प्रतितोला ७०० ले घट्यो सुनको मूल्य

Abhiyanpost Abhiyanpost
|
सोमबार, मंसिर १५, २०७७
|
|
५७ पटक हेरिएको
Shares
प्रतितोला ७०० ले घट्यो सुनको मूल्य

सारांश

  • काठमाडौँ, १५ मङ्सिरः स्थानीय बजारमा आज पहेंलो धातुको मूल्य पुनः ओरालो लागेको छ ।
  • आज सुनको मूल्य प्रतितोला रु ७०० ले ओरालो लागेको छ ।
  • यही मङ्सिर १ गतेदेखि लगातार ओरालो लागेको सुन आजसम्म आइपुग्दा रु पाँच हजार १०० ले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

काठमाडौँ, १५ मङ्सिरः स्थानीय बजारमा आज पहेंलो धातुको मूल्य पुनः ओरालो लागेको छ । आज सुनको मूल्य प्रतितोला रु ७०० ले ओरालो लागेको छ ।

यही मङ्सिर १ गतेदेखि लगातार ओरालो लागेको सुन आजसम्म आइपुग्दा रु पाँच हजार १०० ले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । छापावाला सुन आज प्रतितोला रु ९० हजारमा कारोवार भएको छ । आइतबार छापावाला सुन प्रतितोला रु ९० हजार ७०० मा कारोवार भएको थियो ।

यस्तै तेजाबी सुन आज प्रतितोला रु ८९ हजार ५५० मा कारोवार भएको छ । आइतबार प्रतितोला रु ९० हजार २०० मा कारोवार भएको थियो । आइतबारको तुलनामा तेजाबी सुन प्रतितोला रु ६५० ले घटेको हो । यस्तै चाँदीसमेत आज प्रतितोला रु ३० ले घटेको छ । आइतबार प्रतितोला रु एक हजार १५० मा कारोवार भएको चाँदी आज प्रतितोला रु एक हजार १२० मा खरीदबिक्री भएको छ ।-रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हरवाचरवालाई जमिन उपलब्ध गराउन अधिकार मञ्चको माग
हरवाचरवालाई जमिन उपलब्ध गराउन अधिकार मञ्चको माग
नवनियुक्त मन्त्री भट्टराईद्वारा बल्खु र पेरिसडाँडा पुगेर शहीदप्रति माल्यार्पण
नवनियुक्त मन्त्री भट्टराईद्वारा बल्खु र पेरिसडाँडा पुगेर शहीदप्रति माल्यार्पण
पर्यटकीय क्षेत्रमा पूर्वाधार अभाव
पर्यटकीय क्षेत्रमा पूर्वाधार अभाव
राष्ट्रपतिलाई डा. गोविन्द केसीको एक हप्ते अल्टिमेटम
राष्ट्रपतिलाई डा. गोविन्द केसीको एक हप्ते अल्टिमेटम
निर्मलाका बाबुकाे चुनाैती: प्राण त्याग्नपनि पछि हट्दैन !
निर्मलाका बाबुकाे चुनाैती: प्राण त्याग्नपनि पछि हट्दैन !
प्रधानमन्त्री ओली आफैले निरीक्षण गरे सीको सवारी हुने सडक
प्रधानमन्त्री ओली आफैले निरीक्षण गरे सीको सवारी हुने सडक
चितुवाबाट ज्यान गुमाएकाको परिवारलाई रु दश लाख
चितुवाबाट ज्यान गुमाएकाको परिवारलाई रु दश लाख
अन्तरिक्ष विज्ञानमा नयाँ क्रान्ति, सूर्यको अध्ययनका लागि रकेट प्रक्षेपण
अन्तरिक्ष विज्ञानमा नयाँ क्रान्ति, सूर्यको अध्ययनका लागि रकेट प्रक्षेपण
प्राइमलाइफ र मुक्तिनाथ विकास बैंकबिच बैंकासोरेन्स सम्झौता
प्राइमलाइफ र मुक्तिनाथ विकास बैंकबिच बैंकासोरेन्स सम्झौता
सुकुमवासी र भूमिहीनलाई जग्गा दिलाउने सरकारको अन्तिम प्रयास: ६६ पालिकामा ३५ दिने म्याद
सुकुमवासी र भूमिहीनलाई जग्गा दिलाउने सरकारको अन्तिम प्रयास: ६६ पालिकामा ३५ दिने म्याद

तपाईंले छुटाउनुभयो कि?