सुनको मूल्य ३ हजार २०० रुपैयाँले बढ्यो, चाँदी १० रुपैयाँ घट्यो
सारांश
- नेपाली बजारमा सोमबार सुनको कारोबार मूल्यमा वृद्धि भएको छ।
- नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार अघिल्लो कारोबार दिनको तुलनामा छापावाल सुनको भाउमा सुधार आएको हो।
- सोमबार सुनको मूल्य प्रतितोला ३ हजार २०० रुपैयाँले बढेको छ।
नेपाली बजारमा सोमबार सुनको कारोबार मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार अघिल्लो कारोबार दिनको तुलनामा छापावाल सुनको भाउमा सुधार आएको हो।
सोमबार सुनको मूल्य प्रतितोला ३ हजार २०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य बढेर प्रतितोला ३ लाख २२ हजार ७०० रुपैयाँ पुगेको हो।
उता सुनको मूल्यमा तीव्रता आउँदा चाँदीको कारोबारमा भने सामान्य गिरावट दर्ज गरिएको छ। महासंघका अनुसार चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रुपैयाँले तल झरेको छ।
अघिल्लो दिन अर्थात् आइतबार प्रतितोला ४ हजार ९७५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार भने घटेर प्रतितोला ४ हजार ९६५ रुपैयाँमा सीमित भएको छ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया