प्रतिनिधिसभा बैठकमा गायक प्रकाश सपुतको गीतले प्रवेश पाएपछि…

Abhiyanpost Abhiyanpost
|
मंगलबार, आषाढ १०, २०७६
|
|
३५ पटक हेरिएको
Shares
प्रतिनिधिसभा बैठकमा गायक प्रकाश सपुतको गीतले प्रवेश पाएपछि…

सारांश

  • काठमाडौं।
  • सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।
  • प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै सांसदहरुले समसामयिक र क्षेत्रगत विषयमा सम्बन्धीत निकायको ध्यानाकर्षण गराएका हुन्।

काठमाडौं। सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै सांसदहरुले समसामयिक र क्षेत्रगत विषयमा सम्बन्धीत निकायको ध्यानाकर्षण गराएका हुन्। सांसद बिमला नेपालीले गृहमन्त्रालयले एक पछि अर्को निर्देशन दिएर नागरिकता वितरणमा सधैं समस्या देखिने गरेकाले दीर्घकालीन समाधानका लागि नागरिकता सम्बन्धी विधेयक तत्काल सदनको छलफलमा ल्याउन सम्बन्धित निकायको ध्यानाकर्षण गराइन्।
सांसद बिमला बिकले प्रकाश सपुत र शान्ति श्री परियारको गाएको ‘गलबन्धी च्यातियो तिमीले तानेर’ भन्ने गीत बाझियो भनी दाबी गर्ने शम्भु राईलाई समर्थन गर्ने नाममा कलाकार र सर्जकमाथि अपमान गर्ने काम भएको भन्दै कानुनी दायराभित्र ल्याएर अबिलम्ब कारवाही गर्न माग गरे। सांसद महेश्वर जंग गहतराज अथक प्रकाश सपुत र शान्तिश्री परियारलाई अपमानित गर्नुको साथै सिंगो समुदायलाई नै अपमानित गर्ने गरी सामाजिक संञ्जालमा भइरहेका गतिविधि नियन्त्रणका लागि सरकारलाई गम्भीर कदम चाल्न माग गरे।

यो पनि पढ्नुहोस्

एकताबाट पछि हटे भयंकर दुर्भाग्यः प्रचण्ड

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकता ढिला भए पनि सफलताका साथ सम्पन्न भएको बताएका छन्। सोमबार नेकपा चितवनको प्रथम बैठक तथा शपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपाली जनताको चाहना र कम्युनिष्ट आन्दोलनको उपलब्धिका रुपमा पार्टी एकता भएको बताएका हुन ।निर्वाचनको समयमा भएको तालमेललाई एकतामा ढाल्नका लागि केही समय लागेको भए पनि यसलाई सफलताका साथ सम्पन्न गर्न सकिएको उनको भनाइ थियो । उनले कम्युनिष्ट एकताप्रति जनताको अभिमत जाँच्ने ब्यारो मिटरका रुपमा निर्वाचनलाई लिइएको बताए ।

पार्टी एकतालाई धमिल्याउनका लागि प्रतिक्रियावादी शक्ति र अवसरवादी शक्तिहरु अहिले पनि सल्बलाईराखेको पनि अध्यक्ष प्रचण्डको चिन्ता थियो । दाहालले भने, “गठबन्धन, पार्टी एकता र अहिले पनि एकता भाँडियोस् भन्ने उद्देश्यका साथ प्रतिक्रियावादी र अवसरवादी शक्तिहरु लागिपरेका छन् ।” जनताको नैतिक दबाबका साथ खबरदारीले पार्टी एकता सम्भव भएको उनको ठम्याइ छ ।”पार्टी एकता टुङ्ग्याउनेतर्फ दुवै अध्यक्ष लागिरहेको बताउँदै उनले कार्यकर्तालाई विचल्लित नभई लाग्न आग्रह गरे । अब एकताको प्रक्रिया टुङ्ग्याउनका लागि केन्द्रीय संरचना, विशेष कमिटी, आयोग, विभाग र कार्य विभाजनको काम मात्रै बाँकी रहेको पनि दाहालले जनाए ।

पूर्वप्रधानमन्त्री दाहालले पार्टी एकताको अन्तिम चरणमा आइपुग्दा पार्टी एकताको दस्तावेजबाट जो कोही पछि हटे पनि यसले दुर्भाग्य हुने खतरा औंल्याए । सहमति र एकताको आधारबाट विचल्लित नभई सबै एक भएर अघि बढ्नुको विकल्प नभएको उनले बताए । पार्टी एकताबाट विचल्लित हुन खोज्दा खण्डन र आलोचनाले पार्टीलाई सच्चिन मद्दत पुग्ने उनको भनाइ थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?