प्रदेश नं २ मा सरकारको गठजोडमा मधेश केन्द्रित दल

Abhiyanpost Abhiyanpost
|
शनिबार, माघ १३, २०७४
|
|
५५ पटक हेरिएको
Shares
प्रदेश नं २ मा सरकारको गठजोडमा मधेश केन्द्रित दल

सारांश

  •  सिवी अधिकारी काठमाडौँ, १३ माघ ।
  • तराई–मधेश केन्द्रित राजनीतिक दलले प्रदेश नं २ मा सरकार गठनका लागि वार्ता र छलफललाई तीव्रता दिएका छन् प्रदेश सरकारका लागि गठजोडमा रहेका संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले पदीय भागबण्डाका विषयमा अनौपचारिक रुपमा केही खाका तयार पारे पनि त्यसलाई मूर्तरुप भने दिन सकेका छैनन् ।
  • मुख्यमन्त्री, सभामुखलगायतका पद बाँडफाँडबारे छलफल चलिरहेको तर ठोस सहमतिमा पुग्न नसकेको ती दलका नेताहरु बताउनुहुन्छ ।

 सिवी अधिकारी

काठमाडौँ, १३ माघ । तराई–मधेश केन्द्रित राजनीतिक दलले प्रदेश नं २ मा सरकार गठनका लागि वार्ता र छलफललाई तीव्रता दिएका छन्

प्रदेश सरकारका लागि गठजोडमा रहेका संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले पदीय भागबण्डाका विषयमा अनौपचारिक रुपमा केही खाका तयार पारे पनि त्यसलाई मूर्तरुप भने दिन सकेका छैनन् ।

मुख्यमन्त्री, सभामुखलगायतका पद बाँडफाँडबारे छलफल चलिरहेको तर ठोस सहमतिमा पुग्न नसकेको ती दलका नेताहरु बताउनुहुन्छ ।

दुवै दलले आगामी माघ २१ गते बोलाइएको प्रदेशसभा बैठकलगत्तै सरकार गठनको प्रक्रिया शुरु गर्ने जनाएका छन् । समानुपातिकतर्फको प्रदेश सांसदको निर्वाचन परिणाम आइसकेपछि सरकार गठनबारे अनौपचारिक छलफलमा दुवै दल जुटेका छन् ।

प्रदेशसभा बैठकलगत्तै मुख्यमन्त्री, सभामुख चयनलगायतका प्रक्रिया अघि बढ्ने राष्ट्रिय जनता पार्टीका महासचिव मनिष सुमनले जानकारी दिनुभयो ।

“प्रदेश सांसदको निर्वाचन परिणाम घोषणा भएपछि प्रदेश सरकार गठनबारे औपचारिक छलफल त भएको छैन तर आगामी प्रदेश बैठकपछि सरकार गठनको रफ्तार शुरु हुन्छ,”– उहाँले भन्नुभयो ।

संविधानमा व्यवस्था भएअनुरुप प्रदेश सांसदको निर्वाचन परिणाम सार्वजनिक भएको ३० दिनभित्र प्रदेश सरकार गठन गर्नुपर्ने छ । निर्वाचन आयोगले गत माघ ३ गते प्रदेशसभाका समानुपातिक उम्मेदवारको अन्तिम सूची प्रकाशित गरेको थियो ।

कुल १०७ सिट संख्या रहेको प्रदेश नम्बर २ मा राजपा फोरमको बहुमत छ । समाजवादी फोरमको २९ र राजपाको २५ सिट छ । यीमध्ये कुन दलले कस्तो जिम्मेवारी लिनेभन्नेमा दुवै दलमा भागबण्डा शुरु भएको छ ।

कुन दलले के जिम्मेवारी लिने भन्ने पदीय भागबण्डापछि मात्र सरकार गठनको प्रक्रिया शुरु हुने समाजवादी फोरमका नेता शिवजी यादवले बताउनुभयो । उहाँका अनुसार सिट संख्याका आधारमा फोरमले मुख्यमन्त्री र राजपाले सभामुख पाउने लगभग पक्का छ, अन्य पदमा भने छलफल चलिरहेको छ ।

