प्रधानमन्त्री ओली काठमाडौंमा
सारांश
- काठमाडौं, १८ असाेज ।
- संयुक्त राष्ट्र संघको महासभामा भाग लिन जानु भएका प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्केका छन् ।
- कतार एयरवेजको जहाजबाट फर्केका प्रधानमन्त्री ओलीले अबको केही बेरमा विमानस्थलमा पत्रकार सम्मेलन आयोजना गरेर भ्रमणका उपलब्धी सम्बन्धमा जानकारी दिँदैछन् ।
काठमाडौं, १८ असाेज । संयुक्त राष्ट्र संघको महासभामा भाग लिन जानु भएका प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्केका छन् । कतार एयरवेजको जहाजबाट फर्केका प्रधानमन्त्री ओलीले अबको केही बेरमा विमानस्थलमा पत्रकार सम्मेलन आयोजना गरेर भ्रमणका उपलब्धी सम्बन्धमा जानकारी दिँदैछन् ।
प्रधानमन्त्री ओली सवार जहाज काठमाडौंस्थित विमानस्थलमा भर्खरै अवतरण गरेको विमानस्थल कार्यालयले जनाएको छ । प्रधानमन्त्री ओलीको स्वागतको लागि कार्यबाहक प्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा बादललगायतका उच्च पदस्थ व्यक्तिहरु विमानस्थल पुगिसकेका छन् ।
प्रतिक्रिया