फुलपातीको विशेष महत्व

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, कार्तिक ७, २०७७
|
|
४९ पटक हेरिएको
Shares
फुलपातीको विशेष महत्व

सारांश

  • दशैको पहिलो दिन जस्तै सप्तमी, अष्टमी, नवमी एवं दशमी तिथिको महत्व धेरै हुन्छ ।
  • सप्तमी तिथिको दिन दशैको लागि पुजा सामाग्री स्वरुप फुलपाती आँगनमा प्रवेश गराउने कार्य हुन्छ ।
  • फुलपातीको दिन टुँडिखेलमा बढाइँ भएपछि फुलपाती स्वरुप केरा, दारिम, धान, हलेदो, मने, कर्चुर, बेल, अशोक र जयन्ती यी नौ प्रकारका पातहरुलाई पुजी प्रत्येकको नौका दरले दुर्गापुजा गरेको स्थानमा भित्राइन्छ ।

दशैको पहिलो दिन जस्तै सप्तमी, अष्टमी, नवमी एवं दशमी तिथिको महत्व धेरै हुन्छ । सप्तमी तिथिको दिन दशैको लागि पुजा सामाग्री स्वरुप फुलपाती आँगनमा प्रवेश गराउने कार्य हुन्छ । फुलपातीको दिन टुँडिखेलमा बढाइँ भएपछि फुलपाती स्वरुप केरा, दारिम, धान, हलेदो, मने, कर्चुर, बेल, अशोक र जयन्ती यी नौ प्रकारका पातहरुलाई पुजी प्रत्येकको नौका दरले दुर्गापुजा गरेको स्थानमा भित्राइन्छ ।

यी नौ पातमा क्रमशः ब्रहाणी, रक्तचण्डिका, लक्ष्मी, दुर्गा, चामुन्डा, कालिका, शिवा, शोकहारिणी र कात्र्तिकी देवीलाई एक एक गरी आवाह्रान कगरेर सोह्र सामाग्रीले पुजिन्छ । इन्द्र, शिव, विष्णु एवं श्रीरामले वृतासुर, त्रिपुरासुर, मधुकैटभ तथा रावण वधको लागि क्रमसँगै नवरात्र व्रत गरेका थिए ।

यस दिनमा बिशेष गरेर महासरस्वती तथा पुस्तक, कापी, कलम अनि मसीदानी आदीको पनि पुजा गरिन्छ । यस दिनमा गोरखा दरबारको दशैघरबाट ल्याइएको फुलपाती राजधानी ल्याई बढाइँको साथ हनुमान ढोका भित्राइन्छ ।

यसरी मनाइन्छ फुलपाती

फुलपातीको आफ्नै महत्व रहेको छ । घटस्थापनाको दिनदेखि दशै सुरु भएर दशैको चहलपहल भने फुलपाती सम्म रहन्छ । घर–घरमा फुलपाती भित्राएर दशैको रौनक सुरु हुन्छ । शुभ साइतको प्रतिक मानेर फुलपाती भित्राउने गरिन्छ । गोरखा देखि धादिङ जिल्लाको जीवनपुरसम्म दशैघरका पुजारीसहित मगर जातिका ६ जनाले ल्याउने र धादिङको जीवनपुरदेखि काठमाडौंको जमलसम्म काठमाडौंबाट गएका ब्राहण जातिका ६ जनाले ल्याउने परम्परा छ ।

जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्चपदस्थ अधिकारी, गुर्जुका पल्टन, ब्यान्डबाजा, पञ्चेबाजा, सिंगारिएका कल्स्यौडी र सास्कृतिक नाचगानसहितको लावालस्करका साथमा फुलपाती ल्याउने चलन छ । राजतन्त्रको समयमा हनुमानढोकाका दरबारको दशैघरमा फुलपाती भित्राँउदा राजा उपस्तिथ हुने चलन रहे पनि हालको गणतन्त्रमा भने सस्कृतिमन्त्री उपस्थित हुने गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारत र अमेरिकाको एउटै चासो: प्रचण्ड सरकारको विदेश नीतिको निरन्तरता होस्
सुन्दर युवती देख्नै नहुने पूर्वराष्ट्रपति
सुन्दर युवती देख्नै नहुने पूर्वराष्ट्रपति
शंकास्पद डलर ल्याएका भनिएका शाह फरार
शंकास्पद डलर ल्याएका भनिएका शाह फरार
आकासमै बच्चा जन्मिएपछि विमानको आकस्मिक अवतरण
आकासमै बच्चा जन्मिएपछि विमानको आकस्मिक अवतरण
चीन र दक्षिण कोरियामा कोरोनाको महामारी, बीचको उत्तर कोरियामा शून्य संक्रमण कसरी ?
चीन र दक्षिण कोरियामा कोरोनाको महामारी, बीचको उत्तर कोरियामा शून्य संक्रमण कसरी ?
म्यानमारका राष्ट्रपति विन माइन्ट लुम्बिनी भ्रमणमा
म्यानमारका राष्ट्रपति विन माइन्ट लुम्बिनी भ्रमणमा
सुब्बा र खरिदारले चलाएकाे हुम्ला !
सुब्बा र खरिदारले चलाएकाे हुम्ला !
जन्ती चढेको बसमा ११ हजार भोल्टको करेन्ट प्रवाह , मृत्यु हुनेको संख्या ९ पुग्यो
जन्ती चढेको बसमा ११ हजार भोल्टको करेन्ट प्रवाह , मृत्यु हुनेको संख्या ९ पुग्यो
बलिउड अभिनेत्री रेखाको फिटनेस र ब्यूटी सेक्रेट्स
बलिउड अभिनेत्री रेखाको फिटनेस र ब्यूटी सेक्रेट्स
देजमोका उम्मेदवारहरुलाई जनताद्धारा भव्य स्वागत ,हेर्नुहोस् यसरी हल्लीयो गठवन्धनका किल्लाहरु
देजमोका उम्मेदवारहरुलाई जनताद्धारा भव्य स्वागत ,हेर्नुहोस् यसरी हल्लीयो गठवन्धनका किल्लाहरु

तपाईंले छुटाउनुभयो कि?