पानी, हिलो, रङ दलेर मनाइने सिरुवा पर्वमा प्रधानमन्त्रीको शुभकामना

Abhiyanpost Abhiyanpost
|
सोमबार, बैशाख २, २०७६
|
|
६२ पटक हेरिएको
Shares
पानी, हिलो, रङ दलेर मनाइने सिरुवा पर्वमा प्रधानमन्त्रीको शुभकामना

सारांश

  • काठमाडौं ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वी नेपालमा मनाइने सिरुवा पर्वको अवसरमा शुभकामना दिएका छन् ।
  • पूर्वको झापा, मोरङ र सुनसरीमा मनाइने सिरुवा पर्वको अवसरमा शुभकामना सन्देश जारी गर्दै बसोबास गर्ने राजवंशी, ताजपुरिया, थारु, गनगाईं, माझीलगायतका जातजातिले मनाउने सिरुवा पर्वको अवसरमा सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वी नेपालमा मनाइने सिरुवा पर्वको अवसरमा शुभकामना दिएका छन् । पूर्वको झापा, मोरङ र सुनसरीमा मनाइने सिरुवा पर्वको अवसरमा शुभकामना सन्देश जारी गर्दै बसोबास गर्ने राजवंशी, ताजपुरिया, थारु, गनगाईं, माझीलगायतका जातजातिले मनाउने सिरुवा पर्वको अवसरमा सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।

नयाँ वर्षको रुपमा मनाइने सिरुवापर्व तीनदिनसम्म मनाउने चलन छ । नयाँ वर्षको पहिलो दिन अर्थात् वैशाख १ गते आपसमा पानी छ्यापाछ्याप गरेर पानी सिरुवा मनाइन्छ भने दोस्रो दिन हिलो छ्यापेर कादो सिरुवा मनाउने गरिन्छ । तेस्रो दिनआपसमा रङ दलेर सिरुवा मनाउने गरिन्छ । यी तीन दिनमध्ये दोस्रो अर्थात कादो सिरुवा लोकप्रिय मानिन्छ ।

शुभकामना सन्देशमा प्रधानमन्त्रीले नेपाली मौलिक चाडपर्वलाई मितव्ययी ढंगले मनाउनुपर्ने बताउँदै सबै जातिका मौलिक परम्पराको संरक्षण गर्न सरकार सकारात्मक रहेको उल्लेख गरे ।
“नेपाल बहुभाषिक, बहुजातीय, बहुसाँस्कृतिक देश हो । यस देशमा बसोबास गर्ने विविध जातिले मनाउने विविध प्रकारका चाडपर्वहरुले आपसमा सदभावको सन्देश प्रवाह गरेका छन् । अहिले मानिसहरु एक समुदायको चाड पर्वमा अर्को समुदायपनि सहभागी भएर आत्मियता र एकता दर्शाउने गरेका छन्,” शुभकामना सन्देशमा भनिएको छ, “त्यसकारण नेपालीहरुलाई विविधता भित्र एकतामा बाँध्ने एउटा महत्वपूर्ण सुत्र यस्तै चाडपर्वहरु पनि हुन् । हामीले यस प्रकारका चाडपर्वको मौलिकतालाई जोगाउँदै मितव्ययी ढंगले मनाउनु पर्दछ ।”

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विश्वविद्यालयलाई आविष्कार र अनुसन्धान केन्द्रका रुपमा विकास गर्न जरुरी छ : प्रधानमन्त्री
विश्वविद्यालयलाई आविष्कार र अनुसन्धान केन्द्रका रुपमा विकास गर्न जरुरी छ : प्रधानमन्त्री
  प्रधानमन्त्री कप क्रिकेटः एपिएफद्वारा बागमतीलाई दुई सय ४२ रनको लक्ष्य
  प्रधानमन्त्री कप क्रिकेटः एपिएफद्वारा बागमतीलाई दुई सय ४२ रनको लक्ष्य
१७ खर्ब ६७ अर्ब पुग्यो विदेशी मुद्रा सञ्चिति
१७ खर्ब ६७ अर्ब पुग्यो विदेशी मुद्रा सञ्चिति
प्रदेश नं २ मा सबैभन्दा बढी मतदाता, प्रदेश नं ६ मा कम
प्रदेश नं २ मा सबैभन्दा बढी मतदाता, प्रदेश नं ६ मा कम
प्रियंकाको “द स्काई इज पिङ्क”को ट्रेलर सार्वजनिक (भिडियोसहित)
प्रियंकाको “द स्काई इज पिङ्क”को ट्रेलर सार्वजनिक (भिडियोसहित)
सौराहमा पर्यटकको रुवाबासी बाढी पस्यो, अधिकांश होटल डुबानमा
सौराहमा पर्यटकको रुवाबासी बाढी पस्यो, अधिकांश होटल डुबानमा
परराष्ट्रमन्त्रीद्वारा ‘पासपोर्ट’ सार्वजनिक
परराष्ट्रमन्त्रीद्वारा ‘पासपोर्ट’ सार्वजनिक
सरकारको नीति तथा कार्यक्रम कस्तो छ? [पूर्ण पाठसहित]
सरकारको नीति तथा कार्यक्रम कस्तो छ? [पूर्ण पाठसहित]
मकवानपुर ट्राफिकद्वारा चालकको स्वास्थ परिक्षण ।
मकवानपुर ट्राफिकद्वारा चालकको स्वास्थ परिक्षण ।
राँगाको सिङबाट बाजा-एक महिने ‘गुँला पर्व’ शुरु
राँगाको सिङबाट बाजा-एक महिने ‘गुँला पर्व’ शुरु

तपाईंले छुटाउनुभयो कि?