पहाडमा रहेका पानी घट्ट लोप हुने अवस्थामा

Abhiyanpost Abhiyanpost
|
बुधबार, माघ २३, २०७५
|
|
५६ पटक हेरिएको
Shares
पहाडमा रहेका पानी घट्ट लोप हुने अवस्थामा

सारांश

  • सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा रहेका पानी घट्ट लोप हुन थालेका छन् ।
  • केही वर्ष पहिले पर्याप्त मात्रामा प्रयोग हुने घट्ट अहिले लोप हुने अवस्थामा रहेका छन् ।
  • सुदूरका पहाडी क्षेत्रमा स्थानीय खोलाका पानीबाट चल्ने घट्टमा स्थानीयवासीले गहँु, कोदो, चामल, मकै र फापर लगायतका अन्न पिसानी गर्दथे ।

सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा रहेका पानी घट्ट लोप हुन थालेका छन् । केही वर्ष पहिले पर्याप्त मात्रामा प्रयोग हुने घट्ट अहिले लोप हुने अवस्थामा रहेका छन् । सुदूरका पहाडी क्षेत्रमा स्थानीय खोलाका पानीबाट चल्ने घट्टमा स्थानीयवासीले गहँु, कोदो, चामल, मकै र फापर लगायतका अन्न पिसानी गर्दथे । तर अहिले आधुनिक विद्युतीय मिलको सञ्चालन बढ्दै गएपछि यस क्षेत्रका पानी घट्ट लोप हुन थालेको नवदुर्गा गाउँपालिका–१ का करन कामीले बताए ।

सुदूरका पहाडी जिल्ला डडेल्धुरा, दार्चुला, बैतडी, बझाङ, डोटी, अछाम र बाजुरा लगायतका विभिन्न ठाउँमा हजारौँ सङ्ख्यामा रहेका पानी घट्ट प्रयोगविहीन भएको र ती घट्ट नयाँ प्रविधिसाथ सञ्चालन हुन थालेपछि लोप हुनथालेको स्थानीयवासीको भनाइ छ । हाल प्रयोग विहीन रहेका पानी घट्टलाई  विभिन्न जिल्लामा गैरसरकारी संस्थाले सुधार गरी आधुनिक प्रविधिअनुसार पिसानी, तेल पेलानी र काठ चिरानी समेत गर्नसक्ने घट्ट बनाएर सञ्चालनमा ल्याएसँगै पुराना पानी घट्ट लोप हुने अवस्थामा पुगेको पुराना घट्ट सञ्चालन गर्दै आउनुभएका अमरगढी नगरपालिका–७ का घट्टधनी पदमबहादुर कैनीले बताए । पहिले पानी घट्टबाट पिसानी गर्दा पिसानी गरेको अन्नको केही भाग घट्ट धनीलाई दिने चलन थियो ।

तर अहिले विद्युतीय शक्तिबाट चल्ने अत्याधुनिक प्रविधिका पिसानी गर्ने मिल ठाउँठाउँमा बनेपछि पानीघट्ट प्रयोग गर्नेको सङ्ख्या घटेको छ । केहीले आधुनिक घट्टबाटै कुटानी पिसानी गर्ने गरेका छन् । मिलमा कुटानी पिसानी गरेवापत प्रतिकिलोको रु दुई देखि चार रुपैयाँसम्म रकम दिनुपर्ने गरेको पाइन्छ । अहिले पुराना घट्टमा पिसानी गर्ने कोही पनि नआउने भएकाले  पुराना पानीघट्ट बन्द गर्नुपरेको पानी घट्ट चलाउँदै आउनु भएका गन्यापधुरा गाउँपालिका–५ का कमलबहादुर ओली बताए । घट्टमा पिसानी गर्दा लामो समय कुर्नुपर्ने बाध्यता रहेको तर मिलमा भनेकै समयमा कुटानी र पिसानी हुने भएकाले पानी घट्ट प्रयोग गर्नेको सङ्ख्या घट्दै जाँदा घट्ट बन्द गर्नुपर्ने अवस्थामा पुगेको ओलीको भनाइ छ । तर घट्टबाट पसिानी गरिएका अन्नको पिठो स्वास्थ्यका लागि अति नै लाभदायक मानिने गरेको जानकारहरूको भनाइ छ । रासस

(aristocratps.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ताेकिएभन्दा यती थाेरै तलब पाउछन् सेक्युरिटी गार्ड
बसपार्क निर्माणमा ठेकेदारको चरम लापर्बाही
बसपार्क निर्माणमा ठेकेदारको चरम लापर्बाही
सासंद ठेकेदारदेखि सहन्यायाधिवक्तासम्म अख्तियारको फन्दामा, को को पर्दैछन जेलमा ?
सासंद ठेकेदारदेखि सहन्यायाधिवक्तासम्म अख्तियारको फन्दामा, को को पर्दैछन जेलमा ?
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २४ सै घण्टा संचालन गर्छु : पर्यटन मन्त्री अधिकारी
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २४ सै घण्टा संचालन गर्छु : पर्यटन मन्त्री अधिकारी
एफपिओ र मर्जर गेनबाट दुई दिनमै करिब १३ अर्ब कर सङ्कलन
एफपिओ र मर्जर गेनबाट दुई दिनमै करिब १३ अर्ब कर सङ्कलन
केन्याविरुद्ध अन्तिम बलमा नेपालको सनसनी जित
केन्याविरुद्ध अन्तिम बलमा नेपालको सनसनी जित
पर्सा : छिपहरमाई गाउँपालिकामा माओवादी विजयी
पर्सा : छिपहरमाई गाउँपालिकामा माओवादी विजयी
उपत्यकामा एकैदिन एक सय ६ जना संक्रमित थपिए, तीनै जिल्लामा आंशिक लकडाउनको घोषणा
उपत्यकामा एकैदिन एक सय ६ जना संक्रमित थपिए, तीनै जिल्लामा आंशिक लकडाउनको घोषणा
एकै खेलमा विराटले ताेडे सचिनका दुई रेकर्ड !
एकै खेलमा विराटले ताेडे सचिनका दुई रेकर्ड !
पूूर्व राजाले मोदी भेट्न किन पहल गर्दैछन् ?
पूूर्व राजाले मोदी भेट्न किन पहल गर्दैछन् ?

तपाईंले छुटाउनुभयो कि?