प्रचारप्रसार र संरक्षणको अभावले सीता गुफा ओझेलमा

Abhiyanpost Abhiyanpost
|
शनिबार, माघ ६, २०७४
|
|
५५ पटक हेरिएको
Shares
प्रचारप्रसार र संरक्षणको अभावले सीता गुफा ओझेलमा

सारांश

  • गुल्मी ६ माघ ।
  • गुल्मीमा रहेका विचित्र सीता गुफा प्रचारप्रसार ,उचित संरक्षण र आर्थिक अभावले गर्दा दिनप्रतिदिन ओझेलमा पर्न थालेको छ ।
  • मुसिकोट नगरपालिका–१ पौँदीअमराई र इश्मा गाउँपालिका–४ दोहोली सिमानाअन्तर्गतको निस्तिखोलाको किनारामा रहेको गुफाको प्रचारप्रसार र आर्थिक अभावले गर्दा ओझेलमा पर्दै जान थालेको र गुफाको अवलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटक पनि कम आउने गरेको धार्मिक तथा पर्यटकीय व्यवस्थापन समिति गुल्मीका पूर्वअध्यक्ष चन्द्रबहादुर केसीले बताउनुभयो ।

गुल्मी ६ माघ । गुल्मीमा रहेका विचित्र सीता गुफा प्रचारप्रसार ,उचित संरक्षण र आर्थिक अभावले गर्दा दिनप्रतिदिन ओझेलमा पर्न थालेको छ ।

मुसिकोट नगरपालिका–१ पौँदीअमराई र इश्मा गाउँपालिका–४ दोहोली सिमानाअन्तर्गतको निस्तिखोलाको किनारामा रहेको गुफाको प्रचारप्रसार र आर्थिक अभावले गर्दा ओझेलमा पर्दै जान थालेको र गुफाको अवलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटक पनि कम आउने गरेको धार्मिक तथा पर्यटकीय व्यवस्थापन समिति गुल्मीका पूर्वअध्यक्ष चन्द्रबहादुर केसीले बताउनुभयो ।

उक्त गुफामा विष्णु महेश्वर, सीताराम, काग, लालीगुराँस, नाग, हात्ती, पोखरीलगायतका ६१ प्रकारका विभिन्न भगवान्का चित्रण देख्न पाइन्छ । प्रत्येक वर्षको माघे सङ्क्रान्तिको दिन गुफामा माघी मेला लाग्ने र पूजा आराधनासँगै उक्त दिन गुफाभित्र प्रवेश गराउने, अघिपछि गुफाको अवलोकन गर्न आउनेलाई भने सम्र्पक गरेर जुनबेला पनि गुफा देखाउने व्यवस्था गरिएको गुफाको अवलोकन गर्दा आफ्नो मनोकांक्षा पूरा हुने धार्मिक जनविश्वास रहेको जानकार सतिराम कँुवरले जानकारी दिनुभयो ।

गुफालाई धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न आफूहरुले चाहेर पनि आर्थिक अभावले गर्दा नसकिएकाले गुफाको प्रत्यक्ष अवलोकन गर्न आउने आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन र गुफाको महत्वलाई संरक्षण र प्रवद्र्धन गर्नसमेत धौधौ भएको विचित्र सीतागुफा धार्मिक तथा पर्यटकीय व्यवस्थापन समिति गुल्मीका अध्यक्ष डम्मरबहादुर बोहोराले बताउनुभयो ।

पर्यटकीय तीर्थस्थल र धार्मिक महत्व बोकेको गुफाले पौँदीअमराईको प्राचीन संस्कृति सभ्यता बोकेकोसमेत गुफाका जानकार बताउँछन् ।

अघिपछिको समयमा पनि गुफाको अवलोकन गर्न आउनेको लागि समितिले सम्र्पक गरेर आउँदा जुनसुकै समयमा पनि गुफा हेर्ने प्रबन्ध मिलाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अभिनेत्री सोनाक्षी सिन्हामाथी मुद्दा
उदयपुरमा थप ८ जनामा कोरोना रिर्पोट शंकास्पद : पुन: परीक्षणका लागि धरान पठाइयो
उदयपुरमा थप ८ जनामा कोरोना रिर्पोट शंकास्पद : पुन: परीक्षणका लागि धरान पठाइयो
प्रदेश नम्बर २ को सरकार गठनका लागि बाम गठबन्धनको पनि दाबी,संविधान संशोधनका लागि एमाले र माओवादीको नेतृत्व सकारात्मक
प्रदेश नम्बर २ को सरकार गठनका लागि बाम गठबन्धनको पनि दाबी,संविधान संशोधनका लागि एमाले र माओवादीको नेतृत्व सकारात्मक
सन्दिप लामिछानेले आईपीएल खेल्ने,  दिल्ली डेयरडेभिल्सले  २० लाखमा किन्यो
सन्दिप लामिछानेले आईपीएल खेल्ने, दिल्ली डेयरडेभिल्सले २० लाखमा किन्यो
होण्डा कारमा १० लाखसम्म जित्ने मौका
होण्डा कारमा १० लाखसम्म जित्ने मौका
यस्तो छ आजकाे विदेशी मुद्राको विनियम दर
यस्तो छ आजकाे विदेशी मुद्राको विनियम दर
भन्सारमा सीसी क्यामरा जडान
भन्सारमा सीसी क्यामरा जडान
चुनाव सारे देउवाले असक्षमताको अर्को तक्मा पाउँछन्ः एमाले ,,
चुनाव सारे देउवाले असक्षमताको अर्को तक्मा पाउँछन्ः एमाले ,,
आइजिपीको पोल खुलेपछि आफ्नै अधिकृत बिरुद्ध समाचार लेखाउदै
आइजिपीको पोल खुलेपछि आफ्नै अधिकृत बिरुद्ध समाचार लेखाउदै
यि हुन नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलको उपनेता, प्रमुख सचेतक र सचेतक
यि हुन नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलको उपनेता, प्रमुख सचेतक र सचेतक

तपाईंले छुटाउनुभयो कि?