पाँच लाखको सुट लगाएको प्रमाणित गर्न ऊर्जामन्त्री पुनको चुनौती

Abhiyanpost Abhiyanpost
|
सोमबार, चैत्र १२, २०७४
|
५
|
५९ पटक हेरिएको
Shares
पाँच लाखको सुट लगाएको प्रमाणित गर्न ऊर्जामन्त्री पुनको चुनौती

सारांश

  • काठमाडौं, १२ चैत ।
  • उर्जा, जलस्रोत एवं सिंचाईमन्त्री वर्षमान पुनले आफ्नो बारेमा साँघु साप्ताहिक र साँघुन्युज डटकममा प्रकाशित समाचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
  • ‘पाँच लाखको सुट लगाउने सर्वहारा मन्त्री’ भन्ने शीर्षकमा साँघुन्युजमा प्रकाशित भएको उक्त समाचार भ्रामक, तथ्यहीन र कपोलकल्पित भएको स्पष्ट पार्दै उनका प्रेस संयोजक रोशन खड्काले जारी गरेको विज्ञप्तिमा ५ लाख त के आफ्नो राजनीतिक जीवनभर १० हजारमाथिको सुट लगाएको प्रमाणित र पुष्टि गर्न चुनौती दिएका छन् ।

काठमाडौं, १२ चैत । उर्जा, जलस्रोत एवं सिंचाईमन्त्री वर्षमान पुनले आफ्नो बारेमा साँघु साप्ताहिक र साँघुन्युज डटकममा प्रकाशित समाचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । ‘पाँच लाखको सुट लगाउने सर्वहारा मन्त्री’ भन्ने शीर्षकमा साँघुन्युजमा प्रकाशित भएको उक्त समाचार भ्रामक, तथ्यहीन र कपोलकल्पित भएको स्पष्ट पार्दै उनका प्रेस संयोजक रोशन खड्काले जारी गरेको विज्ञप्तिमा ५ लाख त के आफ्नो राजनीतिक जीवनभर १० हजारमाथिको सुट लगाएको प्रमाणित र पुष्टि गर्न चुनौती दिएका छन् ।

“कुनै पनि आधिकारिक प्रमाण र ठोस तथ्यबिना स्रोतको हवाला दिदैं लेखिएको उक्त समाचार व्यक्तिगतरुपमा आक्षेप लगाउने नियतका साथ आएको छ”, विज्ञप्तिमा भनिएको छ, “यो समाचारमा कुनै सत्यता नभएको समाचारको प्रस्तुतिले नै प्रष्ट पारेको छ ।” उक्त समाचार पढ्दा मन्त्री पुनको चरित्रहत्या गर्न खोजिएको र आम पाठकमा भ्रम सिर्जना गर्न खोजिएको उल्लेख गर्दै विज्ञप्तिमा अगाडि भनिएको छ, “यदि सत्य समाचार हुन्थ्यो भने कुन ठाउँबाट सुट सिलाएको भन्ने कुरा पनि उल्लेख गर्नुपथ्र्यो र एकपटक पत्रकारिताको धर्मअनुसार नै सम्बन्धित पक्षको धारणा लिनुपथ्र्यो । तर, समाचारमा एकपक्षीय, पूर्वाग्रही ढंगले चरित्रहत्या गर्ने नियत राखिएको पाइयो । त्यसैले यो समाचारमा सत्यता नभएको र सम्पूर्ण जनसमुदायलाई भ्रममा नपर्न समेत हामी आग्रह गर्न चाहन्छौं ।”

“आमसञ्चारलाई हामी राज्यको चौथो अंगका रुपमा सदैव सम्मान गर्दछौं”, विज्ञप्तिमा भनिएको छ, “तर, जनतालाई सत्य, तथ्यबाट सूसुचित गर्ने गहन र महत्वपूर्ण जिम्मेवारी बोकेको निकायबाट यस्ता त्रुटिपूर्ण समाचारहरु प्रकाशन हुनुले हामीलाई अत्यन्तै दुःखित तुल्याएको छ ।” विज्ञप्तिमा पाठकको सही सूचना पाउने अधिकारको सम्मान गर्न पनि सम्बन्धित पक्षको ध्यानाकर्षण गरिएको छ ।

प्रतिक्रिया

5 कमेन्ट

    Comment Author

    Surya Shrestha

    यो गाइगोरु, कपडा , खाना आदि जस्ता कुराहरूको हल्ला चलाएर धमिलो पानीमा माछा मार्न खोज्नेहरु देखि होशियार रहौ ।

    Comment Author

    Ramesh Wagle

    चरित्र हत्या गर्ने साम्राज्यवादीका दलाल। बांदरहरु

    Comment Author

    Bhakta Bdr Sodari

    Hoina vane ta Thikai xa.Nattra Kurachi khali Garnuparxaki?

    Comment Author

    Bishnu Poudel

    वास्तविक खबर नपाउने धुपौरेमिडियाले कपडाकोमुल्य केथाह ।

    Comment Author

    Pratap Rasaily

    अाफनो अाङको भैंसी नदेखनेले अरुको अाङको जुम्रा देख्छन् नी त मन्त्री ज्यु ।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 5
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रेतात्मालाई शान्त पार्न सल्यानमा बनाइँदैछ यस्तो मन्दिर
प्रेतात्मालाई शान्त पार्न सल्यानमा बनाइँदैछ यस्तो मन्दिर
राष्ट्र बैंकले दियो गोर्खाज फाइनान्सलाई बजार निर्माता इजाजतपत्र
राष्ट्र बैंकले दियो गोर्खाज फाइनान्सलाई बजार निर्माता इजाजतपत्र
अमेरिकी ग्रीनकार्ड होल्डरका छोराछोरी र दम्पत्तिको ग्रीनकार्ड बन्न कति समय लाग्छ ?
अमेरिकी ग्रीनकार्ड होल्डरका छोराछोरी र दम्पत्तिको ग्रीनकार्ड बन्न कति समय लाग्छ ?
मुख्यमन्त्रीहरुको भेला सम्पन्न, केन्द्र सरकारलाई दिए यस्तो चेतावनी!
मुख्यमन्त्रीहरुको भेला सम्पन्न, केन्द्र सरकारलाई दिए यस्तो चेतावनी!
several Tips For Getting in contact with a Women — 6 Solutions to Maximize Your Likelihood of Meeting a Seeking Woman
सरकारले ‘हरेक घरः ऊर्जा घर’ अभियान संचालन गर्ने
सरकारले ‘हरेक घरः ऊर्जा घर’ अभियान संचालन गर्ने
काठमाडौं उपत्यकामा हेलिकप्टरबाट हुने उद्धार नि:शुल्क गर्ने वायुसेवा सञ्चालक संघको घोषणा
काठमाडौं उपत्यकामा हेलिकप्टरबाट हुने उद्धार नि:शुल्क गर्ने वायुसेवा सञ्चालक संघको घोषणा
साउदी अरबले दैनिक पाँच लाख ब्यारेल तेल उत्पादन कटौती गर्ने
साउदी अरबले दैनिक पाँच लाख ब्यारेल तेल उत्पादन कटौती गर्ने
भार्इ तैले मलार्इ मार्छु भन्थीस नि तर म अाफै मर्दैछु अब त खुशी हाेलास नी !
भार्इ तैले मलार्इ मार्छु भन्थीस नि तर म अाफै मर्दैछु अब त खुशी हाेलास नी !
प्रतिनिधिसभाको बैठकमा वार्षिक प्रतिवेदन पेस
प्रतिनिधिसभाको बैठकमा वार्षिक प्रतिवेदन पेस

तपाईंले छुटाउनुभयो कि?