प्रिमियर कप फाइनल : नेपालद्वारा यूएई सामू २८१ रनको लक्ष्य प्रस्तुत

Abhiyanpost Abhiyanpost
|
मंगलबार, कार्तिक ७, २०८०
|
|
३६ पटक हेरिएको
Shares
प्रिमियर कप फाइनल : नेपालद्वारा यूएई सामू २८१ रनको लक्ष्य प्रस्तुत

सारांश

  • काठमाडौं।
  • एसिसी यू १९ प्रिमियर कप क्रिकेट प्रतियोगिताको फाइनलमा नेपालले यूएई सामू दुई सय ८१ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ।
  • मलेसियाको बायोमास ओभलमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा दुई सय ८० रन बनायो ।

काठमाडौं। एसिसी यू १९ प्रिमियर कप क्रिकेट प्रतियोगिताको फाइनलमा नेपालले यूएई सामू दुई सय ८१ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ।

मलेसियाको बायोमास ओभलमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा दुई सय ८० रन बनायो । नेपालका लागि देव खनालले सर्वाधिक एक सय रनको महत्वपूर्ण योगदान दिए। उनले ९२ बल खेल्दै ९ चौका र ३ छक्का प्रहार गरे।

त्यस्तै उत्तम थापा मगरले ५७ रन जोडे भने अर्जुन कुमालले ५५ रन बनाए। अर्जुन र देवले तेस्रो विकेटका लागि एक सय २५ रनको उत्कृष्ट शतकीय साझेदारी गरे। दीपक डुम्रेले २८ रन बनाए भने दीपेश कँडेलले १०, दीपक बोहराले पाँच, हेमन्त धामीले सात तथा विशाल विक्रम केसी तीन रनमा आउट भए।

यूएईका लागि हरित शेठ्ठीले पाँच विकेट लिए भने कप्तान आयन खानले दुई विकेट लिए । यूएई अहिले जवाफी व्याटिङमा उत्रेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?