पुस्तकालयमा राजनीतिक गुटबन्दिका कारण विवाद !

Abhiyanpost Abhiyanpost
|
आइतबार, श्रावण २७, २०७५
|
|
४९ पटक हेरिएको
Shares
पुस्तकालयमा राजनीतिक गुटबन्दिका कारण विवाद !

सारांश

  • नेपालगन्ज, २७ साउन ।
  • बाँकेको कोहलपुरस्थित ज्ञानोदय पुस्तकालय दुई पक्षको असमझदारीका कारण विवादमा परेको छ ।
  • वर्तमान कार्यसमितिले आफूखुशी आजीवन सदस्यता वितरण गरेको र असमझदारीबीच साधारणसभा खोजेको भन्दै पुस्तकालयमा तालाबन्दीसमेत गरेका छन् ।

नेपालगन्ज, २७ साउन । बाँकेको कोहलपुरस्थित ज्ञानोदय पुस्तकालय दुई पक्षको असमझदारीका कारण विवादमा परेको छ । वर्तमान कार्यसमितिले आफूखुशी आजीवन सदस्यता वितरण गरेको र असमझदारीबीच साधारणसभा खोजेको भन्दै पुस्तकालयमा तालाबन्दीसमेत गरेका छन् । “केही आजीवन सदस्यको विरोधका बाबजुद १७औँ साधारणसभा गर्नु, सदस्यताको टुंगो लगाउन नसक्नु र पुस्तकालय जस्तो पवित्र संस्थामा चरम राजनीतिक गुटबन्दी गर्न खोज्नु नै मुख्य विवादको कारण हो”, आजीवन सदस्य राजेन्द्र विष्टको भनाइ छ । पुस्तकालयका अध्यक्ष लिलबहादुर राना नेतृत्वको वर्तमान कार्यसमितिले साधारणसभा गरेर निर्वाचन तालिका सार्वजनिक गरेपछि असन्तुष्ट पक्षले पुस्तकालयमा तालाबन्दी गरेका हुन् ।

यसअघि असन्तुष्ट पक्षले बाँके जिल्ला प्रशासन कार्यालयमा सदस्यतासम्बन्धी विवाद टुंगो लगाएर मात्र चुनाव हुनुपर्ने मागसहितको निवेदन दिएका थिए । तर, त्यसको टुंगो नलागेकै अवस्थामा निर्वाचनको प्रक्रिया अघि बढाइएकाले केही आजीवन सदस्यले पुस्तकालयमा तालाबन्दी गरेका हुन् । यस सम्बन्धमा अध्यक्ष रानाले जिल्ला प्रशासन कार्यालयले विवाद टुंग्याइ प्रक्रिया अघि बढाउन दिएको निर्देशन बमोजिमै साधारणसभा र निर्वाचनको तालिका सार्वजनिक गरिएको बताउनुभयो । पुस्तकालयमा यसखाले विवाद आउनु लज्जास्पद भएकाले यसको समाधान आपसी समझदारीबाट हुनुपर्ने अधिकांश सदस्यको माग छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज प्रवेश गर्न नयाँद्वार खुल्ने
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज प्रवेश गर्न नयाँद्वार खुल्ने
तातोपानी नाका जेठ दोस्रो साताभित्र सञ्चालन हुने
तातोपानी नाका जेठ दोस्रो साताभित्र सञ्चालन हुने
भीमगिठेमा पहिरोले पुरिएर एक महिलाको मृत्यु, अरु पनि पुरिएको आशंका
भीमगिठेमा पहिरोले पुरिएर एक महिलाको मृत्यु, अरु पनि पुरिएको आशंका
म्यानमारका राष्ट्रपति विन माइन्ट लुम्बिनी भ्रमणमा
म्यानमारका राष्ट्रपति विन माइन्ट लुम्बिनी भ्रमणमा
सयौं कम्पनीका लाइसेन्स खारेज गर्ने सरकारको तयारी
राज्यमन्त्रीलाई पक्राउ गर्न उच्च अदालतकाे अादेश
राज्यमन्त्रीलाई पक्राउ गर्न उच्च अदालतकाे अादेश
माओवादीको घोषणापत्र : प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र प्रदेश प्रमुख हुने मुख्य  एजेण्डा
माओवादीको घोषणापत्र : प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र प्रदेश प्रमुख हुने मुख्य एजेण्डा
बंगलादेशका प्रधानमन्त्री शेख हसिनालाई स्वागत गर्न नेपाल सरकार आतुरः प्रधानमन्त्री ओली
सुनको भाउ तोलामा १९०० रुपैयाँले बढ्यो, छापावाल सुनको मूल्य २ लाख ८४ हजार कायम
सुनको भाउ तोलामा १९०० रुपैयाँले बढ्यो, छापावाल सुनको मूल्य २ लाख ८४ हजार कायम
विमान दुर्घटनापछि हवाई यात्रु घटे
विमान दुर्घटनापछि हवाई यात्रु घटे

तपाईंले छुटाउनुभयो कि?