फिडेल क्यास्ट्रोका छोराद्वारा आत्महत्या

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, माघ १९, २०७४
|
|
५२ पटक हेरिएको
Shares
फिडेल क्यास्ट्रोका छोराद्वारा आत्महत्या

सारांश

  • काठमाडौं, १९ माघ- क्युवाका पूर्वराष्ट्रपति फिडेल क्यास्ट्रोका छोराले बिहीबार बिहान आत्महत्या गरेको छन् ।
  • क्यास्ट्रोका ६८ वर्षका जेठा छोरा फिडेल एन्जलले आत्महत्या गरेको क्युवाको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले बताएका छन् ।
  • फिडेलीटोको नामबाट चर्चित एन्जलले हवानास्थित आफ्नै घरमा आत्महत्या गरेका हुन् ।

काठमाडौं, १९ माघ- क्युवाका पूर्वराष्ट्रपति फिडेल क्यास्ट्रोका छोराले बिहीबार बिहान आत्महत्या गरेको छन् । क्यास्ट्रोका ६८ वर्षका जेठा छोरा फिडेल एन्जलले आत्महत्या गरेको क्युवाको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले बताएका छन् । फिडेलीटोको नामबाट चर्चित एन्जलले हवानास्थित आफ्नै घरमा आत्महत्या गरेका हुन् ।

एन्जल फिडेल केही महिनादेखि डिप्रेसनमा फसेका थिए । डिप्रेसनमा रहेका एन्जलको अस्पतालमा राखेर केही महिना उपचार गरिएको थियो । उनकै घरमा चिकित्सकहरुको समूहले उपचार गर्दै आएका थिए ।

उनको घरमै चिकित्सककै निगरानीमै रहेका बेला उनले बिहीबार आत्महत्या गरेका हुन् । क्युबाली क्रान्तिको नायकका रुपमा चिनिने उनका पिता फिडेल क्यास्ट्रोको निधन २०१६ नोभेम्बरमा भएको थियो ।

तत्कालीन सोभियत संघमा विज्ञान विषय पढेका फिडेलीटो आणबिक भौतिकशास्त्री समेत रहेका उनले क्युबा सरकारको सल्लाहकारको रुपमा समेत काम गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?