प्रदेश बैठकपछि सरकार गठनको प्रक्रिया शुरु हुने हुँदा सो अवधिसम्म दलीय भागबण्डा मिलिसक्ने उहाँको भनाइ छ । प्रदेश प्रमुखले प्रदेशसभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्नेछ र निजको अध्यक्षतामा प्रदेश मन्त्रिपरिषद्को गठन हुनेछ ।

प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभाको सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्नेछ ।

प्रदेश नं २ मा मधेश केन्द्रित दलको पल्लामा भारी मत रहेकाले उनीहरुको बहुमतको सरकार बन्ने निश्चित छ । सो प्रदेशलाई विकास र समृद्धिको दिशामा अघि बढाउन ठूलो जिम्मेवारी मधेश केन्द्रित दलको काँधमा छ ।

यद्यपि, आफ्ना न्यूनतम साझा कार्यक्रममा सहमत हुने अन्य राजनीतिक दललाई सरकारमा सहकार्य गर्न आवश्यक पहल गरिने नेताहरुले बताएका छन् ।

राजपाका महासचिव सुमनका अनुसार राष्ट्रिय निर्वाचनमा नेपाली काँग्रेससँग सहकार्य गर्ने निर्णय भएकाले उसँग सहकार्य हुनसक्ने छ । मधेशका मुद्दाप्रति वाम गठबन्धनले सहमत जनाएको खण्डमा उनीहरुसँग पनि सरकार गठनमा सहकार्य हुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सचिवालय बैठक बोलायो नेकपा एसले
सचिवालय बैठक बोलायो नेकपा एसले
देउवाले धान रोप्दै भने:  फेरि एक नम्बर पार्टी बनाउँछु
देउवाले धान रोप्दै भने: फेरि एक नम्बर पार्टी बनाउँछु
लोकसेवा तयारी कक्षामा लगानी गर्दै गाउँपालिका
लोकसेवा तयारी कक्षामा लगानी गर्दै गाउँपालिका
रौतहट क्षेत्र नम्बर ३ मा प्रभु साहको अग्रता कायम
रौतहट क्षेत्र नम्बर ३ मा प्रभु साहको अग्रता कायम
उपकुलपति डा. भण्डारीका कारण राप्ती उपक्षेत्रीय अस्पताल डामाडोल, भविष्य धरापमा
उपकुलपति डा. भण्डारीका कारण राप्ती उपक्षेत्रीय अस्पताल डामाडोल, भविष्य धरापमा
एसिया कप क्रिकेटः पाकिस्तान सामु हङ्कङ्काे निरिह प्रदर्शन, पाकिस्तान ८ विकेटले विजयी !
एसिया कप क्रिकेटः पाकिस्तान सामु हङ्कङ्काे निरिह प्रदर्शन, पाकिस्तान ८ विकेटले विजयी !
रोनाल्डोको निर्णायक गोल
रोनाल्डोको निर्णायक गोल
कोशी प्रदेशमा कांग्रेसका थापालाई मुख्यमन्त्री बनाउने सत्तारूढ गठबन्धनको निर्णय
कोशी प्रदेशमा कांग्रेसका थापालाई मुख्यमन्त्री बनाउने सत्तारूढ गठबन्धनको निर्णय
प्रचण्डको नातिनीको बिहेमा भारतीय प्रधानमन्त्रीको शुभकामना
प्रचण्डको नातिनीको बिहेमा भारतीय प्रधानमन्त्रीको शुभकामना
एमसीसी परियोजना कार्यान्वयन हुँदै गएकोमा अमेरिकी सहायक विदेशमन्त्री लु खुसी
एमसीसी परियोजना कार्यान्वयन हुँदै गएकोमा अमेरिकी सहायक विदेशमन्त्री लु खुसी

तपाईंले छुटाउनुभयो कि?