प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, ऐन संशोधन विधेयक पेश गर्ने तयारी
सारांश
- काठमाडाै ।
- प्रतिनिधिसभाको बैठक आज बस्दैछ ।
- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँगको सहमतिपछि आज बैठक बस्ने भएको हो ।
काठमाडाै ।प्रतिनिधिसभाको बैठक आज बस्दैछ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँगको सहमतिपछि आज बैठक बस्ने भएको हो ।
आज बोलाइएको प्रतिनिधिसभाको बैठकमा केही नेपाल ऐन संशोधन विधेयक पेश गर्ने सरकारको तयारी रहेको छ । फागुन २१ गतेभित्र संविधानसँग बाझिएका ऐन\कानून परिमार्जन आवश्यक भएकाले सरकारले केही नेपाल ऐन संशोधन विधेयक संसदमा पेश गर्न लागेको हो । गत आइतबार प्रधानमन्त्रीको संसदमा सम्बोधन लगतै प्रश्न गर्न नपाएको भन्दै प्रमुख प्रतिपक्षी कांग्रेसले बैठक अवरुद्ध पारेको थियो ।
सरकारको छाया संसदमा देखिएको भन्दै कांग्रेसले सदन सञ्चालन गर्न नदिने चेतावनी दिएको थियो । सोमबार सत्तारुढ दल नेकपाका अध्यक्षद्वय केपीशर्मा ओली, पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षी कांग्रेस सभापतिबीच छलफल भएको थियो । उहाँहरुबीच गतिरोध अन्त्य गर्ने सहमति भएपछि आजको बैठक सञ्चालनमा आउने बताइएको छ ।
सरकारको छाया संसदमा देखिएको भन्दै कांग्रेसले सदन सञ्चालन गर्न नदिने चेतावनी दिएको थियो ।
सोमबार सत्तारुढ दल नेकपाका अध्यक्षद्वय केपीशर्मा ओली, पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षी कांग्रेस सभापतिबीच छलफल भएको थियो । उहाँहरुबीच गतिरोध अन्त्य गर्ने सहमति भएपछि आजको बैठक सञ्चालनमा आउने बताइएको छ ।
प्रतिक्रिया