश्यक
प्रतिनिधि सभाको बैठक भदौ १३ गते सम्मका लागि स्थगित
खानेपानी समस्याले छोरी नदिने गाउँमा एक घर एक धारा
खानेपानी समस्याले छोरी नदिने गाउँमा एक घर एक धारा
भारतबाट फर्केपछि प्रधानमन्त्री ओलीले भने, ‘तस्बिर आफैं बोल्छ, मैले थप केही भन्नु पर्दैन’
भारतबाट फर्केपछि प्रधानमन्त्री ओलीले भने, ‘तस्बिर आफैं बोल्छ, मैले थप केही भन्नु पर्दैन’
११ दिन मिटिङ बसेपछि आयो विप्लवको यस्तो निर्णय
११ दिन मिटिङ बसेपछि आयो विप्लवको यस्तो निर्णय
वाइडबडी विमान खरिद प्रक्रियामा आफ्नो संलग्नता नरहेको पर्यटन मन्त्रीको स्पष्टोक्ति
नेपालगन्जमा ‘फोटो फेस्टिवल’
नेपालगन्जमा ‘फोटो फेस्टिवल’
ध्रुवेको अनौठो प्रेम, पाँच वर्षपछि यसरी आयो! चितवन निकुञ्जमा तनाव
ध्रुवेको अनौठो प्रेम, पाँच वर्षपछि यसरी आयो! चितवन निकुञ्जमा तनाव
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
केरुङ–काठमाडौँ रेलमार्गको सम्भाव्यता अध्ययनमै ३५ अर्ब रुपैयाँ लाग्ने
केरुङ–काठमाडौँ रेलमार्गको सम्भाव्यता अध्ययनमै ३५ अर्ब रुपैयाँ लाग्ने

तपाईंले छुटाउनुभयो कि?