एसिया कप क्रिकेटः पाकिस्तान सामु हङ्कङ्काे निरिह प्रदर्शन, पाकिस्तान ८ विकेटले विजयी !
सारांश
- काठकाडौं, १ असाेज ।
- युएईमा जारी एसिया कप क्रिकेटमा हङकङलाई पराजित गर्दै पाकिस्तानले विजयी सुरुवात गरेको छ ।
- टेस्ट राष्ट्र पाकिस्तान सामु हङ्कङ् निरिह सावित हुँदै ८ विकेटले पराजित भएकाे छ ।
काठकाडौं, १ असाेज । युएईमा जारी एसिया कप क्रिकेटमा हङकङलाई पराजित गर्दै पाकिस्तानले विजयी सुरुवात गरेको छ ।टेस्ट राष्ट्र पाकिस्तान सामु हङ्कङ् निरिह सावित हुँदै ८ विकेटले पराजित भएकाे छ ।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा पाकिस्तानले १ सय १७ रनकाे लक्ष्य २३ दशमलब ४ अाेभरमा २ विकेट गुमाएर भेट्दै हङकङलाई ८ विकेटले पराजित गरेको हो । पाकिस्तानको जितमा इमाम उल हकले अविजित ५० रनको अर्धशतकीय पारी खेले । उनले ६९ बलमा ३ चौका र १ छक्काको मद्दतमा अर्धशतक पूरा गरेका थिए । बाबर आजमले ३३ र फकर जमानले २४ रन बनाए ।
पाकिस्तानविरुद्ध हङकङका इसान खानले २ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको हङकङ ३७.१ ओभरमा सबै विकेटको क्षतिमा ११६ रन मात्रै बनाउन सकेकाे थियाे। सुरुवाती समयमै एकपछि अर्को विकेट गुमाएको हङकङले बलियो टिम पाकिस्तानविरुद्ध राम्रो रन बनाउन सकेन । हङकङका लागि अजिज खानले २७, किनचिट साहले २६ तथा कप्तान अन्सुमान रथले १९ रन बनाए । हङकङलाई सस्तैमा समेट्न पाकिस्तानका उस्मान खानले ३ तथा हसन अली र शहदाब खानले २-२ विकेट लिए ।
एसिया कपमा साेमबार अफगानिस्तानले श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ । श्रीलंकाले पहिलाे खेलमा बंगलादेश विरुद्ध १ सय ३७ रनकाे फराकिलाे रनअन्तरकाे जित निकालेकाे थियाे । अफगानिस्तानकाे भने याे पहिलाे खेल हाे ।
प्रतिक्रिया