फेरि नेपाल आउन नपाउने गरी चार्ल्स शोभराजलाई फ्रान्स पठाइँदै

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, पौष ८, २०७९
|
१
|
५० पटक हेरिएको
Shares
फेरि नेपाल आउन नपाउने गरी चार्ल्स शोभराजलाई फ्रान्स पठाइँदै

सारांश

  • काठमाडौं ।
  • सरकारले ‘विश्व कुख्यात अपराधि फ्रान्सेली नागरिक चार्ल्स शोभराजलाई फेरि नेपाल आउन नपाउने गरी स्वदेश फिर्ता पठाउने तयारी गरेको छ ।
  • सर्वोच्च अदालतको आदेशपछि रिहा भएका ‘सिरियल किलर’ शोभराजलाई अध्यागमन विभागले फेरि नेपाल आउन नपाउने गरी उनकै देश फ्रान्स पठाउने तयारी गरेको हो ।

काठमाडौं । सरकारले ‘विश्व कुख्यात अपराधि फ्रान्सेली नागरिक चार्ल्स शोभराजलाई फेरि नेपाल आउन नपाउने गरी स्वदेश फिर्ता पठाउने तयारी गरेको छ ।

सर्वोच्च अदालतको आदेशपछि रिहा भएका ‘सिरियल किलर’ शोभराजलाई अध्यागमन विभागले फेरि नेपाल आउन नपाउने गरी उनकै देश फ्रान्स पठाउने तयारी गरेको हो ।

त्यसका लागि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको अध्यागमन विभागकी निमित्त महानिर्देशक प्रदर्शनी कुमारीले जानकारी दिए । केन्द्रीय कारागारमा रहेका उनलाई आज कैदमुक्त गरी अध्यागमन विभागको जिम्मा लगाउने तयारी छ ।

सर्वोच्चले शोभराजलाई रिहा गर्न र १५ दिनभित्र स्वदेश फर्काउन बुधबार आदेश दिएको थियो । उनलाई केन्द्रीय कारागारबाट बिहीबारै अध्यागमन विभागको जिम्मा लगाउने तयारी थियो । तर केहि दिन नेपालमै बस्ने इच्छा व्यक्त गरेका उनी रिहा हुन मानेनन् र बिहीबार केन्द्रीय कारागारमै पाहुनाका रुपमा बसे ।

शोभराज सन् १९६३ देखि १९७६ को अवधिमा थाइल्याण्ड, पाकिस्तान, भारत, मलेसिया, फ्रान्स, अफगानिस्तान, टर्की र ग्रिसमा श्रृंखलाबद्ध हत्या गरेर फरार व्यक्ति थिए । उनीविरुद्ध अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन ९इन्टरपोल० ले ग्रिन कर्नर नोटिस जारी गरेको थियो ।

शोभराजले २१ डिसेम्बर १९७५ मा नेपालको भक्तपुरमा आरमण्ड लरेन्ट क्यारियर र त्यसको दुई दिनपछि कोनिजो ब्रान्ची नामका युवतीको हत्या गरेको बताइन्छ । तर, उनले भक्तपुर घटनामा आफू संलग्न नरहेको बताउने गरेका छन् ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    binance sign up

    Your article helped me a lot, is there any more related content? Thanks! binance Konta Izveidosana

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?