परराष्ट्रमन्त्री ज्ञवालीले सरकारको यसरि गरे बचाउ

Abhiyanpost Abhiyanpost
|
बुधबार, मंसिर १२, २०७५
|
|
६१ पटक हेरिएको
Shares
परराष्ट्रमन्त्री ज्ञवालीले सरकारको यसरि गरे बचाउ

सारांश

  • काठमाडौं, १२ मंसिर।
  • परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारले ठिक ढंगले काम गरिरहेको दावी गरेका छन्।
  • मन्त्री ज्ञवालीले सरकारको नौ महिने कार्यकालमा संघीयता कार्यान्वयनका लागि आधार निर्माण गरिएको दाबी गरे।

काठमाडौं, १२ मंसिर। परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारले ठिक ढंगले काम गरिरहेको दावी गरेका छन्। मन्त्री ज्ञवालीले सरकारको नौ महिने कार्यकालमा संघीयता कार्यान्वयनका लागि आधार निर्माण गरिएको दाबी गरे। उनले यही अवधिमा सरकारले अन्तर्राष्ट्रिय र छिमेकसँगको सम्बन्धलाई प्रभावकारी बनाउन सफल भएको उल्लेख गरे।

मन्त्री ज्ञवालीले मौलिक हकसँग सम्बन्धित कानुन निर्माण तथा वैदेशिक रोजगारलाई व्यवस्थित बनाउन सरकारले महत्वपूर्ण उपलब्धि हासिल गरेको पनि उल्लेख गरे। बुधबार प्रदेश ५ को पत्रकार समाजले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री ज्ञवालीले सामाजिक सुरक्षा कार्यक्रम लागू गरेर सरकारले ३५ लाखभन्दा बढी श्रमिकहरुको हितको सुनिश्चित गरेको पनि बताए।  परराष्ट्रमन्त्री ज्ञवालीले सरकार संगठित अपराध नियन्त्रण गर्न पनि सफल भएको दावी गरे।

यसैबीच गुल्मी हुगाबाम पोखराकी मृर्गौला पीडित १३ वर्षीया बालिका बन्दना भण्डारीलाई २ लाख ८ हजार ५०० आर्थिक सहायता प्रदान गरिएको छ।  गुल्मी घर भई वैदेशिक रोजगारको शिलशिलामा दुवई रहेका खिम केसी र कुँवर लईँटेलले जुटाएको आर्थिक सहायता मृर्गौला पीडित बालिका भण्डारीलाई बुधबार काठमाडौंमा एक कार्यक्रमका बीच परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले हस्तान्तरण गरेका हुन। दुवै मृर्गौला फेल भई काठमाडौंमा उपचार गराई रहेकी बालिका भण्डारीलाई प्रदान गरिएको सो सहायता रकम संकलनमा प्रदेश ५ को पत्रकार समाजले पनि संयोजन गरेको थियो। कार्यक्रममा बोल्दै परराष्ट्रमन्त्री ज्ञवालीले जटिल रोगको उपचारमा सहजता ल्याउन सरकारले पनि ‘सर्वव्यापी स्वास्थ्य विमा’को व्यवस्था गरेको जनाए।

उनले नागरिकहरुको अकालमा ज्यान नजाओस् भनेर सरकारले निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउन स्वास्थ्य सेवा ऐनको समेत व्यवस्था गर्न लागिरहेको पनि जानकारी दिए। परराष्ट्रमन्त्री ज्ञवालीले ठूलो धनराशी खर्च गर्नुपर्ने अवस्थामा रहेकी बालिका भण्डारीलाई आर्थिक सहयोग उपलब्ध गराउनेहरुप्रति आभार समेत व्यक्त गरे।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रिय एकता, सहमति र सहकार्यलाई थप जीवन्त बनाउँछु : प्रधानमन्त्री
राष्ट्रिय एकता, सहमति र सहकार्यलाई थप जीवन्त बनाउँछु : प्रधानमन्त्री
बंगलादेशी नागरिक रकम चोर को अभियोगमा लाजिम्पाटमा प्रकाउ
बंगलादेशी नागरिक रकम चोर को अभियोगमा लाजिम्पाटमा प्रकाउ
ओली नेपाल सम्बन्ध सुमधुरतर्फ, मंसीर पहिलो साता मन्त्रिपरिषद हेरफेर हुँदा यी बन्न सक्छने मन्त्री
ओली नेपाल सम्बन्ध सुमधुरतर्फ, मंसीर पहिलो साता मन्त्रिपरिषद हेरफेर हुँदा यी बन्न सक्छने मन्त्री
एकताबारे ओली र प्रचण्डले थप गृहकार्य गर्ने, यस्ता छन् अबका विषय ?
एकताबारे ओली र प्रचण्डले थप गृहकार्य गर्ने, यस्ता छन् अबका विषय ?
दर्शकलाई पेट मिचिमिची हसाउँन “कमेडि को झड्का” आउँदै
दर्शकलाई पेट मिचिमिची हसाउँन “कमेडि को झड्का” आउँदै
आजको राशिफल
आजको राशिफल
चीनलाई उछिनेर भारत बन्दै छ विश्कै सबैभन्दा बढी जनसंख्या भएको देश
चीनलाई उछिनेर भारत बन्दै छ विश्कै सबैभन्दा बढी जनसंख्या भएको देश
निशा अधिकारीलाई नरेश भट्टराईले भ्यालेन्टाईन डे को अवसर पारेर प्रेम प्रस्ताब राखे
निशा अधिकारीलाई नरेश भट्टराईले भ्यालेन्टाईन डे को अवसर पारेर प्रेम प्रस्ताब राखे
चन्द समूहका नुवाकोट सेक्रेटरी पक्राउ
चन्द समूहका नुवाकोट सेक्रेटरी पक्राउ
भोजपुरको पुरानो बसपार्क क्षेत्रको सडक मर्मत
भोजपुरको पुरानो बसपार्क क्षेत्रको सडक मर्मत

तपाईंले छुटाउनुभयो कि?