पश्चिम बागलुङको समृद्धिका लागि काम गर्छु ः सांसद शाही

Abhiyanpost Abhiyanpost
|
सोमबार, मंसिर १६, २०७६
|
|
३५ पटक हेरिएको
Shares
पश्चिम बागलुङको समृद्धिका लागि काम गर्छु ः सांसद शाही

सारांश

  • –खेमराज गौतम बागलुङ क्षेत्र नं २ को प्रदेश ‘ख’का नवनिर्वा्चित गण्डकी प्रदेशसभा सदस्य खिमविक्रम शाहीले विकासमा पछाडि परेको पश्चिम क्षेत्रको समृद्धिका लागि आफूले काम गर्ने बताउनुभएको छ ।
  • निर्वा्चित भइसकेपछि प्रदेशसभा सदस्य शाहीले पत्रकारलाई प्रतिक्रिया दिँदै आफूले स्वर्गीय टेकबहादुरले देखेको पश्चिम बागलुङको समृद्धि आफूले पूरा गर्ने बताउनुभएको हो ।
  • शाहीले मुलुकको समृद्धि र स्थायित्वका लागि प्रदेशसभादेखि जिल्लासम्म सक्दो प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

–खेमराज गौतम

बागलुङ क्षेत्र नं २ को प्रदेश ‘ख’का नवनिर्वा्चित गण्डकी प्रदेशसभा सदस्य खिमविक्रम शाहीले विकासमा पछाडि परेको पश्चिम क्षेत्रको समृद्धिका लागि आफूले काम गर्ने बताउनुभएको छ । निर्वा्चित भइसकेपछि प्रदेशसभा सदस्य शाहीले पत्रकारलाई प्रतिक्रिया दिँदै आफूले स्वर्गीय टेकबहादुरले देखेको पश्चिम बागलुङको समृद्धि आफूले पूरा गर्ने बताउनुभएको हो ।

शाहीले मुलुकको समृद्धि र स्थायित्वका लागि प्रदेशसभादेखि जिल्लासम्म सक्दो प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उपनिर्वाचनमा विजयी भएपछि राससँग प्रतिक्रिया दिँदै जीतले आफूलाई खुशी र जिम्मेवार दुवै बनाएको बताउनुभयो । “जनताका आधारभूत आवश्यकतासँगै विकासका लागि काम गर्छु”, शाहीले भन्नुभयो, “विकासमा पछाडि परेको यस क्षेत्रलाई आफ्नो कार्यकालमा केही राहतको महसुस गराउनेछु ।”

जिल्लाको पश्चिममा रहेको आफ्नो क्षेत्र अवसर र विकासबाट पछाडि परेकाले त्यसका लागिसमेत यथेष्ट पहल र भूमिका खेल्ने उहाँको भनाइ थियो । उहाँले देशकै एकमात्र सिकार आरक्षलाई नमूना पर्यटकीय गन्तव्य बनाउने भन्दै पश्चिम क्षेत्र विकट भए पनि पर्यटकीय हिसाबले अत्यन्तै सम्भावना रहेको बताउनुभयो । “जनताले दिएको मतको सधैँ कदर गर्नेछु, जनताको सेवामा समर्पित हुनेछु”, सांसद शाहीले भन्नुभयो ।

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को समर्थन पाएको राष्ट्रिय जनमोर्चाका उम्मेदवार खिमविक्रम शाहीले नेपाली काँग्रेसका उम्मेदवार जीत शेरचनलाई दुई हजार ९७ मत अन्तरले पराजित गर्दै विजयी हुनुभएको हो । शाहीले ११ हजार २३५ मत प्राप्त गर्नुभएको छ भने शेरचनले नौ हजार १३८ मत प्राप्त गर्नुभएको थियो ।

