प्रविण थापाको निर्देशनमा नारायण खड्काको ‘हे भगवान’ बजारमा (भिडियोसहित)
सारांश
- काठमाडौं, ९ माघ ।
- विगत लामो समयदेखि गीत संगीतको क्षेत्रमा क्रियाशिल नाम हो नारायण खड्का ।
- खड्का आफैँमा कुशल गायक शब्द संकलन र गीत लयमा पोख्त छन् ।
काठमाडौं, ९ माघ । विगत लामो समयदेखि गीत संगीतको क्षेत्रमा क्रियाशिल नाम हो नारायण खड्का । खड्का आफैँमा कुशल गायक शब्द संकलन र गीत लयमा पोख्त छन् ।
भर्खर मात्र बजारमा आएको ‘हे भगवान’ बोलको गीतमा आफ्नो सुमधुर स्वर भरेका खड्कालाई गीत संगीतलाई माया गर्ने कुशल गायिका सलिना मगरले साथ दिएकी छिन् ।
आफ्नो प्रेमिकालाई आफू भन्दा पनि ज्यादा माया गर्दा गर्दै केही समय कुर्न नसकि अर्कैसँग विवाह बन्धनमा बाँधिएको विषयवस्तु समेटि उत्कृष्ट शव्द र लयसहित पीडाको वियोगान्त गीत बनाएका छन् ।
हालै मात्र बजारमा आएको गीतले बजारमा राम्रै चर्चा पाउन सफल भएको छ । सो गीतको भिडियो अहिलेका व्यस्त निर्देशक प्रविण थापाले गरेका हुन् । थापाको निर्देशनमा अभिनय गायक नारायण खड्का र मन्जिता केसीको रहेको छ ।
उत्कृष्ट छायांकन नवराज घिमिरेको छ भने सम्पादन शक्ति प्रज्वल घिमिरेले गरेका छन् । ह्वाईट मिडियामा दृश्य निर्माण भएको सो गीतको बजार व्यवस्थापन अनलाईन म्यूजिक डिजिटल प्रा.लि. ले गरेको छ ।
https://www.youtube.com/watch?v=4DW1oAJshas
प्रतिक्रिया