प्रदेश ४ को उपसभामुखमा सिर्जना शर्मा निर्वाचित

Abhiyanpost Abhiyanpost
|
आइतबार, फाल्गुन ६, २०७४
|
|
४३ पटक हेरिएको
Shares
प्रदेश ४ को उपसभामुखमा सिर्जना शर्मा निर्वाचित

सारांश

  • एमाले सांसद् सिर्जना शर्मा प्रदेश ४ का उपसभामुख निर्वाचित भएकी छन् ।
  • उपसभामुख चयनका लागि आइतबार भएको निर्वाचनमा सांसद शर्मा ३८ मतसहित निर्वाचित भएकी हुन् ।
  • शर्माको विपक्षमा १८ मत खसेको छ ।

एमाले सांसद् सिर्जना शर्मा प्रदेश ४ का उपसभामुख निर्वाचित भएकी छन् । उपसभामुख चयनका लागि आइतबार भएको निर्वाचनमा सांसद शर्मा ३८ मतसहित निर्वाचित भएकी हुन् । शर्माको विपक्षमा १८ मत खसेको छ ।

एमाले सांसद मायानाथ अधिकारीको प्रस्ताव र माओवादी प्रदेश ४ का प्रमुख सचेतक गायत्री गुरुङको समर्थनमा शर्माले उपसभामुखको मनोनयन दर्ता गरेकी थिइन् । उपसभामुखको निर्वाचनमा ५६ सांसद उपस्थित थिए । ६० सदस्यीय प्रदेशसभामा एमालेको २७, कांग्रेसको १५, माओवादीको १२, जनमोर्चाको ३ र नयाँ शक्तिका दुई जनाको प्रतिनिधित्व रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?