मलेसियाका गृहमन्त्रीले गरे चन्द्रागिरिकाे भ्रमण

Abhiyanpost Abhiyanpost
|
शनिबार, माघ २१, २०७९
|
|
३६ पटक हेरिएको
Shares
मलेसियाका गृहमन्त्रीले गरे चन्द्रागिरिकाे भ्रमण

सारांश

  • काठमाडौँ ।
  • मलेसियाका गृहमन्त्री दतुक सेरी सैफुद्दिन नासुसन इस्मालीले चन्द्रागिरि भ्रमण गरेका छन् ।
  • गृहमन्त्री इस्मालीले आज काठमाडौँको दक्षिण–पश्चिममा अवस्थित चन्द्रागिरि हिल्सको भ्रमण गरेका हुन् ।

काठमाडौँ । मलेसियाका गृहमन्त्री दतुक सेरी सैफुद्दिन नासुसन इस्मालीले चन्द्रागिरि भ्रमण गरेका छन् ।

गृहमन्त्री इस्मालीले आज काठमाडौँको दक्षिण–पश्चिममा अवस्थित चन्द्रागिरि हिल्सको भ्रमण गरेका हुन् । उनलाई चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष हेमराज ढकालले स्वागत गर्नुका साथै त्यहाँ निर्माण गरिएका विभिन्न पूर्वाधारको स्थलगत भ्रमण गराएका थिए ।

चन्द्रागिरिको भ्रमणका क्रममा गृहमन्त्री इस्लामीले एकीकृत पर्यटकीय पुर्वाधार चन्द्रागिरि हिल्स मलेसियाको पर्यटकीय पूर्वाधार ग्यान्टिङ्ग हाइल्याण्डसँग मिल्दोजुल्दो रहेको बताए । उनले उक्त परियोजनाको अवलोकन भ्रमणपछि थप पर्यटकीय पूर्वाधार निर्माणमा नेपाललाई सफलता मिलोस् भन्ने शुभकामना व्यक्त गरेका थिए ।

आईएमईका संस्थापकद्वय चन्द्रप्रसाद ढकाल र हेमराज ढकाल आइएमइको व्यवसाय विस्तारका क्रममा लामो समय मलेसिया बस्दा त्यहाँको ग्यान्टिङ्ग हाइल्याण्डबाट प्रभावित भई यो परियोजना निर्माणमा लागेका थिए।

ऐतिहासिक, सांस्कृतिक तथा प्राकृतिक महत्व बोकेको चन्द्रागिरि डाँडामा चन्द्रागिरि हिल्स लिमिटेडले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क, सेमिनार हल, साहसिक खेल तथा पाँच तारे लक्जरी रिसोर्टलगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारतमा फेरि अर्को बाबा काण्ड, बाबाजीको अश्लिल भिडियो सार्वजनिक
भारतमा फेरि अर्को बाबा काण्ड, बाबाजीको अश्लिल भिडियो सार्वजनिक
सुकमायाको सफलताको कथा, गृहणी देखि सफल कृषी उद्यमी
सुकमायाको सफलताको कथा, गृहणी देखि सफल कृषी उद्यमी
How to Get a Email Order Partner
नेपालका लागि अष्ट्रेलियाका राजदुत लक्की शेर्पाको राजिनामा
नेपालका लागि अष्ट्रेलियाका राजदुत लक्की शेर्पाको राजिनामा
सम्पत्ति छानविन गर्न आयोगमा निवेदन ,कुलमान घिसिङलाई हटाइदै !
सम्पत्ति छानविन गर्न आयोगमा निवेदन ,कुलमान घिसिङलाई हटाइदै !
शाहरूखका छाेराले फाेटाेग्राफरलाइ हप्काएपछि..
शाहरूखका छाेराले फाेटाेग्राफरलाइ हप्काएपछि..
राष्ट्रपति-प्रधानमन्त्रीबीच टकरारको संकेत, आचारसंहिताविपरीत मन्त्रिपरिषद् विस्तार !
राष्ट्रपति-प्रधानमन्त्रीबीच टकरारको संकेत, आचारसंहिताविपरीत मन्त्रिपरिषद् विस्तार !
जाजरकोटलाई गौरव गर्न लायक जिल्ला बनाइने
जाजरकोटलाई गौरव गर्न लायक जिल्ला बनाइने
वायु सेवा निगमको कार्यकारी अध्यक्षमा घिमिरे नियुक्त
वायु सेवा निगमको कार्यकारी अध्यक्षमा घिमिरे नियुक्त
ओली नेतृत्वको स्थिर सरकार,नेपाली जनताको चाहना : भाजपा नेता विजय जोली ( भिडियो अन्तर्वार्ता)
ओली नेतृत्वको स्थिर सरकार,नेपाली जनताको चाहना : भाजपा नेता विजय जोली ( भिडियो अन्तर्वार्ता)

तपाईंले छुटाउनुभयो कि?