बिद्यार्थी अपहरण अभियान !

Abhiyanpost Abhiyanpost
|
शनिबार, बैशाख २२, २०७५
|
|
४२ पटक हेरिएको
Shares
बिद्यार्थी अपहरण अभियान !

सारांश

  • हामी सबैको इच्छा, अनिवार्य निशुल्क आधारभूत शिक्षा — भन्ने नाराका साथ दारा देखाएर बिद्यार्थी भर्ना अभियान तपाई हाम्रो घर दैलोमा टेकि सक्यो तर मुतिसक्यो दैलो देख्यो भन्ने उखानको अर्को रुप यहाँ खोज्नु पर्दैन होला ।
  • मलाई त यो भर्ना अभियान अभियानमा सिमित रहेर अभिनय बन्छ कि जस्तो पो लागिरहेको छ त गाँठे ।
  • कारण धुम धडाकसँग बिद्यार्थीलाई पन्चै बाजा बजाएर, टिका र माला लगाएर बिद्यालयमा भर्ना गरे पनि के भो र हाम्रा माड्सापका पुरानै डर्राले बिद्यार्थीको पढाईमा छर्रा हालेको पक्कै हो ।

हामी सबैको इच्छा, अनिवार्य निशुल्क आधारभूत शिक्षा — भन्ने नाराका साथ दारा देखाएर बिद्यार्थी भर्ना अभियान तपाई हाम्रो घर दैलोमा टेकि सक्यो तर मुतिसक्यो दैलो देख्यो भन्ने उखानको अर्को रुप यहाँ खोज्नु पर्दैन होला ।

मलाई त यो भर्ना अभियान अभियानमा सिमित रहेर अभिनय बन्छ कि जस्तो पो लागिरहेको छ त गाँठे । कारण धुम धडाकसँग बिद्यार्थीलाई पन्चै बाजा बजाएर, टिका र माला लगाएर बिद्यालयमा भर्ना गरे पनि के भो र हाम्रा माड्सापका पुरानै डर्राले बिद्यार्थीको पढाईमा छर्रा हालेको पक्कै हो ।

अझ निजी बिद्यालयले यो नारालाई कुल्चेर बिद्यार्थी अपहरण अभियान पो चलाएका रहेछन् । वाह, राज्यको निती बिरुद्धका निजी बिद्यालयको गज्जबको महानता अझ निजी बिद्यालयका संचालक नै गाउँपालिका र नगरपालिकाका महामहिम बनिदिए पछि यो अपहरण अभियान निजी बिद्यालयले टेवा दिईरहेको छ ।

हिजो मेरो श्रीमानले मेरा तीन जना छोरा छोरीलाई सरकारी बिद्यालयमै भर्ना गर्छु भनेर बाहिर निस्कनु भएको थियो तर बेलुका आउँदा सदरमुकामको यौटा निजी बिद्यालयमा भर्ना पो गरेर आउनु भएछ अनि उहाँलाई किन यस्तो गर्नु भएको हो भनेर प्रश्नको बर्षा गर्दा उहाँले भन्नु भयो — फलाने बोर्डिङमा ३ जना बिद्यार्थी लगेमा १ जना सित्तैमा पढाउन पाईने रहेछ, तर अहिले बच्चा भर्ना गरेको बोर्डिङमा चाहीँ ३ बच्चा भएमा २ जना लाई सित्तैमा पढाउने रे, २ जना बच्चा मात्र लगे पनि १ जना बच्चालाई सित्तैमा पढाउने रे, अनि हाम्रा ३ मा २ जना सित्तैमा पढ्न पाउने भएपछि मैले त बोर्डिङमा हाल्दिए है बच्चालाई … वाह, बच्चा त बीच बाटो बाटै अपहरणमा परेछन् ।

यो अपहरण निजीले गर्न कत्ति सिपालु है ? तपाईल ख्याल गर्नु भएकै होला, एक बोर्डिङ पढ्न गएको बिद्यार्थी अर्को बोर्डिङका संचालकले नाना भाँतिका कुरा गरेर आफ्नोमा तानेर लैजाने र अपहरण शैली मच्चाउने तरिका पनि यही भर्ना अभियानको बेला चल्ने गर्दछ । निजी बिद्यालयले बार्षिकोत्सवमा यति जना नयाँ बिद्यार्थी भर्ना भए भनेको सुन्ने हो भने म मोरीको बुझाईमा यति जना बिद्यार्थी अपहरण गरिएर भर्ना भए भन्ने पो बुझ्छु त मैले । अनि सरकारी बिद्यालयको बार्षिकोत्सवमा यति जना बिद्यार्थी यो साल घटे भन्दा यति जना बिद्यार्थी अपहरणमा परेर निजीले खुईक्याएछन् भने बुझ्छु, के मेरो बुझाई गलत नै हो त ?

