प्रधानमन्त्री र सातवटै मुख्यमन्त्री बालुवाटारमा भेला, के विषयमा भयाे छलफल?

Abhiyanpost Abhiyanpost
|
बिहिबार, चैत्र २१, २०७५
|
|
४१ पटक हेरिएको
Shares
प्रधानमन्त्री र सातवटै मुख्यमन्त्री बालुवाटारमा भेला, के विषयमा भयाे छलफल?

सारांश

  • काठमाडौैं।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले सात वटै प्रदेशका मुख्य मन्त्रीहरुसँग सामूहिक भेटवार्ता गरेका छन्।
  • प्रधानमन्त्री ओलीले सातवटै प्रदेशका मुख्यमन्त्रीहरुसँग बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सामूहिक भेट गरी आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रमका विषयमा केन्द्रित भएर छलफल गरेका हुन्।
काठमाडौैं। प्रधानमन्त्री केपी शर्मा ओलीले सात वटै प्रदेशका मुख्य मन्त्रीहरुसँग सामूहिक भेटवार्ता गरेका छन्।
प्रधानमन्त्री ओलीले सातवटै प्रदेशका मुख्यमन्त्रीहरुसँग बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सामूहिक भेट गरी आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रमका विषयमा केन्द्रित भएर छलफल गरेका हुन्। छलफलमा मुख्यमन्त्रीहरुले आगामी आर्थिक वर्षमा प्रदेश सरकारलाई कम्तिमा ३३ प्रतिशत बजेटको व्यवस्था गर्न माग गरेका थिए।
चालू आर्थिक वर्षको बजेट न्यून भएकाले त्यसलाई बढाएर आगामी आर्थिक वर्षमा कम्तिमा पनि ३३ प्रतिशत पु–याउन प्रधानमन्त्री ओलीलाई आग्रह गरिएको प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले जानकारी दिए। प्रदेश सरकारका मुख्यमन्त्रीहरुले चालू आर्थिक वर्षको बजेट न्यून देखिएको भन्दै संघीय सरकारको आलोचना गर्दै आएका थिए।
त्यसैगरी मुख्यमन्त्रीहरुले अन्तर प्रदेश समन्वय परिषद बैठकले जारी गरेको २९ बुँदे सहमति कार्यान्वयनको कामलाई प्रभावकारी बनाउन पनि प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएका थिए। अन्तर प्रदेश समन्वय परिषदले जारी गरेको २९ बूँदे सहमति कार्यान्वयनको कामलाई प्रभावकारी बनाउन पनि प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराइएको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले बताए।
छलफलमा प्रधानमन्त्री ओलीले आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रमका विषयमा विस्तृत छलफल गर्न आगामी बैशाख १२ र १३ गते राष्ट्रिय समन्वय परिषदको बैठक बोलाउने योजना तय गरिएको पनि मुख्य मन्त्रीहरुलाई जानकारी गराएका थिए। प्रधानमन्त्री ओलीले प्रदेश २ को बारा र पर्सामा आएको आँधिहुरी प्रभावित क्षेत्रको आवास निर्माणका लागि पनि सबै प्रदेशलाई सहयोग गर्न आग्रह गरेका थिए।

Virus-free. www.avast.com

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?