प्रधानन्यायाधीश पराजुलीको नियुक्ति नै बदर गर्न डा. केसीको माग

Abhiyanpost Abhiyanpost
|
शनिबार, माघ २७, २०७४
|
४
|
६१ पटक हेरिएको
Shares
प्रधानन्यायाधीश पराजुलीको नियुक्ति नै बदर गर्न डा. केसीको माग

सारांश

  • काठमाडौं, माघ २७ ।
  • प्रधानन्यायाधीश गोपाल पराजुलीको नियुक्ति नै बदर गर्न त्रिवि शिक्षण अस्पतालका प्रा.
  • डा.

काठमाडौं, माघ २७ । प्रधानन्यायाधीश गोपाल पराजुलीको नियुक्ति नै बदर गर्न त्रिवि शिक्षण अस्पतालका प्रा. डा. गोविन्द केसीले माग गरेका छन् ।

सर्वोच्चले दिएको कागजात र विभिन्न सञ्चार माध्यामहरुमा आएको तथ्यका आधारमा पराजुलीका चार अलगअलग जन्ममिति भेटिएको तथा प्रवेशिका वा सो सरहको परीक्षा पास गरेको चारित्रिक प्रमाणपत्र नै पेश नगरी अध्ययन गरेको तथा न्यायाधीश नियुक्त भएको देखिएको डा. केसीले बताए ।

सर्वोच्चले पराजुलीको नागरिकता र शैक्षिकप्रमाणपत्रका प्रतिलिपिहरु उपलब्ध गराएपछि डा. केसीले शनिबार पत्रकार सम्मेलन गरेर पराजुलीको नियुक्ति बदरसहित पाँचबुँदे माग अघि सारेका छन् । धेरै ठाउँमा प्रवेशिका परीक्षा फेल भएको चितवनको ट्रान्सकिप्ट नै पेश गरेको भन्दै डा. केसीले वीरगञ्जबाट प्रवेशिका परीक्षा पास गरेको भनिएको शैक्षिक प्रमाणपत्रमाथि शंका व्यक्त गरेका छन् ।

तनहुँबाट नागरिकता लिएका पराजुलीले क्षेत्रधिकार नै नभएको काठमाडौं जिल्ला प्रशासनबाट प्रतिलिपि लिने क्रममा जन्ममिति सच्याउनु गैरकानुनी भएकोे उनले बताए ।

पराजुलीले नै आफूविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता गर्न रोकेको भन्दै उनले तत्काल दर्ता गर्न माग गरेका छन् । साथै पराजुलीले वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीलाई दिएको भनिएको ज्यानमार्ने धम्कीबारे अनुसन्धानको माग गरेका छन् ।

प्रतिक्रिया

4 कमेन्ट

    Comment Author

    Chudamani Dhurba Devkota

    नैतिकता को ईज्जतको लागि राजिनामा दे

    Comment Author

    Thapa Gyanu

    Sankai sanka

    Comment Author

    Dil Thapa

    Good kuragood kura

    Comment Author

    Deewakar Pandey

    right

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 4
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?