पोखरामा केवलकार अर्को वैशाखमा सञ्चालनमा, मंगलबार देखी जापानबाट पोखरामा सामान

Abhiyanpost Abhiyanpost
|
बुधबार, बैशाख १९, २०७५
|
२
|
७० पटक हेरिएको
Shares
पोखरामा केवलकार अर्को वैशाखमा सञ्चालनमा, मंगलबार देखी जापानबाट पोखरामा सामान

सारांश

  • पोखरा, १९ वैशाख ।
  • पोखरेलीको पोखरा मै केवलकार चढ्ने सपना अर्को वर्षको वैशाखमा पुरा हुने भएको छ ।
  • अन्नपुर्ण केवलकार प्रालिकाले निर्माण गरी रहेको पोखराको सेदी देखी सराङकोट सम्मको केवलकार अर्को वैशाख सम्ममा सुरु गर्ने लक्ष्यका साथ काम भईरहको अन्नपुर्ण केवलकार प्रालिका अध्यक्ष कालु गुरुङले बताए ।

पोखरा, १९ वैशाख ।

पोखरेलीको पोखरा मै केवलकार चढ्ने सपना अर्को वर्षको वैशाखमा पुरा हुने भएको छ । अन्नपुर्ण केवलकार प्रालिकाले निर्माण गरी रहेको पोखराको सेदी देखी सराङकोट सम्मको केवलकार अर्को वैशाख सम्ममा सुरु गर्ने लक्ष्यका साथ काम भईरहको अन्नपुर्ण केवलकार प्रालिका अध्यक्ष कालु गुरुङले बताए । उनले पहिलो चरणमा बेसमेन्टको काम भईरहेको बताए । ‘बेसमेन्टको सामान जापानबाट पोखरा आइपुगेका छन् । जापानबाट ६० कन्टेनर सामान पोखरा हिडेकोमा मंगलबार देखी कन्टेनरले सामान लिएर निर्माण स्थलमा आईपुगेका छन् ।

टावरका आवश्यक सबै सामान जापानको नेपाने केवलबाट आयात गरिएको अन्नपुर्ण केवलकार प्रालिका सञ्चालक तीर्थराज त्रिपाठीले बताए । पहिलो लटमा बेसमेन्टमा प्रयोग हुने अंकुबोल्ट आउने छ । उनका अनुसार टावर राख्ने बेसमेन्टको ढलान गर्ने काम सकिईसकेको बताए । ‘टावर राखिने बेसमेन्टको ढलान कार्य जापानीज प्राविधिले अध्ययन गरी फर्किसकेका छन्’ उनले भने—‘अब भवन, बोरिङ, खानेपानी ट्यांकी लगायतका पुर्वाधारको काम अगाडि बढाईएको छ ।’ बेसमेन्टपछि टावरका सामान आउने सञ्चालक त्रिपाठीले बताए । टावर निर्माण गरिसकेपछि केवलकारको लठ्ठा(तार) आईपुग्ने छ ।

केवुलकार निर्माणको स्थानीय परामर्शदाता रोप–वे नेपालका अध्यक्ष तथा इन्जिनियर गुणराज ढकालका अनुसार सेदीबगरमा केवुलकारको तल्लो स्टेशन रहनेछ । केवलकार निर्माणको सिभिलको काम भने चितवन कोई प्रालिले लिएको छ । प्रालिले टावरका सम्पूर्ण पुर्वाधार तयार गर्ने उनको भनाई थियो । पूर्वाधार निर्माणको जिम्मा पाएको चितवन को–इ ले मनकामनामा केवुलकार बनाएको हो । मनकामना, चन्द्रागिरी र अन्नपूर्ण केवुलकारमा एकैखाले प्रविधि जडान हुने प्राविधिकले बताएका छन् । इपिसि (इन्जिनियरिङ, प्रोक्योरमेन्ट र कन्स्ट्रक्सन) मोडलमा निर्माण गर्नेछ । यो मोडल अनुसार चितवन को–इ ले पुर्वाधार बनाएर अन्नपूर्ण केवुलकारलाई हस्तान्तरण गर्नेछ ।

केवलको निर्माण कार्य गत माघदेखि शुरु गरि भएको हो । ‘माघदेखि केवलकारको सिभिल काम शुरुभईसकेको छ ।’ सञ्चालक त्रिपाठीले भने—‘छ महिनाभित्रमा टावरको काम सक्ने लक्ष्य छ ।’ सराङकोटको टावर १ हजार पाँचसय ९५ मिटरको उचाईमा छ । त्यो उचाई केवल ८ मिनेटको यात्रामा पुरा हुने छ ।

