पिएसजीले जित्यो फ्रेन्च सुपर कपको उपाधि

Abhiyanpost Abhiyanpost
|
बिहिबार, पौष १९, २०८०
|
|
४० पटक हेरिएको
Shares
पिएसजीले जित्यो फ्रेन्च सुपर कपको उपाधि

सारांश

  • काठमाडौं।
  • पिएसजीले फ्रेन्च सुपर कपको उपाधि जितेको छ।
  • गएराति सम्पन्न फाइनल खेलमा पिएसजीले टोउलोउसलाई २-० गोल अन्तरले पराजित गर्दै सुपर कपको उपाधि जितेको हो।

काठमाडौं। पिएसजीले फ्रेन्च सुपर कपको उपाधि जितेको छ। गएराति सम्पन्न फाइनल खेलमा पिएसजीले टोउलोउसलाई २-० गोल अन्तरले पराजित गर्दै सुपर कपको उपाधि जितेको हो।

पिएसजीको जितमा ली कांग इन र किलीयन एम्बप्पेले एक एक गोल गरेका थिए।

फ्रेन्च सुपर कप हरेक बर्ष लिग वानको पछिल्लो विजेता र फ्रेन्च कोपाको विजेता बीच खेल्ने गरिन्छ। पिएसजीले फ्रेन्च सुपर कप योसहित १२औं पटक जितेको छ।

२०२२ मा पनि पिएसजीले नै सुपर कपको उपाधि जितेको थियो। टोउलोउसले भने योसहित दोस्रो पटक सुपर कप खेलेको छ र दुवै पटक उपविजेता बनेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?