ओलीलाई अचानक यो के भयो ? एकाएक सबैलाई रुवाए

Abhiyanpost Abhiyanpost
|
बुधबार, आषाढ २८, २०७४
|
|
८८ पटक हेरिएको
Shares
ओलीलाई अचानक यो के भयो ? एकाएक सबैलाई रुवाए

सारांश

  • अरु बेला सधै कार्यक्रममा उखान टुक्का जोडेर हसाउने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मंगलबार निकै भावुक देखिए ।
  • नेपाली बाम तथा प्रजातान्त्रिक आन्दोलनकी नेतृ सहाना प्रधानको स्मृति दिवसमा अखिल नेपाल महिला संघले मंगलवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा ओलीले आफूभित्रको भावना पोख्दा सबैका आँखा रसाए, भावुक बनायो ।
  • ओलीले ‘मैले आज जे काम थालेको छु, जे सपना देखेको छु, त्यसलाई पूरा गर्न म भ्याउँदिन होला, पूरा गर्न सकिनछु भने तपाईंहरुले पूरा गर्नुहोला’ भन्दा कार्यक्रममा सहभागी सबैका आँखा रसाएका थिए भने अनुहारको चमक पनि एकाएक हराएको थियो ।

अरु बेला सधै कार्यक्रममा उखान टुक्का जोडेर हसाउने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मंगलबार निकै भावुक देखिए । नेपाली बाम तथा प्रजातान्त्रिक आन्दोलनकी नेतृ सहाना प्रधानको स्मृति दिवसमा अखिल नेपाल महिला संघले मंगलवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा ओलीले आफूभित्रको भावना पोख्दा सबैका आँखा रसाए, भावुक बनायो ।

ओलीले ‘मैले आज जे काम थालेको छु, जे सपना देखेको छु, त्यसलाई पूरा गर्न म भ्याउँदिन होला, पूरा गर्न सकिनछु भने तपाईंहरुले पूरा गर्नुहोला’ भन्दा कार्यक्रममा सहभागी सबैका आँखा रसाएका थिए भने अनुहारको चमक पनि एकाएक हराएको थियो ।

ओलीले आफूले थालेका काम आफू जीवित हुँदै सफल नभए त्यसलाई पूरा गर्न आह्वान गर्दा सभाहलमा सान्नटा छाएको थियो ।

ओलीले आफ्नो भनाई राख्ने क्रममा पुष्पलाल श्रेष्ठ, साहना प्रधान, मनमोहन अधिकारी, मदन भण्डारीले थालेका काम उहाँहरु जीवित हुँदा सफल नभए पनि अहिले आएर सफल भएको स्मरण गर्दै अहिले आफूले थालेको काम पनि अहिले नै पूरा नहुन सक्नेमा चिन्ता जनाए ।

ओलीले अगाडि भने– ‘साहना प्रधानले कतै बोल्दा पोथी बास्यो भन्ने समाज थियो, अहिले उहाँ हुनुहुन्न तर राष्ट्रको सर्वोच्च पदमा महिला पुग्नुभएको छ । असल काम थालनी गर्दासाथ सफलतामा पुग्दैनन, पुष्पलाल, मदन भण्डारी, मनमोहन अधिकारीले पनि जे कुरा उठाउनु भयो, त्यो उहाँहरुको जीवनकालमा आएन । मैले पनि आज जे काम थालेको छु, जे सपना देखेको छु, त्यसलाई पूरा गर्न म भ्याउँदिन होला, पूरा गर्न सकिनछु भने तपाईंहरुले पूरा गर्नुहोला ।’ ओलीले जब यी शब्द उच्चारण गरे, तब हलमा सन्नाटा छायो । सबैका हात आँखातिर गए, अनुहार छोप्न थाले ।

महिलाको कार्यक्रम भएकाले अधिकांश महिला सहभागी थिए र ओलीको कुरा सुनेर भावुक बनेका थिए । केहीले त आँसु नै झारेका थिए ।
दैनिक नेपालबाट सभार ।

(bolivarescapes.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विष्णु रिमालले योगेश भट्टराईलाई भने– किन उम्लिनुहुन्छ थाहा छैन
विष्णु रिमालले योगेश भट्टराईलाई भने– किन उम्लिनुहुन्छ थाहा छैन
मातातिर्थ औशीमा सामाजिक सञ्जालमा छाएका रेखा थापादेखि प्रियंका कार्कीका आमाहरु
मातातिर्थ औशीमा सामाजिक सञ्जालमा छाएका रेखा थापादेखि प्रियंका कार्कीका आमाहरु
कांग्रेस नेता पौडेलले राखे एमालेसँग नयाँ प्रस्ताव
कांग्रेस नेता पौडेलले राखे एमालेसँग नयाँ प्रस्ताव
गगन थापाको क्षेत्रका उम्मेदवार वैद्यको उजुरीमा मंगलबारसम्म फैसला हुन्छ- निर्वाचन आयोग
गगन थापाको क्षेत्रका उम्मेदवार वैद्यको उजुरीमा मंगलबारसम्म फैसला हुन्छ- निर्वाचन आयोग
प्रधानसेनापति क्षेत्री पाकिस्तान भ्रमणमा
प्रधानसेनापति क्षेत्री पाकिस्तान भ्रमणमा
ओलीले दुई तिहाईको महत्व बुझेनन्, सरकार असफल भयो: डा.  प्रकाशशरण महत
ओलीले दुई तिहाईको महत्व बुझेनन्, सरकार असफल भयो: डा. प्रकाशशरण महत
मुस्ताङमा टिपर दुर्घटनाका मृतक परिवारलाई ५ लाख रुपियाँ दिने
मुस्ताङमा टिपर दुर्घटनाका मृतक परिवारलाई ५ लाख रुपियाँ दिने
पश्चिमी वायुको प्रभाव; वर्षा र हिमपातको सम्भावना
पश्चिमी वायुको प्रभाव; वर्षा र हिमपातको सम्भावना
नेपाल र भुटानबीच खेल जारी, नेपालको १-० ले अग्रता
नेपाल र भुटानबीच खेल जारी, नेपालको १-० ले अग्रता
सबै राजनीतिक दल एकजुट हुनुपर्छ : सभापति रवि लामिछाने
सबै राजनीतिक दल एकजुट हुनुपर्छ : सभापति रवि लामिछाने

तपाईंले छुटाउनुभयो कि?