केवलकारको दुरी २ दशमलव ३ किलोमिटर लम्बाईको हुने छ । २० वटा गुण्डोला( डिब्बा )रहने छन् । प्रत्येक डिब्बामा आठजना यात्रुको क्षमताको हुने छ । १३ वटा टावर निर्माण गरिने छ । प्रत्येक टावर ३ सय १६ मिटरको फरकमा हुनेछ । प्रतिघण्टा पाँच सय यात्रु ओसार्ने छ । यात्रु बढेमा पछि क्षमता विस्तार गर्न सकिने र भविश्यमा ३५ वटा डिब्बा सञ्चालन गरी प्रतिघण्टा एक हजार यात्रु ओसार्न सकिने छ ।

पोखरा उपमहानगरपालिका २६ सराङकोटको सेदीबगरदेखि सराङकोट हाईटसम्म केवलकारको जक्सन बन्ने छ । एक अर्ब १० करोड लगानी लाग्ने उनले बताए । केबलकार निर्माणको लागि ९० प्रतिशत स्वदेशी र १० प्रतिशत विदेशी लगानी रहेको उनले जानकारी दिए । केवलकारमा रियल स्टेट व्यवसायी कालु गुरुङ, सराङकोटस्थित होटल अन्नपुर्णका सञ्चालक ताकासी मियाहारा र विदेशीले लगानी गरेका छन् ।

सञ्चालक त्रिपाठीका अनुसार ६४ करोड रुपैयाँ लगानी बैंकले ऋण लगानी गरेको छ । सनराईज बैंक तथा वाणिज्य बैंकले लगानी गरेका छन् । बाँकी लागत स्टेक होल्डरले लगानी गर्ने उनको भनाई थियो । ‘कम्पनीको मात्रै होईन सराङकोटबासीको प्रत्यक्ष÷अप्रत्यक्ष सहभागि रहने छ ।’ सराङकोट धार्मिक एवं पर्यटन क्षेत्र विकास समितिले सराङकोटलाई धार्मिक पर्यटकीय गन्तव्यस्थल बनाउन २७ करोडको गुरुयोजना बनाई काम अगाडि बढाएको छ ।

विशाल शिवमन्दिरमाथि शिवपार्वतीको मूर्ति, बौद्ध गुम्बा लगायतका अन्य पुर्वाधार तयार गर्ने लक्ष्य लिएको छ । सात वर्षभित्रमा सक्ने लक्ष्यसहित एकसातापछि काम अगाडि बढाउने जनाएको छ । केवलकार निर्माण र सराङकोट गुरुयोजना पुरा भए पोखराको लागि नयाँ पर्यटकीय आकर्षणको केन्द्र विन्दु बन्ने स्थानीयबासी एवं सराङकोट धार्मिक एवं पर्यटन क्षेत्र विकास समितिका अध्यक्ष प्रेमबहादुर जिसीले बताए ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Tej Bahadur Malla

    Good

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मुख्यमन्त्रीहरुको रिपोर्टिङ र भिडियो कन्फरेन्सपछि सरकारले विशेष घोषणा गर्ने
मुख्यमन्त्रीहरुको रिपोर्टिङ र भिडियो कन्फरेन्सपछि सरकारले विशेष घोषणा गर्ने
हरितालिका पर्वले धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको छ: राष्ट्रपति पौडेल
हरितालिका पर्वले धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको छ: राष्ट्रपति पौडेल
सत्तापलट अथवा कब्जा, यस्ता अनुचित बाटोबाट कब्जा गर्ने तरिका अपनाउने ?
सत्तापलट अथवा कब्जा, यस्ता अनुचित बाटोबाट कब्जा गर्ने तरिका अपनाउने ?
एमालेले जिम्मेवारीविहीन नेता, कार्यकर्तालाई तीन महिनाभित्र जिम्मेवारी दिने
एमालेले जिम्मेवारीविहीन नेता, कार्यकर्तालाई तीन महिनाभित्र जिम्मेवारी दिने
प्रदेश सरकारले १ हजार नमुना स्कुल चलाउने
प्रदेश सरकारले १ हजार नमुना स्कुल चलाउने
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता फागुन २१ देखि
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता फागुन २१ देखि
एमाले २४, माओवादी ९ र कांग्रेस ५ स्थानमा विजयी (हेर्नुस् कसको कति अग्रता)
एमाले २४, माओवादी ९ र कांग्रेस ५ स्थानमा विजयी (हेर्नुस् कसको कति अग्रता)
उदण्ड राज्यमन्त्री वलीले जब ‘मेरो पोइ खै’भन्दै पिट्न थालिन् ….
उदण्ड राज्यमन्त्री वलीले जब ‘मेरो पोइ खै’भन्दै पिट्न थालिन् ….
धर्मप्रचार गर्नेलाई फिर्ता पठाएको प्रतिशोध साँध्न इयुको प्रतिवेदन : प्रधानमन्त्री
बजेट अभावमा अधूरै रामपुरको ‘शहीदस्मृति पार्क’
बजेट अभावमा अधूरै रामपुरको ‘शहीदस्मृति पार्क’

तपाईंले छुटाउनुभयो कि?