धर्मप्रचार गर्नेलाई फिर्ता पठाएको प्रतिशोध साँध्न इयुको प्रतिवेदन : प्रधानमन्त्री

Abhiyanpost Abhiyanpost
|
आइतबार, चैत्र ११, २०७४
|
२
|
६० पटक हेरिएको
Shares

सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओलीले युरोपियन युनियन (इयु) ले हालै सार्वजनिक गरेको नेपालको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको प्रतिवेदनमाथि कडा टिप्पणी गरेका छन्।
  • अनुगमनका नाममा नेपालमा धर्मप्रचार गर्नेलाई फिर्ता पठाइएको प्रतिशोधमा इयुले प्रतिवेदन ल्याएको टिप्पणी प्रधानमन्त्री ओलीको छ।
  • ‘अनुगमनको नाममा धर्म प्रचार गर्नेलाई हामीले देशबाट फिर्ता पठाएपछि त्यसको प्रतिशोध साँध्ने गरी इयुले यो प्रतिवेदन ल्याएको हो’, आइतबार बिहान काठमाडौंमा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘प्रतिवेदन प्रतिवेदन हुनुपर्छ, प्रतिशोध साँध्नका लागि हुनु हुँदैन।

प्रधानमन्त्री केपी शर्मा ओलीले युरोपियन युनियन (इयु) ले हालै सार्वजनिक गरेको नेपालको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको प्रतिवेदनमाथि कडा टिप्पणी गरेका छन्। अनुगमनका नाममा नेपालमा धर्मप्रचार गर्नेलाई फिर्ता पठाइएको प्रतिशोधमा इयुले प्रतिवेदन ल्याएको टिप्पणी प्रधानमन्त्री ओलीको छ।

‘अनुगमनको नाममा धर्म प्रचार गर्नेलाई हामीले देशबाट फिर्ता पठाएपछि त्यसको प्रतिशोध साँध्ने गरी इयुले यो प्रतिवेदन ल्याएको हो’, आइतबार बिहान काठमाडौंमा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘प्रतिवेदन प्रतिवेदन हुनुपर्छ, प्रतिशोध साँध्नका लागि हुनु हुँदैन।’

भूकम्पको राहत तथा उद्दार र निर्वाचनका बेला कतिपय स्थानमा बाइबल बाँडिएका समाचारहरू आएका थिए। नेपालको संविधानमा रहेको धार्मिक स्वतन्त्रताको विषयमा टिप्पणी गरेर विवादमा तानिएका तत्कालीन बेलायती राजदूत एन्ड्रियु स्पार्क्स नेपालबाट फिर्ता भएका थिए। यद्यपि प्रधानमन्त्री ओलीले कुन घटनामा इयुले प्रतिशोध साँधेको हो प्रष्ट खुलाएनन्।

प्रधानमन्त्रीले इयुको प्रतिवेदन नेपाल र नेपालीलाई हेप्ने गरी आएको बताए। ‘यो प्रतिवेदन नेपाल र नेपालीलाई हेप्ने गरी आएको छ’, राष्ट्रिय निर्वाचन पर्यवर्क्षण समिति (नियोक) ले होटल अन्नपूर्णमा गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘हामीले सच्याउन भनिसक्यौँ तर ऊ हटेर गर्ने किसिमले प्रस्तुत भयो।’ इयुको प्रतिवेदनले नेपालले हासिल गरेका प्रजातान्त्रिक उपलब्धिमाथि प्रश्न गर्न खोजेको टिप्पणी प्रधानमन्त्री ओलीले गरे।

‘८० प्रतिशत मतदान भएको देशका बारेमा ६० प्रतिशत पनि मत खसाउन नसक्ने देशको युनियनले प्रश्न उठाउने कुनै अधिकार छैन’, प्रधानमन्त्री ओलीले भने, ‘पहिला उनीहरूले हाम्रो जति मत खसाएर देखाउन्, अनि हामीलाई अधिकारका कुरा सिकाउन्।’

