प्रचण्डलाई प्रधानमन्त्री बन्न किन हतारो

Abhiyanpost Abhiyanpost
|
मंगलबार, कार्तिक १९, २०७६
|
|
६२ पटक हेरिएको
Shares
प्रचण्डलाई प्रधानमन्त्री बन्न किन हतारो

सारांश

  • नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले प्रधामन्त्री बन्ने हतारो देखाइरहेका छन् ।
  • वेटिङ प्राइमिनिष्टरका रुपमा लिइएका उनले प्रधानमन्त्री बन्ने हतारो अभिव्यक्ति र भूमिकाबाट देखाउँदै आएका हुन् ।
  • यसपटक उनले प्रधानमन्त्री बन्ने हतारो मुखरित गरे ।

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले प्रधामन्त्री बन्ने हतारो देखाइरहेका छन् । वेटिङ प्राइमिनिष्टरका रुपमा लिइएका उनले प्रधानमन्त्री बन्ने हतारो अभिव्यक्ति र भूमिकाबाट देखाउँदै आएका हुन् ।

यसपटक उनले प्रधानमन्त्री बन्ने हतारो मुखरित गरे । मंगलबार नेपालगञ्जमा पुगेर उनले आफू ढिलोचाँडो फेरि प्रधानमन्त्री बन्ने बताए । उनले आफूलाई प्रधानमन्त्री बन्दै गरेको बुझ्न सन्देश दिनेगरी बोल्दै आउँदा पछिल्लो समय दिएको अभिव्यक्तिलाई अर्थपूर्ण मानिएको छ ।

प्रचण्डले नेकपाका अर्का अध्यक्ष केपी शर्मा ओलीसँग सरकारको नेतृत्वका लागि आलोपालो सहमति गरेको बोलिसकेका छन् । यसले राजनीतिकवृत्तमा तरंग ल्याएको थियो । पश्चिम नेपालमा पुगेर उनले आफू प्रधानमन्त्री बन्ने दाबी गरे ।

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या आइरहेकाले पद छाड्न नेकपाभित्र दबाब बढाइँदा प्रचण्डको पछिल्लो भनाई आएको हो । मृगौलामा समस्याका कारण ओलीको नियमित डायलसिस चलिरहेको छ । जसका कारण मन्त्रिपरिषद् बैठकमा समेत असर पर्ने गरेको छ ।

ओलीको दुई वर्षे कार्यकाल पूरा हुन अब तीन महिनामात्र बाँकी छ । दुई वर्षे कार्यकाल नजिकिदै जाँदा प्रचण्डले प्रधानमन्त्री बन्ने हतारो देखाइरहेका छन् । उनले बेला बेलामा ओलीलाई दबाब दिने अभिव्यक्ति दिइरहेका छन् । रणनीतिक चार्तुयता देखाउनसक्ने प्रचण्डले आफूले जहिले पनि जोखिम उठाउने गरी कदम चाल्ने बताउने गरेका छन् । उनले यस्तै गर्दै पनि आए । प्रचण्डले ढिलोचाँडो प्रधानमन्त्री हुने बताएर त्यसका लागि जोखिम उठाउनसक्ने सन्देश समेत दिइरहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अप्राकृतिक मैथुन कसुरमा १२ वर्ष कैद
अप्राकृतिक मैथुन कसुरमा १२ वर्ष कैद
कोरोना कहरले ठूलो संख्या बेरोजगार बन्दै
कोरोना कहरले ठूलो संख्या बेरोजगार बन्दै
युरोकप फूटबल २०२४: स्पेन प्रि-क्वाटरफाइनलमा, इङ्ल्याण्ड र डेनमार्क बराबरीमा
युरोकप फूटबल २०२४: स्पेन प्रि-क्वाटरफाइनलमा, इङ्ल्याण्ड र डेनमार्क बराबरीमा
गीत जस्ताको तस्तै अपलोड गर्न पशुपतिलाई आग्रह, दवावले गीत हटाएको गायकको दावी
गीत जस्ताको तस्तै अपलोड गर्न पशुपतिलाई आग्रह, दवावले गीत हटाएको गायकको दावी
लम्पी स्किनको प्रभावः २६ हजार पशुचौपायाको मृत्यु, छ लाख सङ्क्रमित
लम्पी स्किनको प्रभावः २६ हजार पशुचौपायाको मृत्यु, छ लाख सङ्क्रमित
फोहरबाट मल बनाउने योजना अलपत्र
फोहरबाट मल बनाउने योजना अलपत्र
कृष्णप्रसाद भट्टराईको जन्मोत्सवको ओलीको कडा भाषण, कांग्रेसीहरु चुपचाप
कृष्णप्रसाद भट्टराईको जन्मोत्सवको ओलीको कडा भाषण, कांग्रेसीहरु चुपचाप
धुलिखेल अस्पतालको भेन्टिलेटरमा कोरोना संक्रमित महिलाको मृत्यु
खाद्यान्नमा आत्मनिर्भर नहुँदा बाहिरबाट आयात गर्नुपर्ने अवस्था
खाद्यान्नमा आत्मनिर्भर नहुँदा बाहिरबाट आयात गर्नुपर्ने अवस्था
राज्यकोषको २४ अर्ब डुब्दै, पेस्की लिएका ठेकेदार बेपत्ता
राज्यकोषको २४ अर्ब डुब्दै, पेस्की लिएका ठेकेदार बेपत्ता

तपाईंले छुटाउनुभयो कि?