पेट्रोलियम अन्वेषणमा साइस्किम सर्भे शुरु

Abhiyanpost Abhiyanpost
|
बिहिबार, माघ ९, २०७६
|
|
६० पटक हेरिएको
Shares
पेट्रोलियम अन्वेषणमा साइस्किम सर्भे शुरु

सारांश

  • दैलेख।
  • दैलेख जिल्लामा शुरु गरिएको पेट्रोलियम अन्वेषण अन्तर्गत ‘साइस्किम सर्भे’ शुरु गरिएको छ ।
  • अन्वेषण कार्य सफलता नजिकै पुग्दै गएपछि पेट्रोलियम अन्वेषणको महत्वपूर्ण कार्य मानिएको सो सर्भेको काम अहिले तीव्र पारिएको हो।

दैलेख। दैलेख जिल्लामा शुरु गरिएको पेट्रोलियम अन्वेषण अन्तर्गत ‘साइस्किम सर्भे’ शुरु गरिएको छ । अन्वेषण कार्य सफलता नजिकै पुग्दै गएपछि पेट्रोलियम अन्वेषणको महत्वपूर्ण कार्य मानिएको सो सर्भेको काम अहिले तीव्र पारिएको हो। नेपाल र चीन सरकारको संयुक्त विशेषज्ञ टोलीले पेट्रोलियम अन्वेषण कार्य अगाडि बढाइरहेका छन्।

विदेशमा पेट्रोलियम अन्वेषण काम गरेका अनुभवी नेपाली कामदारलाई सो कार्यमा प्रयोग गरिएको छ । अनुसन्धान गर्न अत्याधुनिक साधनसमेत यहाँ ल्याइएको छ। सर्भेअन्तर्गत जमिनभित्र तरङ्ग पठाउने काम शुरु गर्न थालिएको छ। चार सर्भेमध्ये सबैभन्दा महत्वपूर्ण ‘साइस्मिक सर्भे’ मानिन्छ। 

यसको अनुसन्धान गरेर भण्डारणको क्षेत्र पहिचान गर्न लागिएको खानी तथा भूगर्भ विभागका अन्वेषण अधिकृत डा गणेशनाथ त्रिपाठीले जानकारी दिए। 
उनले भने, “पेट्रोलियम भण्डारणको बढी सम्भावना भएकाले दैलेखका विभिन्न भूभागमा २० किलोमिटर क्षेत्रभित्र १० वटा सर्कलमा जमीनमुनि ड्रिलिङ गर्ने काम शुरु भइरहेको छ। १० मध्ये एउटा सर्कलमा जमीनमुनि करीब ४५ फिटसम्म ड्रिलिङसँगै विस्फोटक पदार्थ राख्ने काम सकिएको हो। अन्य सर्कलमा त्यही अनुपातमा काममा तीव्रता दिएको छ।”

जमीनमुनि तरङ्ग पठाएर तरङ्गको मापन गरिने र सोहीअनुसार भण्डारणको धेरै सम्भावना भएको स्थानमा मुख्य ड्रिलिङको काम हुने भूगर्भ विभाग जनाएको छ।

अन्वेषणका तीन वटा सााइस्मिक सर्भे सम्पन्न भएका छन्। पूर्वपश्चिम उत्तरदक्षिणका विभिन्न भूभागमा जमिनको ४५ फिट मुनिसम्म सानो मेसिनमार्फत ड्रिलिङ गर्ने काम सम्पन्न भएपछि प्रत्येक प्वालमा विस्फोटक पदार्थ राखेर जमीनमुनि आन्तरिक तरङ्ग पठाउने काम शुरु गरिएको छ।

 दश वटा साइस्मिक लाइनमा २०० किलोमिटर क्षेत्र समेटेर लाइन सर्भे गर्ने काम शुरु भएको छ। एउटा लाइनमा ४०० वर्गमिटर भूभाग समेटिइ सर्भेको काम भइरहेको विभागले जनाएको छ।  
अन्वेषण अधिकृत डा त्रिपाठीले भन्नुभयो, “तीन साइस्मिक सर्भेको काम सम्पन्न भएको छ।” अन्वेषणका लागि तीन वटा पूर्वपश्चिम र सात वटा उत्तर दिशामा गरी १० वटा साइस्मिक लाइन खनिएका छन्।

बाँकी रहेका सात वटा साइस्मिक लाइनमा काम धमाधम भइरहेको छ । माघ मसान्तसम्म सर्भेको काम सम्पन्न भएपछि जमीनभित्र पठाइएको तरङ्ग मापन गरेर अध्ययन लागि पुनःविशेषज्ञको टोलीले तीन महिनासम्म अध्ययन गरेपश्चात् मुख्य भण्डार क्षेत्रको अन्वेषण कार्य शुरु हुने परियोजनाले जनाएको छ।

अन्वेषणका लागि जियोलोजिकल सर्भे, म्याग्रेट टेल्युरिक सर्भे, जिओकेमिकल स्याम्पलिङजस्ता काम सम्पन्नपश्चात् महत्वपूर्ण मानिएको साइस्मिक सर्भेको काम अहिले शुरु गरिएको हो। 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मधेस प्रदेश : सभामुख निर्वाचन र मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यक्रम भोलि
मधेस प्रदेश : सभामुख निर्वाचन र मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यक्रम भोलि
बाबुराम भट्टराईलाई आफ्नो ट्वीट निल्नु न ओकल्नु , पहिला अाफ्नाे अनुहार हेर्नुहाेस!
बाबुराम भट्टराईलाई आफ्नो ट्वीट निल्नु न ओकल्नु , पहिला अाफ्नाे अनुहार हेर्नुहाेस!
सबै सार्वजनिक विदालाई पुनरावलोकन गर्न सर्वोच्चको आदेश
सबै सार्वजनिक विदालाई पुनरावलोकन गर्न सर्वोच्चको आदेश
फुटपाथका पसल हटाइए
फुटपाथका पसल हटाइए
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा ऐक्यबद्धता
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा ऐक्यबद्धता
पार्टी विवादबारे बोले वामदेव गौतम – ‘चाहेमा अब हामीले समस्या समाधान गर्न सक्छौँ’
पार्टी विवादबारे बोले वामदेव गौतम – ‘चाहेमा अब हामीले समस्या समाधान गर्न सक्छौँ’
बेलायतको एमआरसिपी प्रि–कन्फ्रेन्स वर्कसप नेपालमा पहिलोपटक मेडिसिटीमा सम्पन्न
बेलायतको एमआरसिपी प्रि–कन्फ्रेन्स वर्कसप नेपालमा पहिलोपटक मेडिसिटीमा सम्पन्न
गभर्नरको हस्ताक्षर र नम्बर बिना कसरि बजारमा अायाे ५० रुपियाँको नयाँ नोट?
गभर्नरको हस्ताक्षर र नम्बर बिना कसरि बजारमा अायाे ५० रुपियाँको नयाँ नोट?
नेकपा कार्यदल गोप्य छलफलमा
नेकपा कार्यदल गोप्य छलफलमा
पल शाहलाई ७ दिन थुनामा राखेर अनुशन्धान गर्न आदेश
पल शाहलाई ७ दिन थुनामा राखेर अनुशन्धान गर्न आदेश

तपाईंले छुटाउनुभयो कि?