पारस र ज्ञानेन्द्रकाे सतकिय साझेदारी, कप्तान पारसकाे अर्धसतक पुरा !

Abhiyanpost Abhiyanpost
|
आइतबार, भाद्र १०, २०७५
|
|
५३ पटक हेरिएको
Shares
पारस र ज्ञानेन्द्रकाे सतकिय साझेदारी, कप्तान पारसकाे अर्धसतक पुरा !

सारांश

  • काठमाडौँ, १० भदौ ।
  • एसिया कप छनोट खेलका लागि श्रृलंकामा अभ्यासरत रहेको नेपाली क्रिकेट टोलिले स्थानिय क्लब कोल्टस क्रिकेट क्लबसँग आफ्नो अन्तिम अभ्यास खेल खेल्ने क्रममा कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्लकाे सतकिय साझेदारी पुगेकाे छ ।
  • सुवाष खकुरेलकाे विकेट पतनपछि क्रिजमा अाएका पारसले प्रारम्भिक ब्याट्सम्यान ज्ञानेन्द्रसँग सतकिय साझेदारी गरेका हुन् ।

काठमाडौँ, १० भदौ । एसिया कप छनोट खेलका लागि श्रृलंकामा अभ्यासरत रहेको नेपाली क्रिकेट टोलिले स्थानिय क्लब कोल्टस क्रिकेट क्लबसँग आफ्नो अन्तिम अभ्यास खेल खेल्ने क्रममा कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्लकाे सतकिय साझेदारी पुगेकाे छ । सुवाष खकुरेलकाे विकेट पतनपछि क्रिजमा अाएका पारसले प्रारम्भिक ब्याट्सम्यान ज्ञानेन्द्रसँग सतकिय साझेदारी गरेका हुन् । ज्ञानेन्द्र भने ६३ बलमा ४५ रन बनाएर अाउट भएका छन् ।

 २ सय १७ रनको लक्ष्य पछ्याइरहेको नेपालले २५अाेभरकाे खेल सकिँदा २ विकेट गुमाएर १ सय ३१ रन बनाएकाे छ । अहिले पारस खड्का र सागर पुनले नेपालकाे ब्याटिङ सम्हालीरहेका छन् । पारसले ५५ बलकाे सामना गर्दै ५८ रन बनाएर खेलिरहेका छन् ।

यस अघि टस जितेर ब्याटिङ गरेको कोल्ट्सले ४९ दशमलब ५ ओभरमा सबै विकेट गुमाएर २ सय १६ रन बनाएको थियो । नेपाललाई अब जितका लागि १५० बलमा ८६ रन चाहिएकाे छ भने ८ विकेट हातमा छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?