पेरिस ओलम्पिक– २०२४ : प्रिन्सले नतिजालाई आफ्नो पक्षमा ल्याउन सकेनन्

Abhiyanpost Abhiyanpost
|
मंगलबार, श्रावण १५, २०८१
|
|
४७ पटक हेरिएको
Shares
पेरिस ओलम्पिक– २०२४ : प्रिन्सले नतिजालाई आफ्नो पक्षमा ल्याउन सकेनन्

सारांश

  • काठमाडाैं।
  • पेरिस ओलम्पिक-२०२४ को ब्याडमिन्टन प्रतियोगितामा नेपालका प्रिन्स दाहाल पराजित भएका छन्।
  • फ्रान्सको पेरिसस्थित ला चापेला एरिनाको कोर्ट नं २ मा आज बिहान सम्पन्न भएको समूह ‘पी’को खेलमा विश्व वरियताको ४३औँ स्थानमा रहेका आयरल्याण्डका हात गुयेनले प्रिन्सलाई २१-७ र २१-५ को सोझो सेटमा पराजित गरे।

काठमाडाैं। पेरिस ओलम्पिक-२०२४ को ब्याडमिन्टन प्रतियोगितामा नेपालका प्रिन्स दाहाल पराजित भएका छन्। फ्रान्सको पेरिसस्थित ला चापेला एरिनाको कोर्ट नं २ मा आज बिहान सम्पन्न भएको समूह ‘पी’को खेलमा विश्व वरियताको ४३औँ स्थानमा रहेका आयरल्याण्डका हात गुयेनले प्रिन्सलाई २१-७ र २१-५ को सोझो सेटमा पराजित गरे। गुयेनलाई नतिजा आफ्नो पक्षमा पार्न ३५ मिनेट लाग्यो। पहिलो सेटको नतिजा १७ मिनेटमा आफ्नो पक्षमा पारेका गुयेनले दोस्रो सेट जित्न १८ मिनेट खर्चेका थिए।

प्रिन्सको सर्भिसमा गुयेनले पहिलो सेटमा छ र दोस्रो सेटमा चार अंक जोडेका थिए। आफ्नो सर्भिसमा भने गुयेनले पहिलो सेटमा १५ र दोस्रो सेटमा १७ अंक बटुलेका थिए। गुयेनको ओलम्पिकमा यो लगातार दोश्रो सहभागिता हो। उनले टोकियो ओलम्पिक २०२० मा पनि खेलेका थिए।

विश्व वरियतामा एक सय ७२औँ स्थानमा रहेका प्रिन्सको यो लगातार दोस्रो हार हो। समूह चरणको पहिलो खेलमा पूर्वजुनियर नम्बर वान प्रिन्स विश्व वरियताको शीर्ष दुई स्थानमा रहेका डेनमार्कका भिक्टर एक्सेल्सेनसँग २१-८ र २१-६ को सोझो सेटमा पराजित भएका थिए। समूह चरणको अन्तिम खेलमा प्रिन्सले ५८औं विश्व वरियताका इजरायलका मिसा जिल्बरम्यानसँग भोलि प्रतिस्पर्धा गर्नेछन्। कठिन मानिएको समूह ‘पी’मा प्रिन्ससहित चार खेलाडी छन्। ओलम्पिकमा ब्याडमिन्टन नेपालका लागि ‘डेब्यु’ खेल हो। सन् १९६४ को टोकियो ओलम्पिकदेखि नेपालले ओलम्पिकमा भाग लिन सुरु गरेयता ब्याडमिन्टनमा पहिलोपटक सहभागिता जनाएको हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तेह्रथुममा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना
तेह्रथुममा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना
ओलीसँग सुरुमै वान टु वान वार्ता-यस्तो छ स्वारजको अवतरणदेखि उडानसम्मको कार्यतालिका !
ओलीसँग सुरुमै वान टु वान वार्ता-यस्तो छ स्वारजको अवतरणदेखि उडानसम्मको कार्यतालिका !
बुधबारदेखि लुम्बिनीमा त्रिपिटक वाचन हुँदै
बुधबारदेखि लुम्बिनीमा त्रिपिटक वाचन हुँदै
समायोजनमा समस्या देखिएका स्वास्थ्यकर्मीलाई एक पटकलाई संशोधन गर्ने मौका
समायोजनमा समस्या देखिएका स्वास्थ्यकर्मीलाई एक पटकलाई संशोधन गर्ने मौका
किन आए भुटानका पूर्व प्रधानमन्त्री नेपालमा !
किन आए भुटानका पूर्व प्रधानमन्त्री नेपालमा !
चुनावको मुखमा राज्यमन्त्रीको पद खुस्कियो
चुनावको मुखमा राज्यमन्त्रीको पद खुस्कियो
चार एसपीको सरुवा, को कहाँ पुगे?
चार एसपीको सरुवा, को कहाँ पुगे?
कम्बोडियाको टेलिकममा प्रधानमन्त्री ओलीको २१ करोड अमेरिकी डलर लगानी रहेको दुर्गा प्रसाईँको आरोप
कम्बोडियाको टेलिकममा प्रधानमन्त्री ओलीको २१ करोड अमेरिकी डलर लगानी रहेको दुर्गा प्रसाईँको आरोप
परिवर्तन उल्ट्याउन घेराबन्दी भइरहेको छ : उपप्रधानमन्त्री श्रेष्ठ
परिवर्तन उल्ट्याउन घेराबन्दी भइरहेको छ : उपप्रधानमन्त्री श्रेष्ठ
ट्राफिक प्रहरीको एक महिने विशेष अभियान सुरु
ट्राफिक प्रहरीको एक महिने विशेष अभियान सुरु

तपाईंले छुटाउनुभयो कि?