फागुन २३ देखि सामान आयात हुने

Abhiyanpost Abhiyanpost
|
बुधबार, फाल्गुन ९, २०७४
|
|
५५ पटक हेरिएको
Shares
फागुन २३ देखि सामान आयात हुने

सारांश

  • रसुवा, ९ फागुन, सामान आयात क्रमशः बढ्न थालेपछि रसुवागढी भन्सारको राजश्व लक्ष्यभन्दा बढी असुली भएको छ ।
  • रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत गोपाल कोइरालाका अनुसार माघ महिनाको राजश्व असुली रु २९ करोडको लक्ष्य राखिएकामा सामान आयात बढ्दै जाँदा रु ३१ करोड असुली भएको छ ।
  • चीनबाट नेपाल भित्रने सामग्रीमा जुत्ता, चप्पल, थर्मस, कपडा, शिशुका खेलौना, विद्युतीय उपकरणलगायत विविध सामग्री आयात हुने गरेको छ ।

रसुवा, ९ फागुन, सामान आयात क्रमशः बढ्न थालेपछि रसुवागढी भन्सारको राजश्व लक्ष्यभन्दा बढी असुली भएको छ ।

रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत गोपाल कोइरालाका अनुसार माघ महिनाको राजश्व असुली रु २९ करोडको लक्ष्य राखिएकामा सामान आयात बढ्दै जाँदा रु ३१ करोड असुली भएको छ । चीनबाट नेपाल भित्रने सामग्रीमा जुत्ता, चप्पल, थर्मस, कपडा, शिशुका खेलौना, विद्युतीय उपकरणलगायत विविध सामग्री आयात हुने गरेको छ । चालु आर्थिक वर्षको साउनदेखि माघ मसान्तसम्म मूल्य अभिवृद्धि करसमेत रु एक अर्ब ९२ करोड राजश्व असुली भएको बताइएको छ ।

चिनियाँ नयाँ वर्ष र ल्होछार पर्व परेका कारण गत माघको अन्तिम सातादेखि रसुवागढी नाकाबाट सामान आउन बन्द भएको बताउँदै प्रमुख भन्सार अधिकृत कोइरालाले अब यही फागुनको २३ गतेदेखि केरुङमा रहेका नेपाली ट्रक तथा कन्टेनर सामान लिई नेपाल फर्कने बताउनुभयो ।

सामान आयातको काम ल्होछार पर्वले बन्द भए पनि दैनिक रुपमा २५–३० चिनियाँ पर्यटक भने ओहोरदोहोर गरिरहेको सीमा प्रहरी चौकीका प्रहरी निरीक्षक रञ्जन दाहालले जानकारी दिनुभयो । चिनियाँ नयाँ वर्ष र ल्होछार पर्वका बन्द ढुवानी सेवा अबको १० दिनपछि सञ्चालन हुने केरुङस्थित ढुवानीकर्ता मुसा ट्रान्सपोर्टले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

फागुनभित्रै देशले नयाँ राष्ट्रपति र उपराष्ट्रपति पनि पाउने
फागुनभित्रै देशले नयाँ राष्ट्रपति र उपराष्ट्रपति पनि पाउने
स्वास्थ्यमन्त्री ढकालको घोषणा : आवश्यक परे स्वास्थ्य संकटकालको घोषणा गर्छौं
स्वास्थ्यमन्त्री ढकालको घोषणा : आवश्यक परे स्वास्थ्य संकटकालको घोषणा गर्छौं
जागरण अभियान प्रभावकारी बनेको छ, अब गुटको अन्त्य हुन्छ : यादव
जागरण अभियान प्रभावकारी बनेको छ, अब गुटको अन्त्य हुन्छ : यादव
कांग्रेस जिल्ला सभापतिहरुको भेलाले ३८ बुँदे घोषणापत्र, समानुपातिकबाट एकपटक मात्र अवसर
कांग्रेस जिल्ला सभापतिहरुको भेलाले ३८ बुँदे घोषणापत्र, समानुपातिकबाट एकपटक मात्र अवसर
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज : नेविसंघको भविष्य निर्धारण हुने
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज : नेविसंघको भविष्य निर्धारण हुने
कोरोना भाइरसका कारण उपत्यका छाड्नेको सङ्ख्यामा वुद्धि
कोरोना भाइरसका कारण उपत्यका छाड्नेको सङ्ख्यामा वुद्धि
बिस्केट जात्रालाई शान्तिपूर्ण बनाइने
बिस्केट जात्रालाई शान्तिपूर्ण बनाइने
एमाले माओवादी कार्यकर्ता बिच कुटाकुट ।
एमाले माओवादी कार्यकर्ता बिच कुटाकुट ।
परदेशीको पिडा समेटेर बसन्त र कुलेन्द्रको सहकार्यमा अर्को प्रस्तुति (भिडियो सहित)
देउवा पत्नी राणाले मागिन हेलिकप्टर चढ्न सक्नेलाई भोट
देउवा पत्नी राणाले मागिन हेलिकप्टर चढ्न सक्नेलाई भोट

तपाईंले छुटाउनुभयो कि?