प्रचण्डको रोजाईमा प्रदेश ४ को सभामुखमा लेखबहादुर

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, माघ १९, २०७४
|
|
५० पटक हेरिएको
Shares
प्रचण्डको रोजाईमा प्रदेश ४ को सभामुखमा लेखबहादुर

सारांश

  • काठमाडौं, माघ १९ ।
  • प्रदेश ४ मा लेखबहादुर थापामगर सभामुख बन्ने सम्भावना देखिएको छ ।
  • वाम गठबन्धनबीच मुख्यमन्त्री एमालेले र सभामुख माओवादीले राख्ने सहमति भइसकेको छ ।

काठमाडौं, माघ १९ । प्रदेश ४ मा लेखबहादुर थापामगर सभामुख बन्ने सम्भावना देखिएको छ । वाम गठबन्धनबीच मुख्यमन्त्री एमालेले र सभामुख माओवादीले राख्ने सहमति भइसकेको छ । उपसभामुख एमालेले राख्नेछ ।

सभामुखमा गोरखाबाट निर्वाचित लेखबहादुर थापामगरलाई माओवादीले अघि सार्ने सम्भावना छ । पर्वतका नेत्रनाथ अधिकारी, स्याङ्जाका दीपक थापा दाबेदार भए पनि उनीहरुले बाहिर इच्छा व्यक्त गरेका छैनन्, तर तनहुँका आशा कोइरालाले भने दावी नै गरेकी छन् ।

नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य एवं नेता लेखबहादुर थापामगर गोरखा ‘क’बाट प्रदेशसभाको निर्वाचनमा निर्वाचित भएका हुन् । ‘माओवादीले सभामुख कसलाई बनाउने भन्ने निर्णय अझै गरिसकेको छैन । तर, पार्टीभित्र थामागरकै चर्चा बढी छ,’ प्रदेश संयोजक हरि अधिकारीले जानकारी दिए ।

स्रोतका अनुसार कोइरालाको नाम चर्चामा रहेता पनि पार्टी अध्यक्ष प्रचण्ड भने लेखबहादुर थापामगरलाई बनाउने पक्षमा छन् ।

त्यसैगरि स्याङजाका दीपक थापा भने महिला, जनजातिको कुरा सधैँ उठाएर सार्वभौम संसदले नेता चयन गर्ने अधिकार खोस्न नहुने पक्षमा छन् । दुईबीच एकले अर्कालाई नस्विकार्ने हुँदा प्रचण्ड भने कार्यक्षमता, निरन्तरता र अनुभवि भएकै कारणले पनि लेखबहादुर थापामगरलाई सभामुख बनाउन कस्सिएका हुन् ।

आशा कोइरालाले महिलाको नाममा धेरै पटक अवसर लिएकाले यसपाली उनलाई कुनै पनि हालतमा नस्विकार्ने पक्षमा रहेको संयोजक अधिकारीले बताए । मन्त्री भइसकेकी कोइराला पदको लागि मात्र ठाउँमा पुगने गरेको उनले बताए । महिला प्रतिनिधित्वको विषय उठाएर कोइरालाको दौडधुप पनि सुरु भएको छ ।

निकै शालीन र भद्र नेता समेत रहेका थापामगर पार्टीमा निर्विवादित नेताको रूपमा चिनिन्छन् । माओवादीको जिल्ला, प्रदेश र केन्द्रीय विभागका विभिन्न पदहरुमा बसेर काम गरिसकेको अनुभव उनीसँग छ ।

यता कांग्रेसले प्रदेश ४ मा सभामुख वा उपसभामुख पदका लागि पार्टीबाट उम्मेदवार बनाउने वा नबनाउनेबारे अहिलेसम्म छलफल नै गरेको छैन ।

प्रदेश ४ को प्रदेशसभामा प्रत्यक्ष निर्वाचित हुने जम्मा सिट ३६ रहेकोमा एमाले एक्लै १८ सिटमा विजयी भएको छ । माओवादी केन्द्र ९, नेपाली कांग्रेस ५, राष्ट्रिय जनमोर्चा २, नयाँ शक्ति पार्टी १ सिटमा विजयी भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आर्थिक कूटनीतिलाई प्रभावकारी बनाउन उपप्रधानमन्त्री श्रेष्ठको निर्देशन
आर्थिक कूटनीतिलाई प्रभावकारी बनाउन उपप्रधानमन्त्री श्रेष्ठको निर्देशन
१५ वर्षीया किशोरीमाथि वडाअध्यक्षकाे बारम्बार यौन शोषण, किशाेरी वेपत्ता !
१५ वर्षीया किशोरीमाथि वडाअध्यक्षकाे बारम्बार यौन शोषण, किशाेरी वेपत्ता !
वीरगञ्ज महानगरमा राजपालाई पछि पार्‍यो संघीय समाजवादी फोरमले
वीरगञ्ज महानगरमा राजपालाई पछि पार्‍यो संघीय समाजवादी फोरमले
स्थानीय तह निर्वाचन : कसले कति जिते ?
नवलपरासीको सुनवल नगरपालिकाको मेयर मा काँग्रेस विजयी
नवलपरासीको सुनवल नगरपालिकाको मेयर मा काँग्रेस विजयी
नुवाकोटकमा बस दुर्घटना
नुवाकोटकमा बस दुर्घटना
‘टिम्बुरे हत्या काण्ड’को २६ वर्षपछि ठूलो र उस्तै ‘आरुबोटे हत्याकाण्ड’ विपुल अधिकारी
‘टिम्बुरे हत्या काण्ड’को २६ वर्षपछि ठूलो र उस्तै ‘आरुबोटे हत्याकाण्ड’ विपुल अधिकारी
उपसभामुख हटाउने विषयबाट कांग्रेस-एमाले ब्याक हुन्छन्ः प्रचण्ड
उपसभामुख हटाउने विषयबाट कांग्रेस-एमाले ब्याक हुन्छन्ः प्रचण्ड
नारी दिवसकै दिन अश्लील भिडियो बनाएर ‘ब्ल्याकमेलिङ’
नारी दिवसकै दिन अश्लील भिडियो बनाएर ‘ब्ल्याकमेलिङ’
कंगनालाई जन्माउन चाँहदैन थिए उनका बुवा आमा
कंगनालाई जन्माउन चाँहदैन थिए उनका बुवा आमा

तपाईंले छुटाउनुभयो कि?