प्रधानमन्त्री ओलीको उद्घोष- दुई वर्ष पुग्नुभन्दा एक साता अघि नै राजीनामा दिन्छु

Abhiyanpost Abhiyanpost
|
मंगलबार, श्रावण १५, २०८१
|
|
५२ पटक हेरिएको
Shares
प्रधानमन्त्री ओलीको उद्घोष- दुई वर्ष पुग्नुभन्दा एक साता अघि नै राजीनामा दिन्छु

सारांश

  • काठमाडौं।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक गम्भीर परिस्थितिबाट गुज्रिरहेका बेला दुई प्रमुख दलको सहकार्यमा वर्तमान सरकार गठन भएकाले यसलाई कुनै हालतमा पनि सफल बनाउनुपर्ने बताएका छन्।
  • प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सचिवहरुलाई निर्देशन दिँदै प्रधानमन्त्री ओलीले अघिल्लो सरकारबाट जनचाहनाअनुसार काम हुन नसकेको र जनतामा निराशा छाएकाले दुई प्रमुख पार्टीको अगुवाइमा सरकार परिवर्तन गर्नुपरेको आफूले सदनमा विश्वासको मत माग्ने क्रममा पनि स्पष्ट पारिसकेको स्मरण गराए।

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक गम्भीर परिस्थितिबाट गुज्रिरहेका बेला दुई प्रमुख दलको सहकार्यमा वर्तमान सरकार गठन भएकाले यसलाई कुनै हालतमा पनि सफल बनाउनुपर्ने बताएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सचिवहरुलाई निर्देशन दिँदै प्रधानमन्त्री ओलीले अघिल्लो सरकारबाट जनचाहनाअनुसार काम हुन नसकेको र जनतामा निराशा छाएकाले दुई प्रमुख पार्टीको अगुवाइमा सरकार परिवर्तन गर्नुपरेको आफूले सदनमा विश्वासको मत माग्ने क्रममा पनि स्पष्ट पारिसकेको स्मरण गराए।

“यी दुई पार्टी मुलुकको आर्थिक, सामाजिक रुपान्तरणमा विशेष योगदान दिँदै आएका पार्टी हुन् । राणाकालदेखि राजतन्त्रसम्मको आन्दोलन लडेर आएका यी पार्टी मुलुकको विकास र परिवर्तनका लागि सधैँ मुख्य भूमिकामा छन् । त्यसकारण यो सरकारको काँधमा असाधारण जिम्मेवारी छ । यसलाई असफल हुने छुट छैन र कुनै हालतमा असफल हुन दिइँदैन ।” , प्रधानमन्त्रीले भने।

यो सरकार पनि कति दिन चल्ने हो र भनेर भ्रम फैलाउनेलाई लक्ष्य गर्दै प्रधानमन्त्री ओलीले आफूले सहमतिबमोजिम दुई वर्ष पुग्नुभन्दा एक साता अघि नै राजीनामा दिने र त्यसपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व गर्ने बताए।

“त्यसकारण यो सरकार ढल्ने त के ढलपल पनि हुँदैन । कर्मचारी ढुक्कले काम गर्नुस्, त्यसको जिम्मेवारी सरकारले लिनेछ,” प्रधानमन्त्री ओलीले भने। उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा बमोजिम जनतामा प्रभावकारी सेवा प्रवाह गर्न, भोकमरी, र कुशासन हटाउँदै विकासको गतिलाई तीव्रता दिन योजनाबद्ध ढंगले काम गर्न निर्देशन दिए।

उपप्रधानमन्त्री, मन्त्रीगणलगायत विशिष्ट पदाधिकारी सहभागी बैठकमा प्रधानमन्त्री ओलीले भने, “असफल हुँदैन भनेर हामी हातमा हात बाँधेर आरामले बसेर हुँदैन। हामीले सफलताको सङ्केत चालु आर्थिक वर्षमा दिनुपर्छ। अर्को आर्थिक वर्षमा अझ धेरै काम गर्नुपर्छ। यो सरकार ‘एक्सन ओरिएन्टेड’ हो । देशका लागि केही गर्रौँ भन्ने अठोट भएको सरकार हो। यसले को पक्ष को प्रतिपक्ष भन्ने आधारमा भेदभाव गर्दैन। बिना आग्रह मूल्यांकन गरेर निर्णयमा जान्छ।”

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सन्दीप लामिछानेको मुद्दामा अभिलेख झिकाउने आदेश
सन्दीप लामिछानेको मुद्दामा अभिलेख झिकाउने आदेश
‘नर्थ अन्नपूर्ण’ आधार शिविरमा शरद्याममा पनि पर्यटक
‘नर्थ अन्नपूर्ण’ आधार शिविरमा शरद्याममा पनि पर्यटक
पुर्ब प्रम भट्टराईको हिन्दु धर्म प्रतिको अभिव्यक्ति आपत्तिजनकः कमल थापा
पुर्ब प्रम भट्टराईको हिन्दु धर्म प्रतिको अभिव्यक्ति आपत्तिजनकः कमल थापा
नेपालमा भारतीय टीभी च्यानलहरूको प्रसारण फेरि बन्द
नेपालमा भारतीय टीभी च्यानलहरूको प्रसारण फेरि बन्द
प्रतिनिधिसभा बैठक बस्दै, सभामुख चयन आज पनि असंभव
प्रतिनिधिसभा बैठक बस्दै, सभामुख चयन आज पनि असंभव
चिकित्सा शिक्षा विधेयकमा भएको त्रुटि सच्याउन डा. केसीको आग्रह
चिकित्सा शिक्षा विधेयकमा भएको त्रुटि सच्याउन डा. केसीको आग्रह
नेविसंघ कार्यकर्ताहरुलाई तत्काल रिहा नगरे आन्दोलन गर्ने महामन्त्री तिमल्सिनाको चेतावनी
नेविसंघ कार्यकर्ताहरुलाई तत्काल रिहा नगरे आन्दोलन गर्ने महामन्त्री तिमल्सिनाको चेतावनी
अफगानिस्तानमा घानीलाई अब्दुल्लाले राष्ट्रपति नमान्ने
अफगानिस्तानमा घानीलाई अब्दुल्लाले राष्ट्रपति नमान्ने
यसकारण बस्दैछ नेकपाकाे सचिवालय बैठक
यसकारण बस्दैछ नेकपाकाे सचिवालय बैठक
१२५ थान मतदाता परिचय पत्र खोसेर भाग्ने निवर्तमान वडाध्यक्ष पक्राउ
१२५ थान मतदाता परिचय पत्र खोसेर भाग्ने निवर्तमान वडाध्यक्ष पक्राउ

तपाईंले छुटाउनुभयो कि?