ढोरपाटन नगरपालिका, तमानखोला गाउँपालिका र निसीखोला गाउँपालिका रहेको यस क्षेत्रको उपनिर्वाचनमा शुरुआतमा तीव्र प्रतिस्पर्धा भए पनि अन्ततः मतान्तर फराकिलो बन्दै गएको थियो । उपनिर्वाचनमा विभिन्न असन्तुष्टि र अप्ठ्याराका बीच जीत निकाल्न सफल भएको नेकपा जिल्ला अध्यक्ष इन्द्रलाल सापकोटाले बताउनुभयो । निसीखोला गाउँपालिकाबाट बाम गठबन्धनले चार हजार ८०६ मत प्राप्त गरेको छ भने काँग्रेसले तीन हजार २८२ मत प्राप्त ग¥यो । यहाँ काँग्रेसको भन्दा बाम गठबन्धनको एक हजार ५२४ मत बढी आएको छ । तर ढोरपाटनमा एक हजार ५०० देखि दुई हजारभन्दा बढीको अन्तर पर्ने आङ्कलन गरिएकामा जम्मा ९६५ मात्र बढी मत आएको छ । बामले गिलासमा चार हजार ५७० मत प्राप्त गर्दा काँग्रेसका शेरचनले तीन हजार ६०५ मत प्राप्त गरेका छन् । ढोरपाटनमा काँग्रेसले राम्रो मत ल्याए पनि तमानमा भने ठूलो मात्रामा अन्तर पार्ने मत ल्याउन सकेन । बाम गठबन्धनले एक हजार ८५९ मत प्राप्त गर्दा काँग्रेसले दुई हजार २५१ मत प्राप्त गरेको छ ।

यस क्षेत्रमा २०७४ सालको प्रदेशसभा निर्वाचनमा साबिकको नेकपा एमाले र माओवादी केन्द्रको समर्थनमा बामगठबन्धनबाट उम्मेदवार बनेका राष्ट्रिय जनमोर्चाका टेकबहादुर घर्तीले ११ हजार ८८४ मत प्राप्त गरी विजयी हुनुभएको थियो । त्यसबेला पनि घर्तीका प्रत्याशी रहेका काँग्रेसका शेरचनले आठ हजार ६६४ मत प्राप्त गर्नुभएको थियो । उक्त चुनावमा तीन हजार २६० मतको अन्तर थियो । यो अन्तर अहिले एक हजारभन्दा बढीले घटेको छ । सांसद घर्तीको असामयिक निधन भएपछि यस क्षेत्रमा उपचुनाव भएको हो । उपनिर्वाचनमा आठ राजनीतिक दल र दुई स्वतन्त्र गरी १० उम्मेदवार चुनावी मैदानमा थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राैतहटमा १ सय ६ बिघा सरकारी वन २६ जना व्यक्ति नाउँमा
राैतहटमा १ सय ६ बिघा सरकारी वन २६ जना व्यक्ति नाउँमा
ओली-प्रचण्ड बीच कुरा मिलाउने प्रयास फेरि विफल, एक-अर्कामाथि कारबाहीसम्मको तयारी
ओली-प्रचण्ड बीच कुरा मिलाउने प्रयास फेरि विफल, एक-अर्कामाथि कारबाहीसम्मको तयारी
एनसेललाई ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार ८१५ रूपैयाँ लाभकर तिर्न ७ दिनको म्याद
एनसेललाई ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार ८१५ रूपैयाँ लाभकर तिर्न ७ दिनको म्याद
समृद्धि हुँदै समाजवादी क्रान्तिको नयाँ बाटोमाः अध्यक्ष दाहाल
समृद्धि हुँदै समाजवादी क्रान्तिको नयाँ बाटोमाः अध्यक्ष दाहाल
पाकिस्तान नियन्त्रित काश्मिरमा ६२ को मृत्यु, २८ बेपत्ता ५३ घाइते
पाकिस्तान नियन्त्रित काश्मिरमा ६२ को मृत्यु, २८ बेपत्ता ५३ घाइते
सारा अली खान र सुशान्तसिंह राजपुतको प्रेमले ततायो बलिउड
सारा अली खान र सुशान्तसिंह राजपुतको प्रेमले ततायो बलिउड
ज्येष्ठ नागरिकलाई निःशुल्क कृत्रिम दाँत
ज्येष्ठ नागरिकलाई निःशुल्क कृत्रिम दाँत
हरेक नेपालीको टाउकोमा कति ऋण होला ?
हरेक नेपालीको टाउकोमा कति ऋण होला ?
बुटवलमा प्रदेश राजधानीका लागि भवनहरु खोज्दै सरकारी टोली
बुटवलमा प्रदेश राजधानीका लागि भवनहरु खोज्दै सरकारी टोली
सम्झौता, कसका कारण बाँधिए बाँध ? यस्तो छ इतिहास,
सम्झौता, कसका कारण बाँधिए बाँध ? यस्तो छ इतिहास,