बाबुनानीलाई राम्ररी सिकाउने, बिकाउने र श्रम बजारमा टिकाउने जनशक्ति निर्माण मेरो मुलुकमा भएको छैन । नत्र भने किन बिदेशमा हाम्रा बिद्यार्थी पढ्न जान्थे हँ ? अझ सस्तो प्रतिस्पर्धामा उत्रेर निजी बिद्यालयले नयाँ बिद्यार्थीलाई पोषाक सित्तैमा दिने अभियान चलाएको पाईन्छ । सरस्वती पूजाको दिन देखि अक्षरारम्भको च्याँखे थापेर बाबुनानीलाई भर्ना अभियान अगावै अपहरणकारी शैली अग्रिम बुकिङ गरेर पढाई रहेको पाईन्छ यहाँ । यसरी सस्तो र तल्लो निच प्रतिस्पर्धामा होमिने निजी बिद्यालयलाई कारबाही गर्ने कस्ले ? आखिर गाउँपालिकाका वा नगरपालिकाका प्रमुख, उप प्रमुख वा कुनै न कुनै सदस्य नै निजी बिद्यालयका संचालक छन् ।

अझ उता सरकारी बिद्यालयमा पनि ढिस्काना पार्टीका जिल्ला सचिव नै संचालक बनेका पनि छन् । ति जिल्ला सचिवले व्यबस्थापन गरेको सरकारी बिद्यालय पक्कै राम्रो हुनु पर्ने हो नि हैन र ? किनकी मेरो अनुमानमा ति जिल्लास्तरका नेता त पछि संसद बनेर देश बिकासको खाका कोर्ने हुन् । आखिर गाउँको जाबो स्कुलको खाका कोर्न नसक्नेले देशको नाका के कोर्न सक्लान् है ? यसरी बिद्यालयमा राजनीतिको नाउँमा लाजनीतिलाई प्रश्रय दिएर सरकारी बिद्यालयका बिद्यार्थीलाई निजीमा भाग्न बाध्य बनाउने अनि निजीलाई अपहरण गर्न सिकाउने पक्षको पनि राम्रै लेखा जोखा राख्ने चित्रगुप्त कहाँ होलान् र खै ? अझ आफ्ना बाबुनानी निजीमा पढाएर सरकारी बिद्यालयको बिद्यार्थी भर्ना अभियानमा सरिक हुने बडा माड्पाको चर्तिकला पनि हेर्न लायकको हुन्छ ।

अझ बिहान भर क्याम्पसमा पढाएर थाकेर आएका राजनीतिक कार्यकर्ताहरु सरकारी बिद्यालयको कुर्सीमा १० बजे देखि ४ बजे सम्म बुढो साँढे थाकेको झैं लत्रङ्ग परेर झुलेर थकाई मार्न पुगेको बेला हाम्रा नयाँ भर्ना भएका बाबु नानीले ति माड्साप बाट के पढ्ने हँ ? झन् ४ बज्न नपाई ट्युसन पढाउन निस्कने र ४ बजे भित्रै बिद्यालय हातामै ट्युसन पढाएर बिद्याभन्दा लक्ष्मि ठूलो भन्ने निवन्धको व्यबहारिक प्रयोग यि महामहिम ठूलाठालु माड्सापबाट भएको पाईन्छ । कतै तपाईले बाबुनानी भर्ना गर्ने सरकारी बिद्यालयमा यस्ता प्रबृत्ति भएका मानिसका चंगुल त छैन ? एक पटक सोच्ने कि ? तर सरकारी बिद्यालयमा बिद्यार्थी भर्ना अभियानमा सहभागि हुनुस् है नाकि अपहरण अभियानमा हैन । तारेमाम् ।

(  समकालिन साहित्यममा  विश्व विनोदकाे हास्यव्यङग्य)

(https://valorhealthcare.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चितुवाको आक्रमणबाट बालकको मृत्यु
The right way to Achieve Mutually Beneficial Plans
आजदेखि शहीद सप्ताह सुरु, यस्ता छन् कार्यक्रम
आजदेखि शहीद सप्ताह सुरु, यस्ता छन् कार्यक्रम
“एमाले-माअोवादीको गठबन्धनले अधिनायकवाद निम्त्याउछ “-आरजु राणा देउवा  ।
“एमाले-माअोवादीको गठबन्धनले अधिनायकवाद निम्त्याउछ “-आरजु राणा देउवा ।
मन्त्रिपरिषद्को निर्णय : निगमको अध्यक्षमा खरेल, ठगी मुद्दामा सरकार वादी हुने
मन्त्रिपरिषद्को निर्णय : निगमको अध्यक्षमा खरेल, ठगी मुद्दामा सरकार वादी हुने
रिटायर्ड लाइफ बिताउन जन्मथलो फर्किने पाइलट मल्लको योजना अधुरै
रिटायर्ड लाइफ बिताउन जन्मथलो फर्किने पाइलट मल्लको योजना अधुरै
नेपाल टेलिभिजनको ओरालो यात्रा, आधुनिक उपकरण प्रयोगमै ल्याइँदैन
गगन र विश्वप्रकाशले जिम्मा लिँदा पनि कांग्रेसले नजित्नुको दोषी को ?
गगन र विश्वप्रकाशले जिम्मा लिँदा पनि कांग्रेसले नजित्नुको दोषी को ?
फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्तेको सवारीमाथि गोली प्रहार, चार अङ्गरक्षक घाइते
फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्तेको सवारीमाथि गोली प्रहार, चार अङ्गरक्षक घाइते
पाल्पामा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, ५ घाइते
पाल्पामा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, ५ घाइते

तपाईंले छुटाउनुभयो कि?