फोहोर ल्याण्डफिल साइटमा पठाउन नसकेपछि महानगरले टेकुमा थाल्यो अस्थायी व्यवस्थापन

Abhiyanpost Abhiyanpost
|
आइतबार, आषाढ २६, २०७९
|
|
३५ पटक हेरिएको
Shares
फोहोर ल्याण्डफिल साइटमा पठाउन नसकेपछि महानगरले टेकुमा थाल्यो अस्थायी व्यवस्थापन

सारांश

  • काठमाडौँ महानगरपालिकाले टेकुस्थित ट्रान्सफर स्टेशनमा रहेको केही भाग फोहोरमा जीवातु राखेर प्लाष्टिकले छोपेको छ ।
  • बर्खाले सडक बिग्रिएपछि पूर्ण क्षमतामा फोहोर ढुवानी हुने सकेको छैन ।
  • अवस्थाका बारेमा जानकारी दिँदै प्रमुख बालेन्द्र शाह (बालेन) को सचिवालय सदस्य इञ्जिनियर सुनिल लम्सालकाअनुसार सहरमा उत्पादन भएको फोहोर संकलन गरेर ट्रान्सफर स्टेशनमा थप्दा दृश्य र दुर्गन्ध बढ्ने भएकोले यसअघि थुप्रिएको फोहोर छोपिएको हो ।

काठमाडौँ महानगरपालिकाले टेकुस्थित ट्रान्सफर स्टेशनमा रहेको केही भाग फोहोरमा जीवातु राखेर प्लाष्टिकले छोपेको छ । बर्खाले सडक बिग्रिएपछि पूर्ण क्षमतामा फोहोर ढुवानी हुने सकेको छैन । अवस्थाका बारेमा जानकारी दिँदै प्रमुख बालेन्द्र शाह (बालेन) को सचिवालय सदस्य इञ्जिनियर सुनिल लम्सालकाअनुसार सहरमा उत्पादन भएको फोहोर संकलन गरेर ट्रान्सफर स्टेशनमा थप्दा दृश्य र दुर्गन्ध बढ्ने भएकोले यसअघि थुप्रिएको फोहोर छोपिएको हो । यसरी छोपिएको फोहोरमा जीवातु हालिएको छ । त्यसमाथि प्लाष्टिकले छोपिएको हो । यसबाट ट्रान्सफर स्टेसनबाट स्थानीयलाई पर्ने असर न्युन हुनेछ ।

अहिले दैनिक संकलन भएको फोहोरलाई स्टेसनको एक साइटमा राखेर ढुवानी गरिँदैछ । आज घाम लागेको छ । यो अवसरलाई छोपेर हामी थप गाडी परिचालन गर्नेछौँ र साइटमा फोहोरको मात्रा घटाउनेछौँ । इञ्जिनियर लम्सालको भनाइ छ ।

ट्रान्सफर स्टेसनलाई फोहोर शुन्य बनाउन महानगरले समय समयमा प्रयास गर्दै आएको छ । ट्रान्सफर स्टेसनलाई फोहोर शुन्य बनाएर त्यस अवस्थालाई कायम राख्ने योजनाअनुरुप प्रयास भएको हो । सवारी साधनको प्राविधिक क्षमता घट्नु, ल्याण्डफिल साइटसँग सम्बन्धित प्राविधिक तथा सामाजिक समस्याले फोहोर ढुवानी हुन नसक्दा समय समयमा ट्रान्सफर स्टेशनमा फोहोर बाँकी हुने गरेको छ । यसरी फोहोर बाँकी रहँदाको अवस्थामा हुने दुर्गन्ध हटाउन समय समयमा प्रयास हुने गरेका छन् । यसअघि जैविक फोहोरमा माइक्रो बायो पोजिटिभ ब्याक्टेरिया मिसाएर दुर्गन्ध हटाउने विधिको परीक्षण गरिएको थियो । यो विधिबाट फोहोरबाट उत्पादन हुने दुर्गन्ध हट्छ ।

यो ब्याक्टेरिया सकारात्मक ब्याक्टेरिया हो । यसले मानव स्वास्थ्यमा कुनै पनि असर गर्दैन । निष्क्रिय बनाएर राखिएको ब्याक्टेरियालाई सक्रिय बनाएर यसको प्रयोग गरिन्छ ।

टेकुमा सञ्चालित ट्रान्सफर स्टेशन ३९ रोपनी जग्गामा छ । त्यसमध्ये ३० रोपनी क्षेत्रफलमा फोहोर व्यवस्थापनमा प्रयोग हुने सवारी राख्ने तथा फोहोर ट्रान्सफर गर्ने गरिएको छ । बाँकी क्षेत्रमा हरियाली बगैंचा बनाएर फोहोरबाट हुने नकारात्मक प्रभाव घटाउने महानगरको प्रयास छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अमेरिका पुर्‍याउने भनेर मलावीमा बन्धक बनाइएका ६ नेपालीको उद्धार
अमेरिका पुर्‍याउने भनेर मलावीमा बन्धक बनाइएका ६ नेपालीको उद्धार
बृद्ध भत्ता दिने तिनै मन्त्री थिए जसले ‘आफ्नो गाउँ आफै बनाउँ’ कार्यक्रम ल्याए
बृद्ध भत्ता दिने तिनै मन्त्री थिए जसले ‘आफ्नो गाउँ आफै बनाउँ’ कार्यक्रम ल्याए
कोरोनाले ल्याएको भोकले दैनिक १२ हजार मृत्यु हुने अनुमान
कोरोनाले ल्याएको भोकले दैनिक १२ हजार मृत्यु हुने अनुमान
मतपत्र च्यातेको अभियोग लागेकालाई मतगणनामा समावेश नगराइने
मतपत्र च्यातेको अभियोग लागेकालाई मतगणनामा समावेश नगराइने
छिन्चु जाजरकोट सडकको भीरबाट बस खस्यो, २ को मृत्यु, २२ जना घाइते
छिन्चु जाजरकोट सडकको भीरबाट बस खस्यो, २ को मृत्यु, २२ जना घाइते
उत्तरी सिरियामा आक्रमण रोक्न दबाव दिँदै टर्कीमाथि अमेरिकी प्रतिबन्ध
उत्तरी सिरियामा आक्रमण रोक्न दबाव दिँदै टर्कीमाथि अमेरिकी प्रतिबन्ध
नेपालद्वारा मलेशिया पराजित
नेपालद्वारा मलेशिया पराजित
प्रधानमन्त्री ओलीलाई हिँडडुल गराउन थालियो, परीक्षणका सूचक सामान्य
प्रधानमन्त्री ओलीलाई हिँडडुल गराउन थालियो, परीक्षणका सूचक सामान्य
…त्यसपछि फर्केनन् कामत
…त्यसपछि फर्केनन् कामत
कांग्रेसका उद्धव थापा कोशी प्रदेशको मुख्यमन्त्रीमा पुनः नियुक्त
कांग्रेसका उद्धव थापा कोशी प्रदेशको मुख्यमन्त्रीमा पुनः नियुक्त

तपाईंले छुटाउनुभयो कि?