प्रदेश २: राउत र यादवको मुख्यमन्त्रीमा टक्कर,हेर्नुहोस् को ,कति बलियो ?

Abhiyanpost Abhiyanpost
|
मंगलबार, माघ ९, २०७४
|
|
३७ पटक हेरिएको
Shares
प्रदेश २: राउत र यादवको  मुख्यमन्त्रीमा टक्कर,हेर्नुहोस् को ,कति बलियो ?

सारांश

  • प्रदेश नम्बर २ को मुख्यमन्त्रीका लागि दुईजना नेता अग्रपंक्तिमा देखिएका छन् ।
  • यो प्रदेशको सबैभन्दा ठुलो दल संघीय समाजवादी फोरमका तर्फबाट केन्द्रीय उपाध्यक्ष मोहमद लालबाबु राउत, केन्द्रीय कोषाध्यक्ष विजय यादव र राजनीतिक समितिका सदस्य शैलेन्द्र साह प्रतिस्पर्धामा देखिएका छन् ।
  • प्रदेश सभा सदस्यको सपथ ग्रहण भइसकेको अवस्थामा संसदीय दलको नेता चयन प्रक्रिया दलहरुले शुरु गरिसकेका छन् ।

प्रदेश नम्बर २ को मुख्यमन्त्रीका लागि दुईजना नेता अग्रपंक्तिमा देखिएका छन् । यो प्रदेशको सबैभन्दा ठुलो दल संघीय समाजवादी फोरमका तर्फबाट केन्द्रीय उपाध्यक्ष मोहमद लालबाबु राउत, केन्द्रीय कोषाध्यक्ष विजय यादव र राजनीतिक समितिका सदस्य शैलेन्द्र साह प्रतिस्पर्धामा देखिएका छन् ।

प्रदेश सभा सदस्यको सपथ ग्रहण भइसकेको अवस्थामा संसदीय दलको नेता चयन प्रक्रिया दलहरुले शुरु गरिसकेका छन् । फोरमको संसदीय दलको नेतामा राउत, यादव र साहले दावेदारी देखाएका छन् ।

मोहमद राउत २०७४ सालको प्रदेश सभा निर्वाचनमा राउत पर्सा क्षेत्र नम्बर १ को प्रदेश सभा ‘ख’ मा विजयी भएका हुन् । उनी २०७० सालमा समानुपातिकतर्फबाट सभासद भएका थिए ।

विजय यादव सिराहा क्षेत्र नम्बर २ प्रदेश सभा ‘क’ बाट निर्वाचित भएका हुन् । उनी २०६४ सालको पहिलो संविधान सभाको निर्वाचनमा विजयी भएर आपूर्ति मन्त्री भएका थिए ।

यादव २०७० सालको दोस्रो संविधान सभाको निर्वाचनमा पराजित भएका थिए । राजनीति समितिका सदस्य साह सप्तरी क्षेत्र नम्बर २ को प्रदेश सभा‘क’ बाट निर्वाचित भएका हुन् ।

फोरम भित्र अध्यक्ष उपेन्द्र यादवनिकट र यादव समुदायको भएकाले विजयको सम्भावना सबैभन्दा प्रबल रहेको पार्टी निकट स्रोतले बताएको छ । केन्द्रीय उपाध्यक्ष राउत भएपनि पार्टीमा विजय वरिष्ठ रहेका उपेन्द्र यादव निकट स्रोतले बताएको छ ।

मुस्लिम भएकै कारण लालबाबुले मुख्यमन्त्री नपाउने चर्चा पनि पार्टीभित्र चलिरहेको छ। फोरममा मधेसी समुदाय, त्यसमा पनि यादव समुदायको प्रभुत्व रहेको छ ।

प्रदेश नम्बर २ को प्रदेश सभामा प्रत्यक्षतर्फ २० र समानुपातिकतर्फ ९ गरी फोरमले २९ सिट जितेको छ । यहाँ फोरम र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको स्पष्ट बहुमत छ ।

राजपाले प्रत्यक्षमा १५ र समानुपातिकमा १० गरी २५ सिट जितेको छ । १०७ सिट रहेको प्रदेश नम्बर २ मा फोरम र राजपाको ५४ सिट हुन्छ । प्रदेश २ को मधेसी दलबाट मुख्यमन्त्री हुने करिब निश्चित छ ।

राजपाका महमन्त्री मनिष सुमन र जितेन्द्र सोनल समेत मुख्यमन्त्रीको दाबेदार छन् । ठुलो दल भएका कारण फोरमबाटै मुख्यमन्त्री हुने बताइएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सकसमा एमाले
सकसमा एमाले
सावित्रा भण्डारीका आमाबुबा भन्छन्, ‘हाम्रो आँखा छलेरै फुटबल खेल्थिन्, प्रगति गरेको देख्दा दंग छौं’
सावित्रा भण्डारीका आमाबुबा भन्छन्, ‘हाम्रो आँखा छलेरै फुटबल खेल्थिन्, प्रगति गरेको देख्दा दंग छौं’
कम्बोडियाबाट फर्केपछि प्रधानमन्त्रीले भने, ‘आवेशमा च्यातेर बहस गर्ने होइन’
कम्बोडियाबाट फर्केपछि प्रधानमन्त्रीले भने, ‘आवेशमा च्यातेर बहस गर्ने होइन’
पारमाणविक हतियार अन्त्य गर्नेसम्बन्धी परामर्श गर्न अमेरिकी विदेशमन्त्री काेरिया जाँदै
पारमाणविक हतियार अन्त्य गर्नेसम्बन्धी परामर्श गर्न अमेरिकी विदेशमन्त्री काेरिया जाँदै
नायिका रेखा थापाले पनि छाडिन् राप्रपा, राणाको पार्टीमा प्रवेश
नायिका रेखा थापाले पनि छाडिन् राप्रपा, राणाको पार्टीमा प्रवेश
सुक्खा सहने धानको बीउ सिफारिश
सुक्खा सहने धानको बीउ सिफारिश
‘आणविक अस्त्र नष्ट गर !’ भन्दै यी देशका राजदूतावास अगाडि विरोध प्रदर्शन
‘आणविक अस्त्र नष्ट गर !’ भन्दै यी देशका राजदूतावास अगाडि विरोध प्रदर्शन
‘प्लाज्मा आयोन टेक्नोलोजी’बाट पैसा सङ्क्रमणरहित !
‘प्लाज्मा आयोन टेक्नोलोजी’बाट पैसा सङ्क्रमणरहित !
‘यौनकर्मी’ नल्याएको भन्दै सुरक्षा गार्डको हत्या
‘यौनकर्मी’ नल्याएको भन्दै सुरक्षा गार्डको हत्या
जमीनमा मात्रै होइन, भारतले आकाशमा पनि कुञ्जुस्याइँ गरिरहेको छ: प्रधानमन्त्री ओली
जमीनमा मात्रै होइन, भारतले आकाशमा पनि कुञ्जुस्याइँ गरिरहेको छ: प्रधानमन्त्री ओली

तपाईंले छुटाउनुभयो कि?