प्रधानमन्त्रीले प्रतिवेदन सच्याउन इयुलाई पुनः आग्रह गरे। ‘हाम्रो समाजिक प्रबन्ध, संविधान र अहिलेसम्मको उपलब्धिलाई ठाडै अपमानित गरिएको छ’, प्रधानमन्त्रीले भने, ‘प्रतिवेदन सच्याउला भनेको त उल्टै निहुँ खोज्दै छ। नेपाल सार्वभौम मुलुक हो भन्ने हेक्का इयुलाई हुनुपर्छ। प्रतिवेदन यथासिघ्र सच्याउ, हेप्ने काम नगर।’

प्रधानमन्त्री ओलीले नेपालको धर्म निरपेक्षतालाई बुझ्न पनि आग्रह गरे। ‘हामी अरुको जस्तो धर्मग्रन्थमा हात राखेर सपथ खाएर धर्मनिरपेक्ष भन्दै हिड्दैनौँ’, उनले भने, ‘हामी पश्चिमा जस्तो अरुको देशमा धर्म प्रचार गर्दै पनि हिँड्दैनौँ।’

नेपालले विश्वसँग मिलेर काम गर्न चाहेको उल्लेख गर्दै प्रधानमन्त्रीले प्रतिवेदन सच्याउन इयुलाई आग्रह गरे। उनले महिला सहभागिता पनि नेपालजत्तिको काम गरेर देखाउन सुझाव दिए।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Ganesh Chetri

    हो सही कुरा

    Comment Author

    Ramesh Raj Maghi

    Lakhetanu parchha chor dalal harulai

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बुटवल उपमहानगरपालिकामा एमाले कांग्रेस दुबै दलको जित्नेःदाबि कस्ले मार्ला बाजि??
बुटवल उपमहानगरपालिकामा एमाले कांग्रेस दुबै दलको जित्नेःदाबि कस्ले मार्ला बाजि??
३३ किलो सुन तस्करीमा सघाउने एयरपाेर्टकाे कर्मचारीसँग १४ करोड अकुत सम्पत्ति
३३ किलो सुन तस्करीमा सघाउने एयरपाेर्टकाे कर्मचारीसँग १४ करोड अकुत सम्पत्ति
विश्वकप फुटबल प्रतियोगिता : फ्रान्स र अष्ट्रेलिया नकआउट चरणमा
विश्वकप फुटबल प्रतियोगिता : फ्रान्स र अष्ट्रेलिया नकआउट चरणमा
स्थानीय तहसँग सहकार्य गर्दै ‘नास्ट’
स्थानीय तहसँग सहकार्य गर्दै ‘नास्ट’
बंगलादेशको जग्गा फिर्ता गर्ने भारत नेपालको चाहीँ किन हडप्छ ?
बंगलादेशको जग्गा फिर्ता गर्ने भारत नेपालको चाहीँ किन हडप्छ ?
बुवा भुवनको पुरानो लुकमा अनमोल: ‘बाटुलो जून’को टिजर सार्वजनिक
बुवा भुवनको पुरानो लुकमा अनमोल: ‘बाटुलो जून’को टिजर सार्वजनिक
अमेरिकाका राष्ट्रपति डोनाल्ड जे. ट्रम्प महाअभियोगबाट जोगिए
अमेरिकाका राष्ट्रपति डोनाल्ड जे. ट्रम्प महाअभियोगबाट जोगिए
नवनिर्वाचित मेयर रेणु दाहालले गरिन पहिलो लोकप्रिय निर्णय (हस्ताक्षरित फाइलसहित)
नवनिर्वाचित मेयर रेणु दाहालले गरिन पहिलो लोकप्रिय निर्णय (हस्ताक्षरित फाइलसहित)
निर्माणाधीन ल्याण्डफिल साइटबारे संसदीय समितिको परामर्श
निर्माणाधीन ल्याण्डफिल साइटबारे संसदीय समितिको परामर्श
संविधान दिवसमा ब्ल्याक आउट गछौँः महतो
संविधान दिवसमा ब्ल्याक आउट गछौँः महतो

तपाईंले छुटाउनुभयो कि?