‘पहाड र मधेसलाई विभाजन गर्ने गरी कसका लागि प्रदेशको कित्ताकाट : अध्यक्ष ओली

Abhiyanpost Abhiyanpost
|
बिहिबार, मंसिर २, २०७३
|
|
२१० पटक हेरिएको
Shares
‘पहाड र मधेसलाई विभाजन गर्ने गरी कसका लागि प्रदेशको कित्ताकाट : अध्यक्ष ओली

सारांश

  • काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको समयमा अघि सारिएको संविधान संशोधनको माग नेपालीको नभएको बताएका छन्।
  • एमाले पार्टी केन्द्रीय स्कुल विभागले प्रेस चौतारी नेपाल केन्द्रीय कमिटीका लागि दिएको पाँचदिने प्रशिक्षक प्रशिक्षणको यहाँ बिहीबार समापन गर्दै नेता ओलीले संविधान कार्यान्वयन र निर्वाचनमा ओझेल पार्ने र नेपालीको समृद्धिको यात्रालाई रोक्न संशोधनको माग आएको बताए।
  • उनले भने– ‘पहाड र मधेसलाई विभाजन गर्ने गरी कसका लागि प्रदेशको कित्ताकाट ?

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको समयमा अघि सारिएको संविधान संशोधनको माग नेपालीको नभएको बताएका छन्।

एमाले पार्टी केन्द्रीय स्कुल विभागले प्रेस चौतारी नेपाल केन्द्रीय कमिटीका लागि दिएको पाँचदिने प्रशिक्षक प्रशिक्षणको यहाँ बिहीबार समापन गर्दै नेता ओलीले संविधान कार्यान्वयन र निर्वाचनमा ओझेल पार्ने र नेपालीको समृद्धिको यात्रालाई रोक्न संशोधनको माग आएको बताए।

उनले भने– ‘पहाड र मधेसलाई विभाजन गर्ने गरी कसका लागि प्रदेशको कित्ताकाट ? हामीले संविधान जारी गर्दा नै २ नम्बर प्रदेशमा एक प्रकारको सम्झौता भइसकेको छ । अब संशोधनको आवश्यकता छैन । नेपालीलाई अल्मल्याउन, एकपछि अर्काे गर्दै फसाउन सकिन्छ भनेर सोच्नु ठीक होइन ।’

वैवाहिक नागरिकताका सम्बन्धमा खुकुलो प्रावधान रहेको बताउँदै पूर्वप्रधानमन्त्री ओलीले संशोधन गर्ने हो भने त्यसलाई कडाइ हुनसक्ने तर्क गर्दै देशलाई गम्भीर नोक्सान नहुने ठाउँमा मात्र आफ्नो दलले सहमति दिने बताए।

आफ्नो नेतृत्वको सरकार हुँदा समृद्धिका प्रयास थालनी गर्दा अनुचित हस्तक्षेप गरेर सत्ता परिवर्तन गरिएको गुनासो गर्दै उनले नेपाली जनताका मूर्छित सपनालाई ओइलाउन नदिने कामलाई जनताको बहुदलीय जनवादको जगमा जारी राखिने बताए।

एमाले स्कुल विभागका उपप्रमुख शङ्कर पोखरेलले प्रशिक्षणका कार्यलाई पार्टी पङ्क्तिमा थप विस्तार गरिने जानकारी दिए।

समाचार श्रोत: नागरिका दैनिक

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ग्लोबल आईएमई बैंकले लाभांश घोषणा गर्यो
ग्लोबल आईएमई बैंकले लाभांश घोषणा गर्यो
पाँच उपाध्यक्षले दिए नैनसि‌ंह महरलार्इ चेतावनी !
पाँच उपाध्यक्षले दिए नैनसि‌ंह महरलार्इ चेतावनी !
संविधानलाई वाम गठबन्धनले समाप्त पार्न खाेज्दैछन – प्रधानमन्त्री शेरबहादुर देउवा
संविधानलाई वाम गठबन्धनले समाप्त पार्न खाेज्दैछन – प्रधानमन्त्री शेरबहादुर देउवा
बालुवाटारमा ओली–दाहाल भेटवार्ता जारी
बालुवाटारमा ओली–दाहाल भेटवार्ता जारी
एमाले संगको सहकार्य छोडेर, देउवा सरकारमा जानु नै हाम्रो लागि दुर्भाग्य-कमल थापा
एमाले संगको सहकार्य छोडेर, देउवा सरकारमा जानु नै हाम्रो लागि दुर्भाग्य-कमल थापा
नरेन्द्र मोदीको अभिव्यक्ति निकै आक्रमक थियोः ट्रम्प
नरेन्द्र मोदीको अभिव्यक्ति निकै आक्रमक थियोः ट्रम्प
सुनसरीमा जित दोहाेर्‍याए सितारामले, माओवादीका डम्बरु पराजित
सुनसरीमा जित दोहाेर्‍याए सितारामले, माओवादीका डम्बरु पराजित
“नेता सुरक्षित हुन खाेज्दा पिडितकाे न्याय हरण  “
“नेता सुरक्षित हुन खाेज्दा पिडितकाे न्याय हरण “
Suggestions for Looking For a Better half Through Internet dating
प्रेम कृष्ण बजगाईंको शब्द संगीतमा फेरी अर्को उत्कृष्ट बालगीत (हेर्नुहोस् भिडियोसहित)
प्रेम कृष्ण बजगाईंको शब्द संगीतमा फेरी अर्को उत्कृष्ट बालगीत (हेर्नुहोस् भिडियोसहित)

तपाईंले छुटाउनुभयो कि?