पोखराबाट भ्रमण वर्षको शुरुवात हुँदै

Abhiyanpost Abhiyanpost
|
मंगलबार, चैत्र २६, २०७५
|
|
५२ पटक हेरिएको
Shares
पोखराबाट भ्रमण वर्षको शुरुवात हुँदै

सारांश

  • काठमाडौं ।
  • सरकारले घोषण गरेको नेपाल भ्रमण २०२० को शुरुवात पोखराबाट हुने भएको छ ।
  • पोखराबाट ‘सफ्ट लञ्चिङ’ गर्ने भएकाले नयाँ वर्षको पूर्व सन्ध्यामामा चैत ३० गते भ्रमण वर्षको शुरुआत गर्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको हो।

काठमाडौं । सरकारले घोषण गरेको नेपाल भ्रमण २०२० को शुरुवात पोखराबाट हुने भएको छ ।
पोखराबाट ‘सफ्ट लञ्चिङ’ गर्ने भएकाले नयाँ वर्षको पूर्व सन्ध्यामामा चैत ३० गते भ्रमण वर्षको शुरुआत गर्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको हो।

भ्रमणवर्ष तयारीमा प्रधानमन्त्रीको अध्यक्षतामा भ्रमणवर्ष मूलआयोजक समितिको बैठक बस्ने र पोखराबाट पहिलो चरणको शुरुआती कार्यक्रम घोषणा गरिने मन्त्रालयले जनाएको छ ।
भ्रमण वर्षभित्र गरिने कार्यक्रम कार्यान्वयनको आवश्यक तयारीपछि भ्रमण वर्षको औपचारिक शुरुआत गरिनेछ ।

सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाएर २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको छ। चालु अब २०७५र७६ को बजेटमा भ्रमण वर्ष मनाउने उल्लेख गरिएको थियो। यसअघि सन् १९९८ मा पाँच लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्यसहित ‘भिजिट नेपाल–९८’ र सन् २०११ मा १० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य राखेर ‘नेपाल टुरिजम इयर’ मनाइएको थियो। उक्त कार्यक्रमको प्रभावस्वरुप पर्यटकको सङ्ख्यामा उल्लेख्य बृद्धि भएको थियो।

भ्रमण वर्ष मनाउन पर्यटनमन्त्री अध्यक्ष रहनेगरी मूलआयोजक समिति र कार्यक्रम कार्यान्वयन उपसमितिको उपाध्यक्ष तथा राष्ट्रिय कार्यक्रम संयोजकमा व्यवसायी सुरज वैद्य नियुक्त भएका थिए। तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको गत फागुन १५ गते ताप्लेजुङ्मा भएको हेलिकप्टर दुर्घटनामा परी दुःखद् निधन भएको थियो। अहिले पर्यटनमन्त्रीको जिम्मेवारीसमेत प्रधानमन्त्रीले लिएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?