प्रचण्ड र ओलीको भेटवार्तामा जहाज बन्यो तगारो
सारांश
- काठमाडौं, पुस २३ ।
- मौसम खराबीका कारण भरतपुर–काठमाडौंको उडान हुन नसकेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गाडीबाटै काठमाडौं आएका हुन् ।
- भरतपुर महानगरपालिकाकी मेयर तथा छोरी रेणु दाहालको गाडी चढेर उनी काठमाडौं प्रस्थान गरेका हुन् ।
काठमाडौं, पुस २३ । मौसम खराबीका कारण भरतपुर–काठमाडौंको उडान हुन नसकेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गाडीबाटै काठमाडौं आएका हुन् ।
भरतपुर महानगरपालिकाकी मेयर तथा छोरी रेणु दाहालको गाडी चढेर उनी काठमाडौं प्रस्थान गरेका हुन् ।
यति एयरलाइन्सको पहिलो उडानबाटै प्रचण्डको काठमाडौं आउने कार्यक्रम थियो । तर, हुस्सुले लागेर काडमाडौंबाट जहाज भरतपुर जान नसकेपछि प्रचण्डले सडकको विकल्प रोजेका हुन् ।
शुक्रबार भएको भरतपुर महानगरपालिकाको नगरपरिषद् बैठक उद्घाटनका लागि प्रचण्ड विहीबार अपरान्ह त्यसतर्फ लागेका थिए ।
शुक्रबार नगरपरिषदको उद्घाटन गरेपछि प्रचण्डले चितवनमा राजनीतिक–पारिवारिक भेटघाट गरेर बिताए । त्यसपछि शनिबार विहानै काठमाडौं प्रस्थान गर्ने कार्यक्रम थियो ।
तर मौसममा खरावीका कारण शनिबार दिनभरि भरतपुरमा जहाज अवतरण गर्न नसकेपछि उनी आइतबार विहानमात्र काठमाडौं आउने कार्यक्रम बन्यो ।
भरतपुरबाट छोरी रेणुको गाडीबाट काठमाडौंका लागि प्रस्थान गरेका प्रचण्ड मुग्लिनबाट चाहिँ आफ्नै गाडीबाट काठमाडौं आउनेछन् ।
‘रेणुको गाडीले मुग्लिनसम्म पु¥याएपछि उहाँ आफ्नै गाडीमा काठमाडौं आउनु हुनेछ,’ स्रोतले भन्यो ।
गाडीबाट काठमाडौं आउनु परेपछि आज हुने भनिएको प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको भेटघाटपनि अनिश्चित बनेको छ ।
प्रतिक्रिया